इन्द्र कार्की / महेन्द्रनगर,२३,फाल्गुन विश्वमा सर्वाधिक रुपमा प्रयोग गरिने फल मा पर्छ केरा । केरा जुनसुकै मौसममा पनि उपलव्ध हुने फल हो । केरा नपाइने ठाउँ विश्वमा विरलै पाइएला । विश्वका धेरै मुलुकमा महत्वपूर्ण फलका रुपमा प्रयोग गरिने केरा स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । केराको प्र्राचिन थलो दक्षिण तथा दक्षिणपूर्वी एशिया मानिन्छ, […]
समाचार
पिएसजी रियल मड्रिड संग २-१ ले पराजीत
काठमाडौं, फागुन,२३- स्पेनिस फुटबल क्लव रियल मड्रिड र इङ्ल्यान्डको लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको प्रि क्वाटरफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीलाई २-१ ले हराउँदै स्पेनिस जायन्ट रियाल मड्रिड अन्तिम आठमा पुगेको हो ।खेलमा रियल मड्रिडका क्रिश्चियानो रोनाल्डो र क्यासेमिरोले एक एक गोल गरे । […]
ओली नेतृत्वको सरकार दुईतिहाइको बन्ने
काठमाडौं,फागुन,२३- उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकारमा जाने औपचारिक निर्णय लिएसँगै एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार दुईतिहाइको बन्ने भएको छ । फोरम कार्यसम्पादन समितिको मंगलबारको बैठकले वाम गठबन्धन र फोरमबीच हुने राजनीतिक सहमतिको मस्यौदालाई अनुमोदन गर्दै फोरमले औपचारिक रूपमा सरकारमा जाने निर्णय गरेपछि ओली सरकार दुईतिहाइ बहुमतयुक्त बनेको हो । संसद्मा कुल २७५ […]
राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन
काठमाडौं, फागुन,२३- राष्ट्रपति चयनका लागि आज उम्मेदवारी मनोनयन हुँदै छ ।निर्वाचन आयोगले यही फागुन २९ गते हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय निर्धारण गरेको हो ।राष्ट्रपति चयनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० मतदाता रहेकोमा चार जनाको नाम मतदाता सूचीमा समावेश गरिएको छ । यसैबीच […]
संघीय संसदको पहिलो बैठक सुरु
काठमाण्डौं,फागुन,२१- संघीय संसदको पहिलो बैठक सुरु भएको छ। मुलुक संघीय संरचनामा गएपछि राष्ट्रियसभा र प्रतिनिधिसभाको पहिलो बैठक संघीय संसदको ज्यष्ठ सदस्यको हैसियतले राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संचालन गर्नु भएको हो । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको तीन महिनापछि आइतबार निर्वाचित सांसदहरुले शपथ ग्रहण गरेका थिए । मुलुक संघीय संरचनामा गएपछि बस्न लागेको पहिलो बैठकलाई […]
पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौं आइपुगे
काठमाडौं, फागुन,२१- पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुईदिने भ्रमणका लागि सोमबार काठमाडौं आइपुग्नु भएको छ । ३० सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्दै अब्बासी नेपाल आउनु भएको हो । आज अपराह्न पाकिस्तानी सेनाको विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका अब्बासीलाई विमानस्थलको अतिविशिष्टकक्षमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वागत गर्नुभयो । त्यहाँबाट उहाँ होटल ह्यात पुग्नुहुनेछ भने आजै अपराह्न उहाँको […]
कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित
काठमाडौं, फागुन,२१- नेपाली काँग्रेस संसदीय दलको नेता पार्टी सभापति शेरबहादुर देउवा चयन भएको छ ।संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान १० बजेदेखि भएको निर्बाचनबाट प्रतिस्पर्धी पूर्व महामन्त्री प्रकाशमान सिंहलाई हराउँदै सभापति देउवा दलको नेता चुनीनु भएको हो । ६३ मत मध्ये सभापति देउवाले ४४ र सिंहले १९ मत प्राप्त गर्नुभयो । निर्वाचन समितिले मत परिणाम भने […]
पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउदै
काठमाडौं, फागुन,२१- पाकिस्तानी प्रधानमन्त्री साहिद खाकन अब्बासी दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ । ३० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अब्बासी आज अपराह्न काठमाडौं आउन लाग्नु भएको हो । आफ्नै विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने अब्बासीलाई अर्थमन्त्री डा.युवराज खतिवडाले स्वागत गर्नुहुनेछ । पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई सैनिक मञ्च टुंडिखेलमा गार्ड अफ अनर दिइने भएको छ । […]
शर्मा ४५ लाख धरौटीमा रिहा
काठमाडौ,फागुन,२१- विशेष अदालतले गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा चलाइएका राजश्व अनुसन्धान विभागका पूर्व महानिर्देशक चुडामणि शर्मासँग विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी माग गरेको छ । विशेषका रजिष्ट्रार भीमकुमार श्रेष्ठले अदालतले मागेको धरौटी रकमबापत नेपाल इन्भेष्टमेन्ट बैंक जमानी बसेका कारण साधारण तारिखमा राखिएको बताए । ‘उहाँकी पत्नी भने अदालतमा हाजिर हुनुभएको छैन,’ […]
इन्द्रेणी जस्तै संघीय संसद् भवन
काठमाडौं,फागुन,२१- सप्तरंगी इन्द्रेणी जस्तै विभिन्न रंग र वेशभूषाको अनुपम संयोगको रुपमा संघीय संसद्को शपथ ग्रहण समारोह आयोजना गरियो । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको संघीय संसद् भवनमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु आ–आफ्नै वेशभूषामा पद तथा गोपनियताको शपथ लिन पुग्नु भएको थियो । नेपालको जातीय विविधता र सहअस्तित्व र भातृत्वको विराट संगमको रुपमा शपथ […]










