कंचनपुर,भदौ,८- यिर्जनशिल यूवाका हातहरु भन्ने मुल नारा लिएर देशव्यापीरुपा गठन हुदै आइरएको युवाहरूको संस्था सामर्थ्य नेपालको कंचनपुर जिल्ला मा आज सामर्थ्य नेपालको पश्चिम नेपाल समिती ले सुदुरपच्चिम कंचनपुर जिल्ला का सक्रिय युवा रमेश ठगुन्ना लाई नियुक्त गरिएको केन्द्रिय समितिले जानकारी दिएको छ । समितीका अनुसार देशमा भैरहेको सामाजिक ,आर्थिक ,राजनीति बिकृतीलाई हटाउन तथा समाजमा युवाहरूलाई […]
समाचार
भारत–नेपाल रक्षा समझदारी निकै महत्वपूर्ण छ: मोदी
नयाँ दिल्ली, भदौ ८- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको सुरक्षासम्बन्धी आपसी समझदारी निकै महत्वपूर्ण भएको बताउनु भएको छ । हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपाल र भारतबीचको सुरक्षा हित आपसमा निर्भर रहेको बताउनु भएको हो ।भारत र नेपालको रक्षा हित आपसमा निर्भर रहेको बताए पनि मोदीले जारी दोक्लम विवादबारे औपाचारिक रुपमा […]
नेपाल र भारतबीच आठ सम्झौता पत्रमा हस्ताक्षर
नयाँ दिल्ली, भदौ ८- भारतको ५ दिने राजकीय भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा दुई मुलुकका प्रधानमन्त्रीबीच एक्ला–एक्लै भेटवार्ता भएको हो । भेटवार्तामा दुई मुलुकको आपसी हित र सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको बताइएको छ । यसैबिच : नेपाल र भारत […]
कन्चनपुरमा ‘हत्या’को विरोधमा बजार बन्द
कन्चनपुर, भदौ ८- कन्चनपुरमा एक महिनाको अवधिमा तीनजनाको शंकास्पद मृत्यु भएपछि त्यसको विरोधमा स्थानीयले बिहीबार बजार तथा यातायात बन्द गराएका छन् । सशस्त्र सीमा सुरक्षा बल गड्डाचौकीमा कार्यरत् प्रहरी जवान मृत अवस्थामा फेलापरेपछि स्थानीयले हत्या भएको भन्दै अनुसन्धान गरी अपराधीलाई सजाय दिन माग राख्दै बन्द गराएका हुन् । गत २८ गते विद्यार्थी नेता छात्रावासमै मृत […]
आज हरितालीका तिज : देश विदेशमा एकै साथ मनाईदै
काठमाडौं, भदौ,८/ हिन्दु नारीहरुको महान पर्वका रुपमा आज हरितालीका तीज देश विदेशमा रहेका नेपालीले एकै साथ मनाईदै छन् । खासगरी हिन्दू महिलामा प्रचलित यस पर्वमा दर खाने, नाच्ने, गीत–संगीतमार्फत् आफनो मनको बह पोख्ने र रमाइलो गर्ने गरिन्छ । यतीवेला नेपालको विभिन्न व्यापारीक ठाँउमा महिलाको भीड बढेको छ । रातो साडी, चुरापोतेमा महिला दिदि बहिनी सजीएका छन् […]
प्रधानमन्त्री देउवालाई दिल्लीमा विदेशमन्त्रीको स्वागत
काठमाडौं,भदौ,७- प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका क्रममा नयाँदिल्ली पुग्नु भएको छ । नेपाल एयरलाइन्सको विमानबाट दिल्ली पुग्नु भएका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गर्नु भएको थियो । प्रधानमन्त्री विमानस्थलबाट राष्ट्रपति भवन प्रस्थान गर्नु भएको छ ।
प्रधानमन्त्री देउवा भारत प्रस्थान
काठमाडौं, भदौ ७/ पाँच दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत जानु भएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली जानु भएको हो । भारत प्रस्थान गर्नुअघि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री देउवालाई सलामी अर्पण […]
हरितालिका तीज सुरु : आज दर खाने दिन
काठमाडौं, भदौ ७- हिन्दू नेपाली महिलाले मनाउने चाड तीजको अघिल्लो दिन आज मीठा मीठा परिकारका साथ दर खाईंदैछ । दुःख भुलाउन भोलिपल्ट बस्ने व्रतको अघिल्लो दिन दर खुवाउने गरिन्छ । दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई […]
प्रथम “भि.आर.सि.सी. कप २०७४” हुने
हिमाल महरा घोराही,भदौ,७- हिन्दुको महान पर्व विजयादशमी तथा शुभदिपावलीको पावन अवसरमा प्रथम भि.आर.सि.सी. कप २०७४ हुने भएको छ । उक्त कार्यक्रम भि.आर.सी.सी.क्लबले आयोजना गर्न लागेको हो । कार्यक्रम यही असोज २० गतेबाट सुरुहुने कार्यक्रम अम्बीका मावीमा हर्नकमा सम्पन्न गरीने क्लबका अध्यक्ष भुपेन्द्र थापाले जानकारी दिनुभएको छ । “स्वास्थ्यका लागी खेलकुद ,राष्ट्रका लागी खेलकुद” भन्दै आयोजना […]
मन्त्रिमन्डल ५० सदस्यीय पुग्यो
काठमाडौं, भदौ ६- प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिमन्डल विस्तार गरेका छन् ।उहाँले आज आफ्नो पार्टी नेपाली कांग्रेसबाट १२ र नेपाल लोकतान्त्रिक फोरमबाट तीनजना राज्यमन्त्री थप गर्नु भएको हो ।मन्त्रिमन्डल थपिएका राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले आदनै पद तथा गोपनीयताको शपथग्रहणसमेत गराउनु भएको हो । आद थपिएका राज्यमन्त्रीहरुमा कांग्रेसको तर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदयशमशेर राणा, नरबहादुर चन्द, […]










