सुर्खेत,माघ,११-गृहमन्त्री रामबहादुर थापाले एमसीसीमा भएका प्रावधानहरु संशोधन नभए स्वीकार गर्न नसकिने बताउनुभएको छ । सुर्खेतमा भएको एक कार्यक्रममा गृहमन्त्री थापाले एमसीसीमा भएको थुप्रै प्रावधानका विषयमा दलहरुबीच छलफल चलिरहेकाले संसोधन भएपछि मात्र नेपालको राष्ट्रियता र स्वतन्त्रता कुण्ठित पार्न खोजे मान्य नहुने बताउनुभएको हो । उहाँले नेकपाको स्थायी कमिटी बैठकले गरेको निर्णय अनुसार नै सरकार अघि बढ्ने […]
समाचार
कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न डाक्टरकै मृत्यु
काठमाडौं, माघ ११-चीनमा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको छ। चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजीटीएन)का अनुसार हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको हो। #Malaysia confirms its first cases of #coronavirus, with three people infected with the virus; they were in close contact of a 66-year-old […]
टर्कीमा शक्तिशाली भूकम्प- १८ जनाको मृत्यु
काठमाडौं,माघ,११-टर्कीमा शक्तिशाली भूकम्प गएको छ। घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। टर्कीको पूर्वी क्षेत्रमा ६.८ म्याग्निट्युड भूकम्प गएको त्यहाँका अधिकारीहरूले जनाएका छन्।भूकम्पका कारण भवनहरू भत्किएको बीबीसीले जनाएको छ। भूकम्पको धक्का छिमेकी राष्ट्र सिरिया, लेबनन र इरानमा पनि महसुस गरिएको बताइएको छ। यसअघि टर्कीमा सन् १९९९ मा गएको ठूलो भूकम्पमा करिब १७ […]
‘कोरोनाभाइरस’ को संक्रमित नेपालमा पनी भेटीयो
काठमाडौं,माघ,१०- चीनमा स्वास्थ्य संकट निम्त्याएको ‘कोरोनाभाइरस’ नेपालमा पनि भित्रिएको पुष्टि भएको छ । केही दिनअघि चीनको वुहानबाट नेपाल फर्किएकी एकजना नेपाली विद्यार्थीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । शुक्रबार मन्त्रालयले पत्रकार सम्मेलन गरी वुहानबाट फर्किएकी एक विद्यार्थीको टेकुमा स्वास्थ्य परीक्षण गर्दा शंकास्पद देखिएको र उक्त ‘रिपोर्ट’लाई हङकङ पठाइएकोमा हङकङबाट कोरोनाभाइरस पुष्टि […]
राष्ट्रियसभा निर्वाचनको सबै परिणाम सार्वजनिक-काँग्रेसको जित ‘शुन्य’
काठमाडौं,माघ,९-राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । नेकपाका १६, राजपाका दुई निर्वाचित हुनेमा १६ जना सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रहेका छन् भने प्रदेश नम्बर–२ बाट राजपा नेपालका दुईजना निर्वाचित भएका छन् । प्रदेश–१-परिणामअनुसार प्रदेश नम्बर–१ बाट नेकपाकी इन्दिरा गौतम, देवेन्द्र दाहाल र गोपी अछामी […]
नेपाल मगर संघ बारा जिल्ला समितीको लखन थापा स्मिर्ती संग्रालयको लागि मिलन मगर द्धारा ५१ हजार सहयोग
काठमाण्डौं,माघ,९-नेपाल मगर संघ बारा जिल्ला समितिको लखन थापा स्मिर्ती संग्रालयको लागि ५१ हजार आर्थिक सहयोग गर्नुभएको छ। नेपाल मगर संघ बारा जिल्ला समितिको संग्रालयको लागि महेन्द्र राजामार्गको पतलयामा जग्गा भयपनी भवनको लागि आर्थिक कारणले भवनको सिल्यानास हुन सकेको छैन। बारा जिल्लामा मगरहरुको बहुल्यता भयपनी अहिले सम्म जिल्लामा मगर को लागि कुनै पनि कार्यक्रम गर्ने भवन […]
नेपालले इङ्ल्यान्डको ‘सी’ टोलीसंग मैत्री फुटबल खेल्ने
काठमाडौं,माघ,८-नेपालले इङ्ल्यान्डको ‘सी’ टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । नेपाल र इङ्ल्यान्डको ‘सी’ अर्थात् यू–२३ टोलीबीच आगामी मार्च र मे मा दुईवटा मैत्रीपूर्ण खेल खेलिने सम्झौतापत्रमा बुधबार एन्फा मुख्यालय सातदोवाटोमा हस्तक्षर भएको छ । मैत्री खेल लगायतका विषयमा छलफल र हस्ताक्षर गर्न दुई दिनअघि इङ्ल्यान्ड फुटबल संघका प्रतिनिधि एन्ड्री सा र लाउरेन जोन्स […]
राष्ट्रियसभा निर्वाचन-आज रातिबाट मौन अवधि शुरु हुँदै
काठमाडौं,माघ,६-राष्ट्रियसभा सदस्यको माघ ९ गते बिहीबार हुने निर्वाचनको सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन मौन अवधि र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन नेपाल […]
यमनको सैन्य शिविरमा मिसाइल आक्रमण, ८० सैनिकको मृत्यु
काठमाडौं,माघ,६-यमनको एक सैनय शिविरमा मिसाइल आक्रमण हुँदा ८० सैनिक मारिएका छन् । घटनामा दर्जनौं सैनिक घाइते भएका छन् । यमनको राजधानी सानाबाट १ सय ७० किलोमिटर पूर्वमा रहेको सैन्य शिविरमा प्रार्थना गरिरहेकाहरुमाथि मिसाइल प्रहार भएको हो । आक्रमण हुथी विद्रोहीले गराएको आशंका यमन सरकारले गरेको छ । यद्दपी सो समूहले घटनाको जिम्मेवारी लिएको छैन । […]
अग्नि सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय
काठमाडौं,माघ,५-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आईतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । भोलि माघ ६ गतेका लागि बोलाइएको संसद बैठक अगावै सभामुखको नाम टुंगो लगाउन आज बिहान नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो […]



