एसईई परीक्षा आगामी चैत १७ गतेदेखि शुरु, पहिलो दिन अनिवार्य अंग्रेजी

काठमाडौं,माघ,१४-राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक गरेको छ। परीक्षा बोर्डको ११ गतेको निर्णय अनुसार एसईई चैत १७ गतेदेखि चैत २९ गतेसम्म एसईई परीक्षा सञ्चालन हुने छ। परीक्षा बोर्डका अनुसार चैत १७ गते शुक्रवार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ।परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।  

रवि लामिछानेले प्रधानमन्त्री “प्रचण्ड”समक्ष बुझाए राजीनामा

काठमाडौं,माघ,१३-सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त हुनु भएका रवि लामिछानेले राजीनामा बुझाउनु भएको छ। उहाँ बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनु भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बन्नु भएको थियो। शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ ।

रवि लामिछानेको सांसद पद खारेज संगै उपप्रधान तथा गृहमन्त्री पद गयो

काठमाडौं,माघ,१३-सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा शुक्रबार भएको अन्तिम सुनुवाइपछि सर्वोच्चले लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएको हो । सर्वोच्चले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै फैसला सुनाएको हो। अमेरिकी […]

एकैदिन तोलामा ११ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं,माघ,१३-बिहीवार अहिलेसम्मकै सर्वाधिक मूल्यमा कारोबार भएको सुन शुक्रवार (आज) तोलामा १ हजार १०० रुपैयाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीवार यसको मूल्य तोलाको १ लाख ६ हजार ९०० रुपैयाँ तोकिएको थियो ।  बिहीवार सुनको मूल्य सर्वाधिक तोकिएपछि ग्राहक […]

गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सुनुवाई आज हुँदै

काठमाडौं,माघ,१३-उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबिरुद्धको नागरिका सम्बन्धी मुद्दाको आज सुनुवाई हुँदैछ । बुधवार संवैधानिक पूर्ण इजलासमा सुनुवाई हुन नसकेपछि आजका लागि सुनुवाई तोकिएको थियो । बुधवार कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ भएको थियो ।  लामो समय देखि विवादित बन्दै आएको लामिछानेको नागरिकता […]

बाजुरामा भूकम्पले ४ सय घरमा क्षति, ४२ घरपरिवार विस्थापित

काठमाडौं,माघ,१३-गत मंगलबार दिउँसो बाजुरामा गएको भूकम्पले हालसम्म ४२ घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । प्रहरीले संकलन गरेको विवरण अनुसार भूकम्पबाट बाजुरामा ३ वटा पालिकाका ४२ घरपरिवार विस्थापित भएका हुन् । भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विस्थापित भएका परिवारहरु केही […]

आजको राशिफल ।। माघ १३ गते शुक्रवार

काठमाडौं,माघ,१३-आज विक्रम संवत २०७९ साल माघ महिनाको १३ गते शुक्रवार, (जनवरी २८ तारिख ) माघ शुक्ल षष्ठी तिथि। आज माघ १३ शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन यात्राका योजना विफल हुनसक्छ । शैक्षिक क्षेत्र कमजोर नै रहनेछ तर आत्मबल बढाएर काम गरेमा सफलता मिल्नसक्छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]

आज श्रीपञ्चमी:देशभर सरस्वतीको पूजा-आराधना गरि मनाईदै

काठमाण्डौं,माघ,१२-देशभर आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ।हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ। विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ-आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन्। सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको […]

मिथिलाञ्चलमा हलो र गोरुको पूजा गरिँदै

काठमाडौं,माघ,१२-वसन्त पञ्चमीको अवसरमा बिहीबार मिथिलाञ्चलमा हलो र गोरुको पूजा गरिँदैछ। मिथिलाञ्चलमा बिहीबार कृषि कार्यको सुरुवात गर्ने दिन मानेर कृषकले बिहानै हलो र गोरुको पूजा गर्ने गर्दछन्।आँगनमा गाईको गोबरले लिपेर अक्षता, फूल, लड्डुलगायत सामाग्रीले हलोको पूजा गर्ने चलन छ।गोरुलाई पनि नुहाइदिएर रंगीचंगी डोरी र माला लगाएर पूजा गरिन्छ । वसन्त पञ्चमीको दिनमा कृषकले अरवा चामलमा सख्खर […]

आजको राशिफल ।। माघ १२ गते बिहिवार

काठमाडौं,माघ,१२-आज विक्रम संवत २०७९ साल माघ महिनाको १२ गते बिहिवार, (जनवरी २७ तारिख ) माघ शुक्ल पञ्चमी तिथि।आज सरस्वती पूजा(शिक्षण संस्था बन्द)तथा राष्ट्रिय पुस्तक दिवस/अन्तराष्ट्रिय भन्सार दिवस पनि रहेको छ। आज माघ १२ बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । सरकारी निकायको भय रहला । परिवारमा चिन्ता बढ्न […]