नवनियुक्त महान्यायाधिवक्ता भण्डारीद्वारा शपथ ग्रहण

काठमाण्डौं,भाद्र ,२- नवनियुक्त महान्यायाधिवक्ता वसन्तराम भण्डारीलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति […]

वाइसिएलको राष्ट्रिय सम्मेलन काठमाडौमा आजदेखि सुरु

काठमाडौ,भदौ,२– माओवादी केन्द्रको युवा भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) को दोस्रो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौमा सुरु भएको छ । बिहान ११ बजे जडीबुटी पार्टी प्यालेसमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । वाइसिएललाई नयाँ नेतृत्व सहमतिबाटै ल्याउन पार्टीबाट चर्को दबाब परेको छ । वाइसिएलको नेतृत्वका लागि तीनजना बीच प्रतिस्पर्धा देखिएको […]

घोराहीमा भोली हुने तीज विशेष साँस्कृतीक कार्यक्रमको तयारी पूरा

नरेश खड्का/ दाङ,भदौ २- यहि भदौ ३ गते “दाङको घोराहिमा तीज विशेष सास्कृतिक कार्यक्रम २०७४” हुनेभएको छ । हरितालिका तीजको अवसर पारेर राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति दाङको आयोजनामा हुन लागेको कार्यक्रममा दाङ जिल्लाका सम्पुर्ण कलाकार तथा लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्मा गायिका भुमिका गिरि , […]

विद्यानिलकण्ठमा स्वागत तथा तिज विशेष कार्यक्रम सम्पन्न

रोशन घर्ति दाङ,भदौ,२- घोराहीमा रहेको विद्यानिलकण्ठ माविमा स्वागत तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । नजिकिदै गरेको हरितालिका तिजको अवसर पारेर शुक्रबार स्वागत तथा तिज विशेष कार्यक्रम गरीएको हो । कक्षा १२ का छात्र सिद्धिमान बोहराको अध्यक्षता एवं विद्यालयका प्रधानाध्यापक गणेश के.सी.को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नवआगन्तुक कक्षा ११ का […]

प्रधानमन्त्रीद्वारा कैलालीका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण

कैलाली, भदौ १- प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको बाढी प्रभावित क्षेत्रको आज हवाई निरीक्षण गर्नु भएको छ । उहाले टीकापुरको पुरानो विमानस्थलमा ओर्लिएर बाढीपीडितलाई राहत सामग्री पनि हस्तान्तरण गर्नु भएको हो ।  प्रधानमन्त्री देउवाले बाढीपीडितको राहतमा कुनै कमी हुन नदिने आश्वासन दिनुभएको छ । उहाँले खाद्यान्न लत्ताकपडा र पालको व्यवस्था गरेको बताउनुभयो । उहाँले बाढीबाट विस्थापित […]

रुकुमको आठविसकोटमा अज्ञात रोगबाट २ सय विरामी

नरेश खड्का / रुकुम,भदौ,१-  रुकुमको आठविसकोट नगरपालिका–३, खदीमा अज्ञात रोगका कारण २ सय बढी बिरामी परेका छन् । हप्ता दिन यता सर्वसाधारणहरु धमाधम बिरामी परिरहेको स्थानीयले बताएका छन् ।स्थानीयका अनुसार टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, वान्ता हुने जस्ता लक्षणका कारण गाउँका अधिकांश सर्वसाधारण बिरामी परेका छन् । नगर प्रमुख गोर्खबहादुर केसीले अज्ञात रोगका कारण […]

जनसम्पर्क समिती क्यूस्यु फुकुओकाको क्षेत्रीय अधिवेशन हुने

 मिलन मगर/ जापान,भाद्र,१- जनसम्पर्क समिती क्यूस्यु फुकुओकाको क्षेत्रीय अधिवेशन हुने भएको छ । अधिवेशनको लागी उम्मेदवारी मनोनयन दर्ता अगष्ट १९ तारीखमा हुँदैछ । मनोनयन दर्ताका लागि  भोली किनयोबि (शुक्रबार )बिहान १० देखि १२ बजेसम्म समय तोकिएको छ ।मनोनयन दर्तासँगै चुनावी कार्यक्रम सुरु हुनेछ ।  मनोनयन दर्ताका बेला उम्मेदवारले उम्मेदवारी दिन खोजेको पदअनुसारको तोकिएको धरौटी रकम र आवश्यक […]

दाङ जिल्ला उद्योग बाणिज्य संघमा भुषाल निर्वाचित

नरेश खड्का/ दाङ,साउन,३२- दाङ जिल्ला उद्योग बाणिज्य संघको अध्यक्षमा नारायणप्रसाद भुषाल निर्वाचित भएका छन् । हिजो मतदान भई बुधबार सम्पन्न मतगनणा अनुसार भुषालले मुख्य प्रतिष्पर्धी मञ्जु बज्राचार्यलाई हराउदै भुषाल अध्यक्ष पदमा विजयी भएका हुन् । भुषालले नौँ सय ६४ मत ल्याएर विजयी भएका हुन् । यस्तै मञ्जु बज्राचार्यले छ सय ११ मत ल्याईन । दुई […]

तीज विशेष तथा विदाई कार्यक्रम सम्पन्न

रोशन घर्ति घोराही,साउन,३२- घोराहीमा रहेको भिक्टोरिया ट्युसन सेन्टरको आयोजनामा तिज विशेष तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । ट्युसन सेन्टरका सञ्चालक कपिल केसीको अध्यक्षता एवं शिक्षक दिनेश थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । बिबिस प्रथम वर्षका विद्यार्थीलाई अबिर लगाएर उज्वल भविष्यको कामना सहित बिदाई गरीएको हो । कार्यक्रममा सञ्चारकर्मी एवं गायक रामसिंह विश्वकर्माले […]

नेपाल आदिवासी जनजाति महासंघ जापानको क्युसु क्षेत्रमा क्षेत्रिय कमिटी गठन हुने

मिलन मगर/ जापान,साउन,३२- नेपाल आदिवासी जनजाति महासंघले जापानको क्युसु क्षेत्रमा क्षेत्रिय कमिटी गठन गर्ने भएको छ । सबै जनजातिहरुलाई एक ठाँउमा गोलबद्व गराउने साझा, छाता संगठनको रुपमा रहेको संस्था नेपाल आदिवासी जनजाती महासंघको क्षेत्रिय कमिटी जापानको क्युसु क्षेत्रमा गठन गर्न लागेको हो ।  यहि अगष्ट १४ तारिखका दिन फ़ुकुओका क्षेत्रमा बसोबास गर्दै आईरहनु भएका हस्त लामाको अध्यक्षतामा बसेको बैठकले नेपाल […]