बिहानी एफसीका स्ट्राईकर बिनोद बिष्ट संगको अन्तर्वार्ता (जापान)

फुकुओका,जापान,जेष्ठ,२८- फुटबल खेल हाम्रो लागि नयाँ होइन। यसको इतिहास पनि आजको होइन। आजको विषयलाई म यसरी सुरुवात गर्न चाहान्छु । सन् १९२१ मा विदेश पढेर फर्किएका नेपाली विद्यार्थीले नेपालमा सर्वप्रथम फुटबल भित्र्याएका हुन्। यसलाई स्थापित गर्ने काम जनरल नरशमशेर राणाले गरे। यती जानकारी नदिने हो भने आजको फुटबल सम्बन्धीको विषय अधुरो हुनेछ ।  खेललाई हुने खानेले […]

वडा स्तरिय क्रिकेट प्रतियोगितामा वडा नं.३ र २३ विजयी

नेपालगन्ज,जेष्ठ ,२७- नेपालगन्जमा जारी अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा वडा नं. २३ र ३ विजयी भएका छन् । नेपालगन्जको मंगलप्रसाद माविमा आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं. २१ लाई ३३ रनले पराजित गर्दै वडा नम्बर २३ बिजयी भएको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको वडा नं. २३ ले निर्धारित १५ ओभरमा ६ […]

भेरीगंगा उपत्यका महोत्सवको ९औँ दिन भोलि चर्चित र्‍यापर भिटेनले तहल्का पिट्ने

सुर्खेत,जेष्ठ ,२५- सुर्खेतको भेरीगंगा उपत्यका महोत्सव २०७६ को ९ औँ दिन भोलि आइतबार चर्चित र्‍यापर(समीर घिसिङ ) भिटेन आउने भएका छन। ‘कला संस्कृति कृषि पर्यटन उधोग ब्यापार समृद्ध कर्णाली प्रदेश बनाउने मुल आधार’ भन्ने मुल नाराका साथ कला संस्कृती पर्यटन प्रबर्द्धन मञ्च रकुम पश्चिमको आयोजना तथा उद्योग वाणिज्य संघ भेरीको सहआयोजनामा सुर्खेतकाे भेरीगं‌गामा सन्चालन भइरहेको […]

आदर्श मावि नेपालगन्जले गरायो हाउस वाइज वक्तित्वकला प्रतियोगिता

नेपालगन्ज,जेष्ठ ,२५- आदर्श मावि नेपालगन्जमा शुक्रबार हाउस वाईज वक्तित्वकला प्रतियोगिता गराइएको छ। आधारभुत तह कक्षा ६ देखि ८ र मावि तह कक्षा ९ र १० कक्षा सम्मका विद्यार्थीहरुबिच वक्तित्वकला प्रतियोगिता गराइएको छ।आधारभुत तहका लागि वक्तित्वकलाको शिर्षक “हाम्रो आदर्श, हाम्रो अनुशासन ” भन्ने थियो भने माविका लागि शिर्षक “द्वन्द व्यवस्थापनमा युवाहरुको भुमिका ” रहेको आदर्शका अध्यापक […]

बाँकेमा श्रीमानद्वारा श्रीमतीमाथी बन्चरो प्रहार :श्रीमती गम्भीर घाइते

नेपालगन्ज,जेष्ठ ,२५- बाँकेमा आफ्नै श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बाँके जानकी गाउँपालिका वडा न ३ मानपुर निवासी ५९ वर्षीया श्रीमान पन्चराम हरिजनले शनिबार बिहान ९ बजेतिर आफ्नै श्रीमती ४५ वर्षीया कप्तरा हरिजनमाथी बन्चरो प्रहार गरि गम्भीर घाइते बनाएका हुन। श्रीमान-श्रीमतीबिच करिव १५/१६ दिन अघिदेखि नै झगडा हुँदै आएको बताइएको छ। इलाका प्रहरी […]

अशोक चाम्लिङ राइको नयाँ गीत “मनकी सिम्मा” सार्वजनिक(भिडियो सहित)

इटहरी,जेष्ठ ,२४- अशोक चाम्लिङ राइको नयाँ गीत “मनकी सिम्मा” नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ। अशोक चम्लिङ्ग राइको प्रस्तुति रहेको उक्त गीतमा गायक दिनेश राइको आवाज, दिपेन्द्र राइको संगीत तथा शब्द स्वयं अशोक चाम्लिङकै रहेको छ भने गीतलाई मनोज मोतेले एरेन्ज गरेका हुन। उदयपुर गाईघाटमा अबस्थित रमणीय ठाँउ प्राकृतिक ताजमहल र इटहरी सुनसरीको प्रणामी मन्दिर,तालतलैया […]

शहरी विकास मन्त्री र कानुन संकायका विद्यार्थी विच इद मिलन तथा भेटघाट कार्यक्रम

बाँके,जेष्ठ,२४-  त्रिभुवन विश्व विद्यालयको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका कानुन संकायमा अध्यापन अध्ययनरत शिक्षक तथा विद्यार्थीहरुले बिहिबार माननीय शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईसंग ईद मिलन तथा भेटघाट कार्यक्रम गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा रहेको वेष्टन बिजनेस ग्रुपको हलमा भेटघाट गरेका थिए । भेटघाट तथा ईद मिलन कार्यक्रममा कानुन संकाय […]

लायन्स क्लब अफ नेपालगन्जद्वारा उज्यालो सहकारीमा निशुल्क स्वास्थ्य शिविर

नेपालगन्ज , जेष्ठ , २४- लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले नेपालगन्जमा निशुल्क स्वास्थ्य शिविर गरेको छ। सामाजिक क्षेत्रमा काम गर्ने संस्था लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टले अाज(शुक्रबार ) नेपालगन्जको सेतु बि-क- चोक नजिकै रहेको उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड संस्थाका पदाधिकारी तथा बचतकर्ताहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको हो । लायन्स क्लबका कार्यसमितिका पदाधिकारी […]

बाँकेको सुर्योदय माविमा संचालित बालिका शिक्षा प्रभावकारी बन्दै

नेपालगन्ज,जेष्ठ ,२४- बाँकेको बैजनाथ गाउँपालिका स्थित सुर्योदय माबि मा सञ्चालित वालिका शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यसअन्तर्गत कक्षा ८,९ र १० मा अध्ययनरत वालिका, वालिकाका अभिभावक र सम्बन्धित गाउँपालिकाका सरोकारवालाहरुसंग मंगलवार अन्तरक्रिया गरिएको छ । रुम टु रिड् र पढनको लागि कोठा नामक संस्थाले उक्त बिद्यालयमा अध्ययनरत वालिकाहरुलाई जीवन उपयोगी सीप शिक्षा तालिम […]

कैलालीमा भिषण हावाहुरीमा परी १ जनाको मृत्यु, ४५ बढी घाईते

कैलाली,जेठ,२४- कैलाली र कञ्चनपुरमा बिहीबार बेलुकीको भिषण हावाहुरीले ठूलो धनजनको क्षति भएको छ ।हावाहुरीमा परी एक जनाको ज्यान गएको छ भने  ४५ भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा कैलाली गोदावरी नगरपालिकाका  वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।कैलालीमा अरु २५ जना घाइते भएका छन् ।अहिले घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु […]