काठमाडौं, भदौ, ५– प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने पिताको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।आज पिताप्रति आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिई पिताको मुख हेर्ने पर्व मनाइँदैछ । दिवंगत पिताका नाममा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदादान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने […]
समाचार
सुदुरपश्चिम सेवा समाज मलेसियाद्वारा मृतक बोहराका परिवारलाई आर्थिक सहयोग
दिनेश खड्का/ मलेसिया,भदौ ४- केहि बर्ष अगाडी अन्यौ सपनाहरु बोकेर मलेसिया पुग्नु भएका महेन्द्रनगर निवासी डबल बहादुर बोहोराका परिवारलाई सुदुरपश्चिम सेवा समाज मलेसियाले आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । सुदुरपश्चिम सेवा समाज मलेसियाका अध्यक्ष देब पाण्डेको अध्यक्षतामा आईतबार बसेको पुर्ण बैठकले सहयोग सँकलन रकम स्वग बोहाराका परिवारलाई (आ एम ई) मार्फत आईतबार हस्तान्तरण गरेको […]
देश निर्माणमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौँ,भदौ, ४- प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ । ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि सुरू भएको नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले मुलुकका विभिन्न समयमा भएका परिवर्तनमा पत्रकारिता जगत्को अत्यन्त महत्वपूर्ण योगदान रहेको र […]
संशोधनमाथिको बृहत् छलफल आज हुँदै
काठमाडौं,भदौं,४- व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथिको बृहत् छलफल हुने भएको छ । दिउँसो १ बजे सुरु हुने बैठकमा गत बुधबार प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि छलफल हुने भएको हो । संशोधन प्रस्तावमाथि परेका ५० संशोधनमध्ये एक संशोधनकर्ताले बोलिसक्नु भएको छ भने अब ४९ संशोधनकर्ताले धारणा राख्न बाँकी छ । संशोधनकर्ता सांसदसँगै अन्य इच्छुक सांसदले […]
नेता नेपाल उत्तर कोरियाको भ्रमण सकेर स्वदेश फिर्ता
काठमाडौं,भाद्र,३- नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल उत्तर कोरियाको भ्रमण सकेर आज स्वदेश फर्किनु भएको छ । भ्रमणका क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई भेटेर युद्धमा भन्दा वार्ता र संवादमा जोड दिन आग्रह गरेको नेता नेपालले बताउनुभयो । एशियाली देशका सांसदहरुको सम्मेलनमा सहभागी हुन उत्तर कोरिया पुगेका नेपालले आज […]
प्रदेश २ मा स्थानीय तहको निर्वाचनको तयारी तीव्र
काठमाडौं,भदौं,३- निर्वाचन आयोगले असोज २ गते प्रदेश नम्बर २ माहुने स्थानीयतहको निर्वाचनको तयारी तीव्र पारेको छ । प्रदेशनम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते स्थानीयतहको तेस्रो चरणको निर्वाचन हुदैछ । निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका लगाएतका सामानहरु जिल्ला, जिल्लामा पुर्याउने, थपिएका स्थानीय तहमा मतदातानामावलि संकलनको कामलाई व्यवस्थित गर्ने […]
नामावली दर्ता गराउन छुटेकालाई फेरी आयोगको आग्रह
काठमाडौं,भदौं,३- निर्वाचन आयोगले थप गरेको मतदाता नामावली संकलनको समयअवधि आज सकिदैछ । गत साउन ३२ गते ३ दिन थप गरेको नामावली संकलनको अवधी आज सकिने निर्वाचन आयोगले जनाएको छ । सबै क्षेत्रीय, जिल्ला निर्वाचन कार्यालय र ६ सय ६९ स्थानीय तहहरुबाट मतदाता नामावलीमा नाम दर्ता, संकलन भइरहेको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले […]
नेपाल प्रेस युनियनले बोलायो बृहत आकस्मिक भेला
काठमाडौं,भदौं,३- नेपाल प्रेस युनियनले संगठन विभागले भोलीबाट काठमाडौंमा सुरुहुने पत्रकार महासंघको २५ औं महाधिवेशनका बारेमा छलफल गर्ने बृहत भेला बोलाएको छ । युनियनको संगठन विभागले आकस्मिक भन्दै भेला बोलाएको हो । युनियन संगठन विभागले भेलामा उपस्थितिकालागि केन्द्रीय समितिका सदस्य, आकांक्षी उम्मेदवारहरु, युनियनका केन्द्रीय पार्सद, महासंघका पार्षद्हरु अनिवार्य उपस्थीतिकालागि आग्रह गरेको छ । काठमाडौंको अनामनगरस्थित घट्टेकुलो […]
घोराहीको नगरसभामा सडक पूर्वाधार प्राथमिकता
नरेश खड्का / दाङ, भदौ ३- घोराही उपमहानगरपालिकाको प्रथम नगरसभा आज शनिबार हुने भएको छ । नगरसभाले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने छ । नयाँ संरचनामा गएपछिको पहिलो नगरसभाबाट चालु आर्थिक वर्षभरि गरिने कार्यक्रमहरु सार्वजनिक हुँदैछ । उपमहानगरपालिकाले बिषेश गरी सडक पूर्वाधारको बिकासलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रम ल्याउन लागेको जनाएको छ । सडक सञ्जाललाई […]
यूएई सोसाईटीको सहयोगमा बर्दियामा थर्ड एलायन्सद्धारा त्रिपाल र झुल वितरण
बर्दिया,भाद्र,२- साउन २७ गते देखि निरन्तर परेको अबिरल वर्षका बर्दियाको बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका वडा नं. ११ र १२ मा ५० घर पूर्ण रुपमा ध्वस्त पारे पनि सरकारी राहत हाल सम्म नपुगेको पिडितहरुले गुनासो गरेका छन् । तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स पश्चिम उप क्षेत्रीय कार्यालय नेपालगंजको टोलीले शुक्रबार बर्दियको बाढी […]










