काठमाडौं माघ,२९ एमाले नेता डोरमणि पौडेलले मुख्यमन्त्रीका रुपमा शपथ ग्रहण गर्नु भएको छ । उहाँलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले आज विहान शपथ लिनु भएको हो । एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै पौडेल प्रदेश सभा दलको अध्यक्ष निर्वाचित हुनु भएको थियो ।पौडेल राजधानी काठमाडौं समेत रहेको प्रदेश–३ का मुख्यमन्त्री हुन् । एमालेको बहुमत रहेको प्रदेश सभा दलको […]
समाचार
भारतीय सेनाध्यक्ष विपिन रावत आज नेपाल आउँदै
काठमाडौं,माघ,२९- भारतीय सेनाध्यक्ष विपिन रावत आज नेपाल आउँदै हुनुहुन्छ । भारतीय सेनाध्यक्ष रावत प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । उहाँ नेपाल एकीकरणको २५० वर्षगाँठ मनाउने क्रममा भोलि फागुन १ गते आयोजना गरिने ‘सेना दिवस २०७४’ को कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुने नेपाली सेनाले जनाएको छ । रावतलाई २०७३ चैत १६ […]
अध्यक्षद्वय ओली र दाहालबीच छलफल सुरु
काठमाडौं,माघ,२९- एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल सुरु भएको छ । ललितपुरको मानवभवनस्थित एक घरमा उनीहरुबीच गोप्य वार्ता सुरु भएको हो। एमाले र माओवादी केन्द्रको पार्टी एकता प्रक्रियालाई निर्णायक मोडमा पुर्याउने गरी दुई अध्यक्षबीच छलफल सुरु भएको बताइएको छ । यसअघि आइतबार बस्ने भनिए पनि अध्यक्ष दाहाल व्यस्त रहेकाले […]
कांग्रेस र माओवादीले समानुपातिकको सूची आज बुझाउँने
काठमाडौं,माघ,२९- निर्वाचन आयोगले दलहरुलाई प्रतिनिधीसभा सदस्यको समानुपातिक तर्फको नामावली बुझाउन दिएको समय आज सकिने भएपछि दलहरु बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त रहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेस केन्द्रित दलले बिहान सुचीको टुङगो लगाएर मध्यान्ह आयोगलाई बुझाउने तयारी गरेको नेताहरुले बताएका छन् । समानुपातिकतर्फ कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम र […]
आइसीसी डिभिजन–२ क्रिकेटमा नेपालद्वारा युएई चार विकेटले पराजित
काठमाडौं, माघ २८- नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेटको तेस्रो खेलमा आइतबार नेपालले युएईलाई चार विकेटले पराजित गरेको छ । वर्षाले ३४ ओभरमा झारिएको खेलमा नेपालले पाएको ११५ रनको सामान्य लक्ष्य ३१ बल बाँकी छँदै पुरा गरेको हो । यसअघि नेपालले टस जितेर कसिलो बलिङ्ग गरेको थियो । नेपाली बलरहरु हावी भएपछि युएई ३१ […]
नेपालगन्ज १० मा बालबालिकाहरुको स्थलगत अनुगमन
बाँके,माघ,२८- नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० का विभिन्न टोलमा आज संयुक्त स्थलगत अनुगमन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका, वडा कार्यालय, वडा स्तरीय बाल क्लब संजाल र बास नेपालगन्जको संयुक्त अनुगमन टोली स्थानियहरुको घरदैलोमा पुगेपछि उनीहरुले बालबालिकाको अवस्थाको बारेमा अवगत गराए । वडाका विभिन्न स्थानमा बालश्रमिक तथा परिवारहरुसँग बालश्रमिको अवस्थाको जानकारी लिदै उनीहरुलाई बिद्यालय पठाउने बिषयमा परामर्श […]
आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिसमक्ष बुझायो
काठमाडौं, माघ,२८- निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम आज राष्ट्रपतिसमक्ष बुझाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने तीन जनाबाहेक अरु ५६ जनाको नाम आयोगले राष्ट्रपति समक्ष पेश गरेको हो । राष्ट्रियसभाको निर्वाचनसँगै राजनीतिक दलले संघीय संसद्मा पुर्याउनुपर्ने ३३ प्रतिशत महिलाको कोटा निर्धारण भइसकेकाले निर्वाचन परिणाम बुझाउन समस्या नभएको आयोगको भनाइ छ । तीन जना मनोनयनको […]
विश्व क्रिकेट लिगमा आज नेपाल र युएई भिड्ने
काठमाडौं,माघ,२८- आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ क्रिकेटमा आज नेपालले संयुक्त अरब ईमिरेट्स युएईको सामना गर्दैछ ।प्रतियोगितामा सुरुवाती दुई खेलमध्ये एकमा जित र एकमा हार ब्यहोरेको नेपाल आज दोस्रो जितको खोजीमा छ । प्रतियोगिताको सुरुवाती खेलमा आयोजक नामिबियालाई हराएको नेपाल दोस्रो खेलमा भने ओमनसँग ६ विकेटले पराजित भएको थियो ।उता युएईले भने पहिलो खेलमा केन्यालाई २ […]
युएण्टो प्रदेश ३ को अध्यक्ष र महासचिवमा तामाङ र पोखरेल निर्वाचित
काठमाडौं,माघ,२७- एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो) प्रदेश नम्बर ३ को अध्यक्षमा काभ्रेका दुर्गासिंह तामाङ निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा भएको संगठनको प्रदेशस्तरीय पहिलो सम्मेलनले तामाङको अध्यक्षमा ६१ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो । सम्मेलनबाट वरिष्ठ उपाध्यक्षमा शंकर अधिकारी(धादिङ), महिला उपाध्यक्षमा गोमा बजगाई (ललितपुर) निर्वाचित हुनुभएको छ । त्यस्तै,उपाध्यक्षहरुमा मोहन गौतम (सिन्धुली), कृष्ण घिमिरे(सिन्धुपाल्चोक) र […]
ब्रेकिङ न्यूज : नेपाल प्रेस युनियनद्धारा महासंघ बाँकेको कार्यक्रम बहिष्कार गर्ने
बाँके,माघ,२७- नेपाल प्रेस युनियन बाँकेले नेपाल पत्रकार महासंघ बाँके शाखाले भोली ( आइतबार ) ‘स्थापना दिवस’ भनि गर्न लागिएको कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ । आधार प्रमाण विना काल्पनिक ढंगले माघ २८ लाई स्थापना दिवसका रुपमा मनाउने महासंघको गलत निर्णय सच्याउन गरेको युनियनको आग्रहलाई बेवास्ता गरिएकोले बहिष्कार गर्न युनियन बाध्य भएको छ । […]









