नेपाल बित्तिय संस्था कर्मचारी संघ बाँकेको अध्यक्षमा रेग्मी

सुनिल रेग्मी नेपालगन्ज,२७- नेपाल बित्तिय संस्था कर्मचारी संघ बाँकेको अध्यक्षमा बासुदेव रेग्मी निवार्चित हुनुभएको छ ।काँग्रेस बाँकेका सभापति किरण कोईरालको प्रमुख आथित्यतामा आज नेपालगञ्जमा सम्पन्न संघको आठौं अबिधेशनबाट रेग्मीको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको हो । संघको उपाध्यक्षमा कृषि विकास वैकका सुवास भट्ट, सचिवमा नेपाल राष्ट्र बैकका लेख बहादुर पाण्डे र कोषाध्यक्षमा […]

कर्तव्य पुरा नगर्ने शिक्षकलाई कार्बाही गर्ने शिक्षक संगठनको निर्णय

काठमाण्डौं,माघ,२७- नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले कर्तव्य पुरा नगर्ने शिक्षकलाई कार्बाही गर्ने भएको छ । कक्षाकोठामा नियमित उपस्थित नहुने, निरन्तर खराब नतिजा ल्याउने साथै दलको झोला बोकेर नेतागिरी गर्ने शिक्षकलाई कार्बाही गर्ने संगठनले निर्णय गरेको हो ।सवैभन्दा पहिले संगठनका सदस्यहरुबाट निर्णय कार्यान्वयनको शुरुवात गरिने साथै, पछि अन्यमा बिस्तार गर्दै जाने संगठनले […]

त्रिशुलीमा जीप खस्यो, सिंचाइ सचिव यादवसहित ३ बेपत्ता

काठमाडौं,माघ,२७- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाटस्थित सलाङघाटमा जीप दुर्घटना हुँदा तीन जना वेपत्ता भएका छन् । कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको बा १ झ ३१४० जीप आज बिहान पौने ३ बजेतिर त्रिशुलीमा खस्दा सिंचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव सहित ३ जना बेपत्ता भएको गजुरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता भएकामा सचिव यादव, यादवका छोरा […]

राष्ट्रियसभामा तीन जना सिफारिस

काठमाडौं,माघ,२७- सरकारले राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ । बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गोपालकुमार बस्नेत (झापा), चा“दनी जोशी (काठमाडौं) र कृष्णप्रसाद पौडेल (स्याङ्जा) लाई राष्ट्रियसभामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ८६ को उपधार २ ख बमोजिम सरकारले राष्ट्रिय सभामा […]

चमेलिया जलविद्युत् आयोजनाको उद्घाटन आज

काठमाडौं,माघ,२७- निर्माणकार्य सम्पन्न भएपछि चमेलिया जलविद्युत् आयोजनाको आज औपचारिक उद्घाटन गरिदै छ । सरकारी लगानीमा निर्माण भएको ३० मेगावाट क्षमताको आयोजनाको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवाले आज बिहान साढे ११ बजेपछि दार्चुलामा निर्माण भएको आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख अजय कुमार दाहालले जानकारी दिनुभयो । प्रधानमन्त्री […]

सुदूरपश्चिमेली समाज फुकुओका जापानका अध्यक्षद्वारा नेपालका अनाथ बिद्यार्थीहरुलाई सहयोग

मिलन मगर/ फुकुओका,जापान,२६- सुदूरपश्चिमेली समाज फुकुओका जापानका अध्यक्ष मोहन सिंह  मडैले नेपालका अनाथ बिद्यार्थीहरुलाई सहयोग गर्नु भएको छ । बुवाको सम्झनामा बैतडीको सुर्नया गाउँपालिका ५ को रौलेश्वर माध्यमिक विद्यालयका बालबालिकाहरूलाई पोशाक, झोला र कापीकलम वितरण गर्नु भएको हो । बिहिबार रौलेश्वर मा. वि सुर्नया गाउँपालिका ५ रामकी बरायलमा एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री विद्यालयका […]

जापानको फुकुओकामा दोस्रो तेन्जीन ल्याड्स फुटसल टुर्नामेन्ट हुने

फुकुओका,जापान,माघ,२६- तेन्जिन ल्याड्स क्यूसु जापानको आयोजनामा दोस्रो तेन्जीन ल्याड्स फुटसल टुर्नामेन्ट २०१८ प्रतीयोगीता हुने भएको छ । जापानको फुकुओकामा बस्दै आएका नेपाली विद्यार्थीहरुको स्वस्थ  जिवन र खेलकुद विकासमा गुणस्तर बनाउनको लागी  खेलको आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त प्रतीयोगीतामा सहभागी हुन फुकुओकामा आवद्व नेपाली फुटबल क्लवहरुलाई आयोजकले अनुरोध गर्दै निमन्त्रणा पनी गरेको छ । (हार्दिक […]

नेपाल चिनाउने नेपाल फेस्टिबलमा सहभागी बनौं

फुकुओका,जापान,माघ,२६- आगामी अप्रिल १४ र १५ तारिख दिन फुकुओकामा आयोजना हुन लागेको नेपाल फेस्टिवल २०१८ मा विभिन्न कार्यक्रमहरु गरिने भएको छ । विगत ७ बर्ष देखि आयोजना हुँदै आएको बैशाखी मेला यो बर्षबाट भने नेपाल फेस्टिबल फुकुओकाको नामबाट आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ । नेपाल फेस्टिबल नेपाल संग प्रत्यक्ष रुपमा जोडीएकोले नेपालमा रहेका […]

विश्व अर्वान फोरममा उपप्रमुख थारु

नेपालगञ्ज,माघ,२५- मलेशियाको क्वालालम्पुरमा हुने नवौं विश्व अर्वान फोरममा कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी थारुसहित नेपालबाट ५ जनाको सहभागिता हुने भएको छ । यूनाइटेड सीटीज एण्ड लोकल गभरमेन्ट एशिया प्यासीफिकको आयोजनामा आजसाँझदेखि ४ दिनसम्म सो कार्यक्रम चल्ने छ । एशियाका विभिन्न राष्ट्र, शैक्षिक संस्था, प्राविधिक संस्था, पेशागत संघ संगठन, नागरिक समाजका अगुवा गरि २५ हजारको सहभागिता […]

विश्व क्रिकेट लिगमा आज नेपाल र नामिविया भिड्ने

काठमाडौं, माघ,२५- आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु क्रिकेट प्रतियोगिता आजबाट अफ्रिकी मुलुक नामिबियामा सुरु हुँदैछ ।प्रतियोगिताको उद्घाटन खेलमा आज नेपालले आयोजक टोलीसँग खेल्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ । प्रतियोगिता खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्य राखेको छ । नेपाली टोली यसअघि सन् […]