जापान,बैशाख,२७-जापानमा शनीबार बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नयाँ ८९ जनामा देखिएको छ ।यो संगै संक्रमितको संख्या १६ हजार ३ सय ५४ जना पुगेको छ।अहिले सम्म ६ हजार ५ सय ५७ जना निको भएका छन् ।६ सय १९ जनाको मृत्यु भएको छ । एकै दिन १६ जनाको निधन भए संगै मृतकको संख्या ६१९ पुगेको हो । […]
समाचार
नेपाल मगर संघ बारा काठमाण्डौं सम्पर्क समितीद्धारा १३० परिवारलाई राहत बितरण
काठमाण्डौं,बैशाख,२५-नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समीतीले राहत बितरण गरेको छ। बारा जिल्ला निजगढ नगरपालिका घरभई काठमाडौंमा बसोबास गर्दै आएका १३० परिवारलाई बुधबार राहत बितरण गरेको थियो । नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितीले संकलन गरेको ५० बोरा चामल र २ बोरा दाल काठमाडौंको जोरपाटी, चाबेल, कलंकी र ललितपुरको एकान्तकुनामा प्रती परिवार १० केजी चामल र १ केजी दाल वितरण गरेको नेपाल […]
पर्सामा २ वर्षे शिशु सहित १७ जनामा संक्रमण,संक्रमीतको संख्या ९९ पुग्यो
काठमाडौं,वैशाख,२४-नेपालमा बुधबार थप नयाॅं १७ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज कोरोना भाइरसको संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्। संक्रमीत व्यक्ती सबै पर्सा […]
बुद्ध जयन्तिको अवसरमा भोली सार्वजनिक विदा
काठमाण्डौं,बैशाख,२४-बुद्ध जयन्तिको अवसरमा सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ। २०७६ चैत ९ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय र चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख पूर्णिमा/चण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका शाखा अधिकृत सन्तोष सुवेदीले बुधबार सूचना निकालेर बिहीबार मुलुकभर सबैलाई लागू […]
कक्षा एकदेखि नै संस्कृत पढाइ हुने
काठमाडौं,बैशाख,२४-सरकारले विद्यालय तहमा कक्षा एकदेखि नै संस्कृत विषयको पठनपाठन सञ्चालन गर्ने भएको छ।यही शैक्षिक सत्रदेखि नै यो विषयको पढाइ सुरु गरिने शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकमा पढाउन बनाइएको संस्कृत शिक्षा विषयको पाठ्यक्रमको स्वीकृति दिएको छ।यो पाठ्यक्रम विज्ञको सहयोगमा बनाएर केन्द्रले स्वीकृति दिएको हो । स्थानीय पाठ्यक्रमको रुपमा […]
अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म नखुल्ने
काठमाडौं,बैशाख,२४-सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बुधबार बसेको बैठकले जेठ १८ गतेसम्म आन्तरिक र बाह्य दुबैतर्फका उडान रोक्ने निर्णय गरेको हो। सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय पनि गरेको छ । अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ […]
लकडाउन जेठ ५ सम्म लम्ब्याउने सरकारको निर्णय
काठमाडौं,बैशाख,२४-सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण हुन नदिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन बिहीबार २५ वैशाखमा सकिँदै थियो । अवस्था र स्थान हेरी केही खुकुलो गर्न माग भइरहेका बेला सरकारले ११ दिन अरु थपेको हो ।मुलुकमा कोरोनाको संक्रमण देखिएपछि सरकारले चैत्र ११ […]
जापानमा १६,०६८ संक्रमीत,५२,३८ जना निको भए, ५७९ को मृत्यु
जापान,बैशाख,२४-जापानमा बुधबार बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नयाँ १२० जनामा देखिएको छ ।यो संगै संक्रमितको संख्या १६ हजार ६८ जना पुगेको छ।अहिले सम्म ५ हजार २ सय ३८ जना निको भएका छन् ।५ सय ७९ जनाको मृत्यु भएको छ । एकै दिन १० जनाको निधन भए संगै मृतकको संख्या ५७९ पुगेको हो । बुधबार बिहान […]
जापानमा ५,१४७ जना निको भए,अझै १५,९४८ संक्रमित, ५,६९ जनाको मृत्यु
जापान,बैशाख,२३-जापानमा कोरोना भाइरस (कोभिड–१९) लागेका मध्य मंगलबार बिहान सम्म ५ हजार १ सय ४७ जना निको भएका छन् । एकै दिन नयाँ १७७ जनामा संक्रमित देखिएको छ । अहिले संक्रमितको संख्या १५ हजार ९ सय ४८ जना पुगेको छ।५ सय ६९ जनाको मृत्यु भएको छ । एकै दिन २० जनाको निधन भए संगै मृतकको संख्या ५६९ […]
नेपालमा नयाॅं ७ जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या ८२ पुग्यो
काठमाडौं,बैशाख,२३-नेपालमा नयाॅं सात जनामा कोरोना संक्रमण देखिएको छ।बाॅंकेको नेपालगञ्जमा मंगलबार थप सात जनामा कोरोना संक्रमण देखिएको हो । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमण हुनेमा नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका तीन जना पुरुष र ०९, […]






