नरेश खड्का/ दाङ,साउन,३२- दाङ जिल्ला उद्योग बाणिज्य संघको अध्यक्षमा नारायणप्रसाद भुषाल निर्वाचित भएका छन् । हिजो मतदान भई बुधबार सम्पन्न मतगनणा अनुसार भुषालले मुख्य प्रतिष्पर्धी मञ्जु बज्राचार्यलाई हराउदै भुषाल अध्यक्ष पदमा विजयी भएका हुन् । भुषालले नौँ सय ६४ मत ल्याएर विजयी भएका हुन् । यस्तै मञ्जु बज्राचार्यले छ सय ११ मत ल्याईन । दुई […]
समाचार
तीज विशेष तथा विदाई कार्यक्रम सम्पन्न
रोशन घर्ति घोराही,साउन,३२- घोराहीमा रहेको भिक्टोरिया ट्युसन सेन्टरको आयोजनामा तिज विशेष तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । ट्युसन सेन्टरका सञ्चालक कपिल केसीको अध्यक्षता एवं शिक्षक दिनेश थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । बिबिस प्रथम वर्षका विद्यार्थीलाई अबिर लगाएर उज्वल भविष्यको कामना सहित बिदाई गरीएको हो । कार्यक्रममा सञ्चारकर्मी एवं गायक रामसिंह विश्वकर्माले […]
नेपाल आदिवासी जनजाति महासंघ जापानको क्युसु क्षेत्रमा क्षेत्रिय कमिटी गठन हुने
मिलन मगर/ जापान,साउन,३२- नेपाल आदिवासी जनजाति महासंघले जापानको क्युसु क्षेत्रमा क्षेत्रिय कमिटी गठन गर्ने भएको छ । सबै जनजातिहरुलाई एक ठाँउमा गोलबद्व गराउने साझा, छाता संगठनको रुपमा रहेको संस्था नेपाल आदिवासी जनजाती महासंघको क्षेत्रिय कमिटी जापानको क्युसु क्षेत्रमा गठन गर्न लागेको हो । यहि अगष्ट १४ तारिखका दिन फ़ुकुओका क्षेत्रमा बसोबास गर्दै आईरहनु भएका हस्त लामाको अध्यक्षतामा बसेको बैठकले नेपाल […]
सशस्त्र प्रहरी बलमा २५ सय जनाको माग
काठमाण्डौ,साउन,३१- सशस्त्र प्रहरी बलमा २५ सय जनाका लागि जागिर खुलेको छ । सशस्त्र प्रहरी बलले मंगलबार एक सुचना प्रकाशन गर्दै प्रहरी जवान, भान्छे, केश कर्तक, सुचिकार चर्मकर्मी र कुचिकार गरि २५ सय कर्मचारी माग गरेको हो । सशस्त्र प्रहरीले २३ सय जना जवान मात्रै माग गरेको छ । जसमा खुलातर्फबाट १ हजार २१ सय १९ […]
बढी प्रभावित क्षेत्रलाई प्राथमिकता दिई राहत वितरण गर्न गृहमन्त्रीको निर्देशन
काठमाण्डौं,साउन,३१- बढी प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर राहत वितरण गर्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिनुभएको छ । आज राहत प्रक्रियाका बारेम बुझ्न र निर्देशन दिन हवाई अड्डा निर्देशनालय पुगेका गृहमन्त्री शर्माले सबैलाई न्यायोचित रुपमा राहत वितरण गर्न र बढी प्रभावित क्षेत्रलाई प्राथमिकता दिन निर्देशन दिनु भएको हो । बढी पीडितले राहत नपाएको गुनासोसँगै राहत ढुवानीमा समस्या आएको […]
नेपाल र चीनबीच तीन महत्वपूर्ण सम्झौता
काठमाडौं, साउन,३१- नेपाल र चीनबीच नेपालको सामाजिक–आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्ने तीन महत्वपूर्ण सम्झौता भएका छन् ।नेपाल र चीनबीच आज राजधानीमा सम्पन्न उच्चस्तरीय वार्तापछि दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम पदार्थको अन्वेषण र लगानी तथा आर्थिक सहयोग प्रवद्र्धनसम्बन्धी सम्झौता भएका हुन् । चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ तथा उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कृष्णबहादुर […]
चीनले नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गर्ने
काठमाडौं, साउन, ३१- चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायता स्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ । आज राजधानीमा शुरु भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेका हुन् । द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गर्नु भएको छ […]
संविधान संशोधन प्रस्ताव आज संसदमा पेस नहुने
काठमाडौं,साउन,३१- सरकारले संविधान संशोधन प्रस्ताव आज बस्ने व्यवस्थापिका संसद् बैठकमा पेस नगर्ने भएको छ । दिउँसो १ बजेबस्ने बैठकमा सत्तारुढ दल र राजपाबीच संविधान संशोधन विधेयक निर्र्णायार्थ प्रस्तुत गर्ने यसअघि सहमति भएपनि आजको बैठकमा भने पेस नहुने भएको हो । प्राकृतिक प्रकोपले देशमा ठूलो जनधनको क्षति भएको र सरकार उद्धार तथा राहतमा जुट्नु परेकाले तत्काल […]
डा.केसीको आज अनशनको २३ औं दिनपनी जारी
काठमाडौं,साउन,३१- चिकित्सा शिक्षा सुधारको माग राख्दै डा.गोविन्द केसीको अनशन आज २३ औँ दिनपनि जारी छ । उहाँ अहिलेसम्मकै सबैभन्दा लामो अनशन बस्नु भएको हो ।चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै ११ औ पटक अनसन बस्नुभएका केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । तर, सरकार उदासीन हुँदा वार्तासमेत बस्न छाडेको छ । बार्ता समिति गठन भएको सुरुवाती दिनमा […]
बाढी-पहिरोका कारण मत्यु हुनेको संख्या १ सय १५ पुग्यो
काठमाडौं,साउन,३१- अविरल वर्षाका कारण आएको बाढी पहिरो र डुबानबाट देशका विभिन्न जिल्लामा अहिलेसम्म १ सय १५ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार बाढी पहिरो र डुबानमा परेर २५ घाइते भएका छन् भने ३८ जना बेपत्ता छन् । यस्तै २ हजार ८ सय ४७ घरमा पूर्ण क्षति भएको […]










