काठमाडौं,फागुन,१७- एमाले-माओवादी र संघीय समाजवादी फोरमबीच मन्त्रालयमा भागबण्डा नमिल्दा वार्ता विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास वालुबाररमा भएको वार्तामा फोरमले ३ मन्त्रालय माग गरेकोमा एमाले-माओवादीले २ मन्त्रालय मात्र दिने बताएपछि सहमति जुट्न नसकेको हो । सुरुमा एक मन्त्री र एक राज्यमन्त्री दिन तयार भएको बामगठबन्धन लचिलो हुँदै २ मन्त्रालय दिन तयार भएको थियो । […]
समाचार
गायक सज्जन धामिलाई चुरोट सल्काउने बानी परेपछी
ज्ञानु सङ्गम खड्का / नेपालगन्ज,फाल्गुण,१७- चर्चित लोकपप गीत “तरकारी वाली”,”माकसम” बाट आफुलाई गायकको रुपमा चिनाउन सफल लोक गायक सज्जन धामिले आफ्नै उत्कृष्ट सङ्गीत र आवाज रहेको फेरि अर्को धमाकेदार लोक पप गीत ” चुरोट सल्काउने” साङ्गितिक बजारमा ल्याएका छन। सामना शाहको उत्कृष्ट शब्द रहेको उक्त गीतमा सङ्गीत तथा स्वर सज्जन धामिकै रहेको छ। पछिल्लो समयको […]
हर्षोलासपुर्वक मनाइदै होली
इन्द्र कार्की/ महेन्द्रनगर,फाल्गुन,१७- रितु परिर्वतन भईरहेको छ । रितु संगै मौसम पनि परिर्वतन हुनै गएको छ । नयाँ मौसममा नयाँ पालुवाहरु पलाईरहेका छन् । पुराना र नयाँ पाालुवाहरुको रंगले र पहाडी भेगमा फुल्न थालेको लालीगुराँसले हामी वरिपरिको वातावरण नै रंगीन हुन पुगेको छ । रंगीन प्राकृतिक वातारणमा थप सुन्दरता थप्न सामाजिक सद्भाव र रंगहरुको उत्सव […]
सिरियामा बम बिस्फोटमा मृत्यु भएका बालबालिकाको सम्झनामा कोहोलपुरमा दिप प्रज्वलन
डम्मर थापा मगर/ कोहोलपुर,फागुन,१६- कोहोलपुरको गोल पार्कमा सिरियामा गराईएको बम बिस्फोटमा मारिएका निर्दोष बालबालिकाहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ । एकता बुढाथोकिको संयोजकत्वमा मोर्डन आर्टिस्ट संस्थाद्वारा उक्त दिप प्रज्वलन कार्यक्रम कोहोलपुरको गोलपार्कमा गरिएको हो । मंगलबार साँझ ६ बजे करिब ४५ जनाको उपस्थितिमा उक्त दिप प्रज्वलन कार्यक्रम संगसंगै सिरियामा गराईएको बम बिस्फोटमा मारिएका निर्दोष बालबालिकाहरुको […]
संघीय फोरम पनि सरकारमा जाने
काठमाडौं,फागुन,१५- प्रधानमन्त्री केपी ओली संविधान संशोधनको मुद्दामा सकारात्मक बनेपछि संघीय समाजवादी फोरम सरकारमा सामेल हुने भएको छ । फोरम सरकारमा आउने समझदारी जुटेकै कारण प्रधानमन्त्री ओलीले सोमबार चार जना मन्त्रीमात्रै थप गरेका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोरमलाई सोमबारै सरकारमा ल्याउने प्रयत्न गरेका थिए । तर फोरम […]
अब उपप्रधानमन्त्री नरहने
काठमाडौं,फागुन,१५- पहिलो कार्यकालमा ६ जनासम्म उपप्रधानमन्त्री राखेका प्रधानमन्त्री केपी ओलीले यस पटक सरकारमा उक्त पदै नराख्ने निर्णय लिँदै एमाले र माओवादी केन्द्रका चार मन्त्री सामेल गरी सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उपप्रधानमन्त्री नराख्ने भएपछि यसअघि उपप्रधानमन्त्री भइसकेका एमाले महासचिव ईश्वर पोखरेल प्रधानमन्त्रीपछिको वरीयताक्रममा रहने गरी रक्षामन्त्री बनेका छन् । अर्थविद्समेत रहेका पूर्वगभर्नर युवराज खतिवडालाई […]
चर्चित फुटबल खेलाडी नेइमारको खुट्टाको हड्डी भाँचियो
काठमाडौं, फागुन,१५- चर्चित ब्राजिलियन फुटबल खेलाडी नेइमारको खुट्टाको हड्डी भाँचिएपछि उनी केही सयम मैदानबाट टाढा हुने भएका छन् । फ्रेन्च फुटबल क्लव पेरिस सेन्ट जर्मेन पिएसजी.बाट व्यावसायीक फुटबल खेल्दै आएका नेइमारले रियाल मड्रिड विरुद्ध च्याम्पियन्स लिग प्रि क्वाटरफाइनलको दोस्रो लेगको खेल गुमाउने भएका छन् । फ्रेन्च लिगको क्रममा मार्से विरुद्ध १-० ले विजयी भएको खेलमा […]
नेपाल मगर संघको २६ औं राष्ट्रिय सम्मेलनमा सहभागी हुन भोली मिलन मगर सहित ३ जना नेपाल प्रस्थान गर्ने
जापान ,फागुन,१४- नेपाल मगर संघले २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात प्राप्ती सम्मेलन-२०७४ मनाउने भएको छ । संघले काठमाण्डौंमा यहि फागुन १५ गते देखी १७ गते सम्म राष्ट्रिय सम्मेलन मनाउन लागेको जानकारी दिएको छ । मगर संघले राष्ट्रिय सम्मेलनमा मगर भाषालाई राज्यको सबै तहमा सरकारी कामकाजको अधिकारसहित राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने, लखन थापामगरलाई राज्यले प्रथम सहिदको सम्मान दिनुपर्ने, मगर […]
फरार रहेका रेशम चौधरीले गरे आत्मसमर्पण
कैलाली,फागुन,१४- टीकापुर घटना भए पछि फरार रहेका रेशम चौधरीले अदालतसामू आत्मसमर्पण गर्नु भएको छ । चौधरी आज जिल्ला अदालत कैलालीमा हाजिर हुनु भएको हो । फरार रहेकै अवस्थामा राष्ट्रिय जनता पार्टीबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका चौधरी भारी मतान्तरले विजयी हुनु भएको थियो । तर, चुनाव जिते पनी प्रमाणपत्र भने पाएका छैनन् । वारेसमार्फत […]
सिरियामा ५०० भन्दा बढी बालबालीका मारिए
दमास्कस, फागुन,१४- लामो समयदेखि हिंसाको चपेटामा पर्दै आएको सिरियामा एक साता यतामात्र ५०० भन्दा बढी बालबालिका मारिएको विभिन्न समाचार एजेन्सीले जनाएका छन् । राजधानी दमास्कस नजिकैको गुटा सहरमा सिरियाली सेनाले गरेको हवाई आक्रमणमा ठूलो जनधनको क्षति भएको बताइएको छ । सो क्षेत्र अन्तर्राष्ट्रिय आतंकवादी समूह (आइएस) को अन्तिम गढ मानिएको छ ।सिरियाली सेना र रुसले […]










