काठमाडौं,फागनु,२३-नेकपाको दाहाल-नेपाल समूहले प्रतिनधि सभाको बैठक बहिष्कार गरेको छ । पुनस्र्थापित प्रतिनधि सभा बैठकको पहिलो बैठकमा राष्ट्रपतिबाट प्राप्त पत्र र अध्यादेशहरु पेश गर्ने कार्यसूची रहेकामा त्यसप्रति आपत्ति जनाउँदै उक्त खेमाले बैठक छाडेर हिंडेको हो । बैठकबाट बाहिरिनुपूर्व उक्त समूहका सांसद भीम रावलले सभामुखले सहमति विपरित सदन चलाउन खोजेको भन्दै त्यस्तो भए बैठक बहिष्कार गर्ने जनाउनुभएको […]
समाचार
सर्वोच्च अदालतको फैसला स्वागत योग्य: सुवास नेम्वाङ
काठमाडौं,फागुन,२३-नेकपाको केपी शर्मा ओली पक्षले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । सो पक्षको संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरुले सर्वोच्चको यो फैसलालाई पनि आफूहरुले मान्ने भन्दै सूर्य चिन्हसहित नेकपा एमाले र हसिया हथौडासहित माओबादी केन्द्र २०७५ साल जेठ ३ गते अघिको अवस्थामा पुगेको बताउनुभयो । उहाँले प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्चको फैसला पनि आफूहरुले मानेको […]
सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक आयो : पुष्पकमल दाहाल
काठमाडौं,फागुन,२३-नेकपा अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसला आफूहरुले अपेक्षा गरेभन्दा फरक आएको प्रतिक्रिया जनाउनुभएको छ । सर्वोच्चले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको सम्बन्धमा प्रतिक्रिया व्यक्त गर्नुभएको हो । दाहालले भने सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन ।फैसला हामीले अपेक्षा गरेभन्दा […]
ओली र प्रचण्ड पार्टी विहिन,एमाले र माओवादी केन्द्र पनि अर्कैको नाममा दर्ता
काठमाडौं,फाल्गुन,२३-सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेललाई नेकपाको आधिकारिकता दिने निर्णय गरेको हो। केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष भएको नेकपा अदालतको निर्णयपछि खारेज भएको छ। अदालतको निर्णयपछि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग-अलग […]
सर्वोच्चको फैसला: नेकपा पार्टी ऋषि कट्टेलको पक्षमा
काठमाडौं,फागुन,२३-सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेलाई दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता कट्टेलाई दिएको हो । यो फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।
विवादित नेकपाको “नाम“को फैसला आज हुँदै
काठमाडौं,फाल्गुन,२३-नेपाल कम्युनिस्ट पार्टीको नाम बारेको मुद्दाको फैसला आज हुँदैछ। सर्वोच्च अदालतका न्यायाधिश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फागुन १३ गते अन्तिम बहस सकेर फागुन २० गते निर्णय सुनाउने मिति तोकेको थियो । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण अदालतमा शोक बिदा परेपछि निर्णय सुनाउने मिति पछि सरेको हो । नेपाल कम्युनिष्ट […]
प्रधानमन्त्री ओली र गृहमन्त्री बादलले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं,फाल्गुन,२३-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाउनु भएको छ।ओलीले शिक्षण अस्पताल पुगेर खोप लगाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। यसैबिच:गृहमन्त्री रामबहादुर थापाले खोप लगाउनु भएको छ।थापाले आज सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट खोप लगाएको मन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईले जनाकारी दिनुभयो। ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुरु भएको छ। यस […]
पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आज बस्दै,के-के छन् कार्यक्रम?
काठमाडौं,फागुन,२३-पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठक आज (आइतबार) बस्दै छ।तीब्र राजनीति विवाद र अन्योलका बीच प्रतिनिधिसभाको हिउंदे अधिवेशन आजबाट शुरु हुँदै छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पूनस्थापना गरेपछि संसदको सातौँ अधिवेशन शुरु हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गर्नु भएको थियो। […]
मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो
काठमाडौं,फागुन,२२-राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिबार पानी सुन्दरीजलमा खलालिएको छ। परीक्षणका लागि सुरुङमा पठाइएको पानी शनिबार साँझ सुन्दरीजलमा आइपुगेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकनपछि बटम थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो । फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा दोस्रो पटक […]
विप्लवसहित पहिलोपटक चार दलीय मोर्चाको बैठक
काठमाडौं,फागुन,२२-चार दलीय रणनैतिक संयुक्त मोर्चाको बैठक काठमाडौँमा बसेकोछ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथिको प्रतिबन्द फुकुवा भएसँगै संयुक्त मोर्चाको बैठक बसेको हो। बैठकमा मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव, आहुति, ऋषि कट्टेल, सीपी गजुरेल, खड्गबहादुर विश्वकर्मा “प्रकाण्ड”, जागृत रायमाझी लगायत उपस्थित छन्।बैठकमा चार कम्युनिस्ट पार्टीको रिपोर्ट, समीक्षा र भावी रणनीतिका विषयमा छलफल भइरहेको नेता जागृत रायमाझीले जनाकारी […]







