अहिले प्रकाशको शव अन्त्येष्टिका लागि आर्यघाटतर्फ लगिदै

काठमाडौं, मंसिर ३- आकस्मिक हृदयाघातका कारण निधन भएका प्रकाश दाहालको शव पशुपति आर्यघाटततर्फ लगिदैं छ । माओवादी मूख्यालय पेरिसडाँडामा श्रद्धाञ्जली दिएपछि शवयात्रा आर्यघाटतर्फ अघि बढिरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको शवयात्रामा आफन्तजन, विभिन्न दलका नेता तथा कार्यकर्ताहरु र सर्वसाधारण गरी हजारौं सहभागी छन् । दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैं छ । यसअघि […]

मध्यरातमा पत्रकार जैशीमाथी अज्ञात समुहद्वारा खुकुरी प्रहार

पवन मुडभरी/ बौनीयां,मंसीर,३- नेपाल पत्रकार महांसंघका सदस्य एवम कोशेली एफ एम बौनीयांका पुर्व समाचार वाचक तथा जनता टेलीभिजनका सम्वाददाता पत्रकार लक्ष्मी जैशी माथी गएराती अज्ञात समुहद्धारा खुकुरी प्रहार भएको छ । कैलालीको बर्दगोरीया गाउपालीका २ बौनीयां स्थित आफ्नै घरमा सुतीरहेको अवस्थामा गएराती करिब १ बजेको समयमा घरमा तोडफोड हुन थालेपछि घरबाहिर निस्कन खोज्दा लुटेराहरुले जैशीमाथि […]

एनआरएनए क्युस्यु जापानद्वारा पुन कार्ड वितरण सूचना जारी फुकुओका

जापान डिसेम्बर ९ ,२०१७ एन आर एन ए क्युस्यु जापानले सदस्यता कार्ड वितरण कार्यक्रम पुन एकपटक संचालन गर्ने भएको छ । २०१८ जनवरी ६ तारिख सनिवार बिहान ९ बजे बाट साझ ५ बजे सम्म मिनामी सिमिन सेन्टर ओओहासीमा कार्यक्रम तय गरिएको छ । जापान बासी इच्छुक नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई एन आर एन ए […]

हार्दिक श्रद्धाञ्जली : प्रचण्डपुत्र प्रकाश दाहालको निधन

 क्षेत्र खनाल/ काठमाडौं,मंसिर,३- अपडेट: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जयसवालले गर्नुभएको हो । अहिले नर्भिक अस्पताल थापाथलीमा नेता, कार्यकर्ता र शुभेच्छुकको घुईंचो लागेको छ । पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि […]

महिला उम्मेदवारले स्थान पाउन नसकेको गुनासो

काठमाडौं,मंसिर,३- प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका महिला चुनावी चर्चा, परिचर्चाभन्दा बाहिर रहेका छन् । अधिकांशले साना दलबाट उम्मेदवारी दिएका कारण उनीहरू चर्चामा छैनन् । सञ्चार माध्यममा पनि महिला उम्मेदवारले स्थान पाउन नसकेको गुनासो छ । समानुपातिक समावेशिताको जतिसुकै नारा दिए पनि प्रमुख राजनीतिक दलले प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ निकै कम महिला उम्मेदवार उठाएका छन् । मङ्सिर १० र […]

मासिक २ अर्बको चामल आयात

काठमाडौं,मंसिर,३- कृषिप्रधान मुलुक नेपालमा प्रतिमहिना करिब २ अर्बको चामल आयात हुने गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो तीन महिनामा नेपालमा ५ अर्ब रुपैयाँभन्दा बढी मूलय बराबरको चामल आयात भएको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा यति ठूलो परिमाणमा चामल आयात भएको हो । नेपालीहरुको खानेबानीमा परिवर्तन आउन नसक्नु, कृषि पेशामा जनशक्ति नहुनु तथा […]

चुनाव सुरक्षामा लापरवाही

काठमाडौं,मंसिर,३- कात्तिक २४ मा निवर्तमान गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि रुकुममा बम आक्रमण भएकै दिन निर्वाचन आयोगमा सुरक्षा अधिकारीको बैठक बसेको थियो । चारवटै सुरक्षा निकायका प्रतिनिधिले नेत्रविक्रम चन्द ‘विप्लवु समूहबाट सानोतिनो हिंसा मच्चाउन सक्ने भए पनि सुरक्षा दृष्टिले ‘ढुक्क हुनु आयोगलाई आश्वस्त बनाएका थिए । तर, त्यसयता निर्वाचन हिंसा घट्नुको साटो उम्मेदवार […]

लोडसेडिङ बढ्न सक्ने

काठमाडौं,मंसिर,३- भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न अद्ययोगमा प्रतिवन्ध लगाउने आदेश दिए लगतै शुक्रबारै राति १२ बजेदेखि टनकपुरबाट आयत भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ । यसको असर ढलकेबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत नेपालले आयात गरिरहेको बिजुलीमा पनि पर्ने देखिएको छ । टनकपुरको बिजुली कोहलपुरसम्म आपूर्ति हुँदै आएको थियो । टनकपुरबाट बन्द […]

पोषण र स्वास्थ्य शिक्षाप्रति आमाहरु सचेत

कपिलवस्त्,मंसिर,३- कपिलवस्तुको बुद्धभूमि नगरपालिका -९ इमिलियाकी सिर्जना परियार गर्भवती आमा हुन् । उमेर २१ वर्ष पुगेकी उनले नजिकैको स्वास्थ्य संस्थामा चारपटक गर्भ जाँच गराईसकेकी छन् । अचेल गाउँघरमै पाइने पोषिलो खाना नियमित खाने गरेको उनले सुनाइन् । आइरन पाइने खाना, दुध, माछा, गेडागुडी, हरियो सागपात उनी खानामा कहिल्यै छुटाउदिनन् । आजका नयाँ पत्रिकामा खबर छ […]

जेटीकप क्रिकेट प्रतियोगिता २०७४ को उपाधी आरएमई टीकापुर लाई

पवन मुडभरी/ बौनिया,मंसिर,२- कैलालीको बर्दगोरीया गाउपालिकामा सम्पन्न जिल्ला स्तरीय जेटीकप क्रिकेट प्रतियोगितामा २०७४ को उपाधी आरएमई टीकापुरले उचालेको छ । आज भएको फाईनल खेलमा आर्दश नमुना लम्कीलाई ९ विकेटले पराजित गर्दै आरएमई टिकापुर उपाधि चुम्न सफल भएको हो । यो उपाधी उचाले सगै आरएमई टीकापुर लगातार २ वर्ष च्याम्पिीएन बन्न सफल भएको छ । आज […]