लोकप्रिय गायक तथा रेडियो प्रस्तोता वासुदेव मुनालको निधन

काठमाण्डौं,असोज,१२- गायक वासुदेव मुनालको निधन भएको छ। रेडियो प्रस्तुतिमा पनि बेग्लै पहिचान बनाएका मुनालको घाँटीको क्यान्सरका कारण बिहीबार भक्तपुरको क्यान्सर अस्पतालमा निधन भएको हो। उनी ६८ वर्षका थिए। झण्डै चार दशक रेडियोमा बिताएका उनको रेडियो नेपालमा बज्ने बाल कार्यक्रम निकै लोकप्रिय थियो। ‘पानी खाने निउँले’, ‘लालुपाते फूलेर’ ‘बाँसुरीको धुनमा’, ‘तिम्रो घर चाँचरी’ लगायतका चर्चित गीत […]

‘छक्का पञ्जा २’ ले तोड्यो भारतीय सिनेमा बाहुबलीको रेकर्ड

काठमाडौं, असोज १२ – दशैंको अवसर पारी बुधबार फूलपातीको दिन देशभर प्रदर्शनमा आएको सिनेमा ‘छक्का पञ्जा २’ को शुरुवाती दिनको कारोबार नै आक्रामक रहेको छ । शुरुवाती दिनमा दर्शकको उपस्थिति र टिकटहरु बिक्री भएको ‘छक्का पञ्जा २’ ले नेपाली सिनेमाको बजारमा भारतीय सिनेमा ‘बाहुबली’ले राखेको रेकर्डसमेत तोडेको छ । देशभरका सय भन्दा धेरै हलहरुबाट एकसाथ […]

भारतलाई हराएर च्याम्पियन बनेको नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं, असोज १२- साफ यु–१८ फुटबल च्याम्पियनसिप विजेता नेपाली टोली  आज स्वदेश फर्किएको छ ।भुटानको थिम्पुमा बुधबार सम्पन्न १८ वर्षमुनिको सो प्रतियोगिता जित्दै नेपाली टोली आज दिउँसो १ बजे काठमाडौं आइपुगेको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी एवं फुटबलप्रेमी समर्थकहरुले स्वागत गरेका थिए ।भुटानमा भएको प्रतियोगिताको अन्तिम दिन बुधबार […]

जापानी प्रधानमन्त्री आबेद्वारा संसद विघटन

जापान,असोज,१२- जापनका प्रधानमन्त्री सिन्जो आबेले एक वर्ष अवधि बाँकी छँदै संसदको तल्लो सदन विघटन गर्नु भएको छ । चाँडो चुनाव गराउँदा आफ्नो पार्टीलाई फाइदा हुने देखेर प्रधानमन्त्री आबेले संसद भंग गरेको बताइएको छ । निर्वाचनको मिति आगामी अक्टोबर २२ लाई तोकिएको छ ।उत्तर कोरियासँग भएको पछिल्लो तनावमा राष्ट्रका पक्षमा बलियो अडान राखेको भन्दै आबेप्रति जनलहर केही सुदृढ भएको […]

दशैंका बेला होस् वा अरु कुनै बेला मासु कति खाने ? कसरी खाने ?

डा. विवेकबन्धु रेग्मी/ काठमाण्डौं,असोज,१२- दसैं, तिहार, छठ र लोसार जस्ता चाडपर्वको बेला नेपालीहरुको भान्छामा विभिन्न परिकारका खानेकुरा पाक्छन । ती विभिन्न परिकार मध्ये प्रमुख मानिन्छ मासु । चाडपर्वको बेला नेपालमा मासुका विभिन्न परिकार बनाएर खाने चलन छ । तर मासु कति खाने ? कस्तो मासु खाने ? मासु खाँदा के–कस्ता कुरामा सावधानी अपनाउने ? भन्ने […]

वडादशैँको आठौं दिन आज महाअष्टमी पर्व

काठमाण्डौं,असोज ,१२- आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन्। वडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ। आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई […]

अतिबादीहरुले रकेट प्रहार गरेपछि अफगानिस्तानमा अमेरिकी हवाई आक्रमण

काठमाडौं, असोज १२- अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणमा आम सर्वसाधारण मारिएका छन् ।अमेरिकी आक्रमणबाट कति मानिस मारिए भन्ने पुष्टी भने भैसकेको छैन । अमेरिकी रक्षा मन्त्री जेम्स मैटिस अफगानिस्तान पुगेको केही बेरमै अतिवादीहरुले काबुल विमानस्थलमा रकेट प्रहार गरेका थिए । अमेरिकी सेनाले हवाई मैदानमा रकेट प्रहार गर्ने विद्रोहीलाई निशाना बनाइरहेको अफगानी सेनाको समर्थनमा हवाई आक्रमण गरेको […]

नेपाल र ओमनबीच संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं, असोज १२- नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मस्टकस्थित ग्राण्ड ह्यात होटलमा गरिएको कार्यक्रममा नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एशिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरीले हस्ताक्षर गरे । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सूर, […]

ठूलो परिमाणमा भारतबाट नेपाल भित्र्याउन लागिएको तरवार बरामद

बाँके,असोज १२- भारतको अजमेरबाट रुपैडिया नाका हुँदै नेपाल भित्र्याउन लागिएको अवस्थामा भारतीय सुरक्षाकर्मीले ठूलो परिमाणमा तरवार बरामद गरेको छ । भारतीय संचारमाध्यमका अनुसार मंगलबार अजमेरबाट नेपाल आउँदै गरेको बसमा चेकजाँचका क्रममा ८१ थान तरवार फेला परेको थियो । बुधबार पनि अजमेरबाट नेपालतर्फ आउँदै गरेको बसबाट एक सय ५२ तरवार बरामद भएको बताइएको छ । तरवार […]

दशैमा सामर्थ्य नेपालद्वारा कैलालीका गरिव परिवारलाई राहत बितरण

भरत राज जैशि/ कैलाली,असोज १२- नेपालिहरुको महान चाड दशैं सबै नेपालीले खुसियालीका साथ मनाउने गर्दछन,तर देशभर खुसियाली मनाइरहदा देशका कुना काप्चामा त्यस्ता ठाउँ पनि नेपालिहरु छन,जसलाई खान लाउन हम्मे हम्मे परिरहेको हुन्छ । यसैलाई देखेर सामर्थ्य नेपालका पश्चिम नेपाल प्रमुख के पि खनालले आफ्नो सामाजिक सन्जाल (फेसबुकमा) कैलालीको लम्किचुहा नगरपालिकाका लाई प्रत्येक वार्ड १/१ जनालाई […]