काठमाडौं,फागुन,२६-जनता समाजवादी पार्टीका सांसद राजेन्द्र महतोले आफ्ना माग पुरा गर्नेहरुप्रति आफूहरुको सहानुभूति हुने बताउनु भएको छ। बुधबार संसद् भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो दलले पहिले पनि समर्थन गरेको र ठग्नेबाहेक अरु काम नभएको बताउनुभयो। ओली नेतृत्वबको सरकारमा जाँदै हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा महतोले आफ्ना माग पुरा नभएसम्म सरकारमा […]
समाचार
पाकिस्तानी लिगमा चम्किए नेपाली खेलाडी, सरू एक्लैको१० गाोल
काठमाडौं,फागुन,२६-नेपाली राष्ट्रिय महिला खेलाडीका रुपमा परिचित सरु लिम्बु एक्लैले १० गोल गरेपछि पाकिस्तानमा सुरु नेशनल वुमन्स च्याम्यिनसिप फुटबल प्रतियोगिताको मासा युनाइटेडले शानदार विजयी सुरुवात गरेको छ। कराँचीमा भएको खेलमा नेपालकी एञ्जिला तुम्वापो सुब्बाको कप्तानीमा रहेको मासा युनाइटेडले सियालकोट सिटीलाई १९–० को फराकिलो अन्तरले पाखा लगाएको हो। मासाको जितमा नेपाली खेलाडीको प्रमुख भूमिका रह्यो। पहिलो हाफमा ९–० […]
प्रतिनिधि सभाको अर्को बैठक चैत ३ गते बस्ने गरी स्थगित
काठमाडौं,फाल्गुन,२६-प्रतिनिधि सभाको अर्को बैठक चैत ३ गते बस्ने गरी स्थगित भएको छ। प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत बुधबारको बैठकमा हालका तथा पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । शोक प्रस्ताव पारित भएसँगै निधन भएका सांसदहरुको शोकमा एक मिनेट मौन धारण गरेर सभामुख सापकोटाले बैठक आगामी चैत ३ गते मंगलबार दिनको १ […]
नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पहिलो पटक महिला नियुक्त
काठमाडौं,फाल्गुन,२६-नेपाल राष्ट्र बैंकको पहिलो पटक डेपुटी गभर्नरमा महिला नियुक्त भएकी छन्। मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले निलम ढुंगाना र बम बहादुर मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो। राष्ट्र बैंकका निवर्तमान डेपुटी गर्भनरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल फागुन १८ गतेदेखि सकिएपछि पद रिक्त थियो। करिब एक सातासम्म रिक्त रहेको डेपुटी गभर्नरहरुमा मंगलबारको मन्त्रिपरिषदको बैठकले नियुक्त गरेको हो। […]
आजदेखि संसद् बैठकमा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने
काठमाडौं,फागुन,२६-आज (बुधबार) देखि संसद् बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने भएका छन्।पुनर्स्थापनायता प्रतिनिधि सभाको दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ। सर्वाोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरिदिएपछि ब्युँतिएका एमाले र माओवादी केन्द्रका सांसदका लागि आज हुने बैठकदेखि अलग-अलग स्थान तय गरिएको हो। संसद सचिवालयका अनुसार फैसलाअनुसार निर्वाचन आयोगले पत्र […]
च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो युभेन्ट्स
काठमाडौं,फाल्गुन,२६-इटालियन च्याम्पियन युभेन्ट्स जारी सिजनको यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको । मंगलबार राती भएको दोस्रो लेगमा घरेलु मैदानमा पोर्टोलाई पराजित गरेपनि समग्रमा अवे गोलको आधारमा युभेन्ट्ले क्वाटरफाइनल यात्रा तय गर्न सकेन। गएराति अतिरिक्त समयमा लम्बिएको खेल ३-२ मा सकिएको थियो। त्यसअघि पहिलो लेग पोर्टोले २-१ ले जितेको थियो ।समग्रमा ४-४ को बराबरी भएपनि […]
पुनर्स्थापीत प्रतिनिधि सभाको दोस्रो बैठक आज बस्दै
काठमाडौं,फागुन,२६-पुनर्स्थापनापछि प्रतिनिधि सभाको दोस्रो बैठक आज (बुधबार) बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने संसदीय सचिवालयले जनाएको छ।सचिवालयका अनुसार आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ। यसअघि यही फागुन २३ गतेको पहिलो बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गर्दा फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकै अवरुद्ध पारेको थियो। त्यस्तै प्रचण्ड-नेपाल पक्षका […]
ट्युनिसियामा डुंगा दुर्घटना : कम्तिमा १४ आप्रवासीको मृत्यु, १३९ को उद्धार
काठमाडौं,फागुन,२६-ट्युनिसियाको सामुद्रिक क्षेत्रमा डुंगा दुर्घटना हुँदा कम्तिमा १४ आप्रवासीको मृत्यु भएको छ। ट्युनिसियाली राष्ट्रिय सुरक्षा गार्डका अनुसार अत्यधिक भारका कारण डुंगा दुर्घटनामा परेको हो। ज्यान गुमाउने १४ जना र उद्धार गरिएका १३९ जना सबै आप्रवासी हुन्। राष्ट्रिय सुरक्षा गार्डका प्रवक्ता ह्युसेम एडिन जबालीका अनुसार डुंगा सोमबार राति अफ्रिकी साहारा क्षेत्रबाट छुटेको थियो। गरिबी र द्वन्द्वका कारण […]
नेपालगञ्जमा अत्याधुनिक पेट्रोल पम्म निर्माण हुँदै
बाँके,फाल्गुन,२५-नेपाल आयल निगमले बाँकेको नेपालगञ्जस्थित रत्न राजमार्गमा ‘अटोमेसन’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण गर्न लागेको छ । नेपालगञ्ज उपमहानगरपालिका आदर्श नगरस्थित निगमको ११ कठ्ठा जग्गामा अत्याधुनिक प्रविधिसहित नयाँ पम्प निर्माण गर्न लागिएको हो । पम्पको निर्माण भइरहेको निगमको नेपालगन्ज कार्यलयले जानकारी दिएको छ । कार्यलयका प्रमुख कमला न्यौपानेले अत्याधुनिक प्रविधिसहितको नयाँ पम्प निर्माण कार्य भइरहेको जानकारी दिनुभयो […]
ओली सरकार टिकाउन र हटाउन जसपा निर्णायक हुने
काठमाडौं,फागुन,२५-सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि बनेको नेकपालाई मान्यता नदिएपछि नयाँ सरकार गठनमा जनता समाजवादी पार्टी नेपाल निर्णायक हुने भएको छ। माओवादी र एमाले पार्टी विभाजन भएपछि संसदमा दलहरुको स्थितिमा फेरबदल आएको छ। यसका कारण अब सरकारको समीकरण पनि परिवर्तन हुने भएको हो।माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा उनले संसदमा विश्वासको […]






