सुर्खेत, जेठ,२०-कर्णाली प्रदेशमा मंगलबार थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । २९ जनामध्ये सुर्खेतका ११ जना, सल्यान र अछामका ९ र ९ जना रहेका छन् […]
समाचार
लकडाउनको ढाँचा परिवर्तन गर्ने सरकारको तयारी
काठमाडौं,जेष्ठ,२०-सरकारले लकडाउनको मोडालिटी(ढाँचा)मा केही फेरबदल गर्ने तयारी गरेको छ । स्थान र जोखिमको अवस्था हेरेर लकडाउनलाई केही खुकुलो बनाउने सरकारको तयारी छ ।निरन्तर एकै प्रकृतिको लकडाउन कायम राखिएपछि चौतर्फी दबाबमा परेको सरकारले लकडाउनको ढाँचामा केही परिवर्तन गर्न खोजेको हो । मन्त्रिपरिषद्ले शनिबार जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै यो अवधिमा नयाँ ढाँचा तयार गर्न कोभिड–१९ […]
एन्फामा ७० करोड बजेट पारित,खेलाडीलाई कोरोना बिशेष १५ हजारको खुराक
काठमाण्डौं,जेठ,२०-अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको कार्य समिति बैठकले आर्थिक बर्ष २०७७र७८ का लागि ७० करोडको बजेट पारित गरेको छ । कोरोना भाइरसको महामारी कायमै रहेको स्थितिमा बसेको भर्चुवल बैठकले ७० करोड १९ लाख १९ हजारको बजेट पारित गरेको हो । उक्त बजेटलाई सोमबार नै तय गरिएको भदौं १५ गतेको साधारण सभाले अनुमोदन […]
मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का
काठमाण्डौं,जेठ,२०- कोभिडविरुद्ध संघर्ष गरिरहेको सरकारले अत्यावश्यकबाहेक खर्च नगर्न गत चैतमा नै निर्णय गरेको छ भने नीति तथा कार्यक्रममा पनि यही प्रतिबद्धता दोहो¥याएको छ । तर, यही वेला सरकारले मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का दिएको छ । लकडाउनकै समयमा राष्ट्रपति कार्यालयमा महँगो गलैचा फेर्न लागेको सहरी विकास तथा भवन निर्माण विभागले नै मन्त्रीहरूका लागि […]
राजपा र समाजवादी पार्टीका नेताहरुको संविधान संशोधन विधेयक संसदमा दर्ता
काठमाडौं,जेठ,१९-संविधान संशोधनको माग गर्दै आएका राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले सोमबार संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।राजपा र समाजवादी पार्टीका नेताहरु शुक्रबार संशोधन दर्ता गराउन संसद सचिवालय सिंहदबार पुगे पनि दर्ता भएको थिएन। आइतबार राजपाले समाजवादी पार्टीसँग छलफल गरेपछि सोमबार साँझ गैरसरकारी विधेयक दर्ता भएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी […]
नेपालमा थप १३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १८ सय नाघ्यो
काठमाडौं,जेठ,१९-नेपालमा सोमबार साँझ फेरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । सोमबार एकै […]
नेपालमा संक्रमितको संख्या १ हजार ७९८ पुग्यो, एकैदिन २२६ जनामा संक्रमण
काठमाडौं,जेठ,१९-नेपालमा सोमबार थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै ५९ जिल्लाका १ हजार ७ सय ९८ जनामा संक्रमण देखिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कपिलवस्तु दैलेख र सर्लाहीमा बढी संक्रमित भेटिएको जानकारी दिनुभयो । दैलेखमा ४१, कपिलवस्त ४०, सर्लाही ३८, रौतहट […]
बाँकेमा गाडी दुर्घटना, १२ जनाको मृत्यु, २१ जना घाइते
बाॅंके,जेठ,१९-पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके खण्डमा गम्भीर दुर्घटना भएको छ । राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस (फोर्सगाडी) दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो । बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो । एक जनाको […]
नेपालमा एकै दिन १६६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ सय ६७ पुग्यो
काठमाडौं,जेठ,१८-आइतबार एकै दिन १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १५ सय ६७ पुगेको हो । रौतहटमा २९ जना, सल्यानका २५ जना, धनुषाका २१ जना, कालिकोट र दैलेखका १८र१८, सप्तरी राजगढका १२ जना, सर्लाहीका १० जना, बाँकेका ८ जना, पर्सा र कपिलवस्तुका ५र५ […]
संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरियो
काठमाडौं,जेठ,१८-संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश गरिएको छ ।आइतबारको बसेको संसद बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव पेश गरेकी हुन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा संविधान संशोधन विधेयक पेस गर्न अनुमति माग्ने प्रस्ताव निर्विरोध पारित भएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पेश गरेकी हुन् । कुनै पनि सांसदले उक्त प्रस्तावमा विरोधको सूचना राखेनन् […]





