काठमाण्डौं,फाल्गुन,३- प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिनु भएको छ । नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिनु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि वाम गठबन्धनले दाबी पेश गरिसकेको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उहाँले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र […]
समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिने
काठमाडौं,फाल्गुन,३- प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामा दिने तयारीमा लाग्नु भएको छ । उहाँले आफ्नो बहिर्गमनअघि देशवासीका नाममा सम्बोधन गर्दैहुनुहुन्छ ।प्रधानमन्त्री देउवाले बुधबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गर्नु भएको थियो । तर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउन अबेर गरेपछि सरेको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आज बिहान ९ […]
नेपालले विश्वकप छनोट खेल्ने पक्का
काठमाण्डौं,फाल्गुन,२- नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ ।क्यानडामाथि एक विकेट, एक रन ,एक बलमा जित निकालेको हो ।आजको नेपालको जितमा करण केसी नायक नै बनेका छन् । १९५ रनको लक्ष्य पछ्याएको नेपालले १४४ रन जोड्दा ९ विकेट गुमाइसकेको थियो । तर, करणले सन्दिप लामिछानेसँग लोभलाग्दो आक्रामक पारी खेल्दै नेपाललाई उत्कृष्ट जित दिलाएका हुन् । अन्तिम ओभरमा नेपाललाई ६ बलमा […]
अमेरिकामा नेपाली कलाकार संघको तेश्रो अधिवेशन हुँदै
अमेरिका,फाल्गुन,१- नेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिकाको तेश्रो अधिवेशन यही मार्च ११, २०१८ न्यूयोर्कमा हुने भएको छ। २०१२ मा नायिका गौरी मल्लको अध्यक्षतामा पहिलो पटक गठन भएको कलाकार संघको तेश्रो अधिवेशनमा अमेरिका भरिका १४ राज्यबाट प्रतिनिधीहरु उपस्थित हुने भएका छन्। अमेरिकाको १४ राज्यमा आफ्नो राज्य च्याप्टरहरु रहेको यो संघको यो तेश्रो अधिवेशन बिशेष हुने कुरा […]
आज महाशिवरात्री पर्व मनाईंदै
काठमाडौं, फागुन १- आज देशैभर महाशिवरात्रि पर्व मनाइँदै छ । हिन्दू धर्मावलम्बीहरुले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धा भक्तिपूर्वक महादेवको पूजा–आराधना गरिरहेका छन् । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ […]
नेपाली सेनाले देशभर सेना दिवस मनाउँदै
काठमाडौं, फागुन,१- नेपाली सेनाले शिवरात्रिका अवसरमा आज देशभर सेना दिवस मनाउँदै छ ।सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ । नेपाली सेनाले दुई दशक अघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड तथा […]
सन्दिपको किर्तिमान पाँच विकेट, नेपाललाई १७८ रनको लक्ष्य
काठमाण्डौं,माघ,२९- विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतको आफ्नो चौंथो खेलमा सन्दिप लामिछानेले लिस्ट ए मा नेपालको तर्फबाट सबैभन्दा राम्रो बलिङ गरेपछि नेपालले केन्यालाई ५० ओभरमा आठ विकेटमा १७८ रनमा रोकेको छ । १० ओभर बलिङ गरेका सन्दिपले पाँचवटा मेडन ओभर राख्दै २० रन खर्चेर पाँच विकेट लिएका थिए । यो नेपालको तर्फबाट लिस्ट ए मा […]
नेपालले आज केन्या संग खेल्ने
काठमाडौं माघ,२९- आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा आज(सोमबार) अंक तालिकाको पुछारमा रहेको केन्याको सामना गर्दैछ। नामिबियाको विन्डहकस्थित वान्डरर्स क्रिकेट मैदानमा खेल दिउँसो सवा १ बजे सुरु हुनेछ। खेल केन्या र नेपाल दुबैका लागि महत्वपूर्ण छ। तीन खेल खेलेर दुईमा जित र एकमा हार सहित ४ अंकका साथ दोस्रो स्थानमा […]
मुख्यमन्त्री डोरमणि पौडेलले लिए शपथ
काठमाडौं माघ,२९ एमाले नेता डोरमणि पौडेलले मुख्यमन्त्रीका रुपमा शपथ ग्रहण गर्नु भएको छ । उहाँलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले आज विहान शपथ लिनु भएको हो । एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै पौडेल प्रदेश सभा दलको अध्यक्ष निर्वाचित हुनु भएको थियो ।पौडेल राजधानी काठमाडौं समेत रहेको प्रदेश–३ का मुख्यमन्त्री हुन् । एमालेको बहुमत रहेको प्रदेश सभा दलको […]
भारतीय सेनाध्यक्ष विपिन रावत आज नेपाल आउँदै
काठमाडौं,माघ,२९- भारतीय सेनाध्यक्ष विपिन रावत आज नेपाल आउँदै हुनुहुन्छ । भारतीय सेनाध्यक्ष रावत प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । उहाँ नेपाल एकीकरणको २५० वर्षगाँठ मनाउने क्रममा भोलि फागुन १ गते आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुने नेपाली सेनाले जनाएको छ । रावतलाई २०७३ चैत १६ […]










