काठमाडौं, साउन २६- प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रको रुपमा विकास गर्न निर्देशन दिनुभएको छ। विश्वविद्यालयको छैंठौं साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका कुलपतिसमेत रहनु भएका प्रधानमन्त्री देउवाले दक्ष जनशक्ति उत्पादन गरेर देश विकासमा परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न मुलुकमै रोजगारी सिर्जना गर्न […]
समाचार
जापानमा दोस्रो विश्वयुद्धमा अमेरिकाले फालेको बम नपड्किएको अवस्थामा भेटियो
जापान,साउन,२६- जापानको फुकुसिमामा दोस्रो विश्वयुद्धको समयमा अमेरिकाले फालेको विश्वास गरिएको बम नपड्किएको अवस्थामा (आज) भेटिएको छ ।दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगष्टमा अमेरिकाले जापानमा शक्तिशाली हानिकारक ‘एटम बम’ले हमला गरेको थियो । सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले जापानको हिरोसिमामा र अगष्ट ९ मा नागासाकीमा बम हमला गरेको थियो । सो बम आक्रमणका […]
बिमस्टेक बैठक आजदेखि राजधानीमा सुरु
काठमाडौं,साउन,२६- बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ । बैठकमा भाग लिन सातै सदस्य राष्ट्रका विदेश सचिवलगायत अधिकारी काठमाडौं काठमाडौं आइपुगेका छन् । भारत, श्रीलंका, बंगलादेश र भुटानका विदेशमन्त्रीहरू क्रमशः सुष्मा स्वराज, रवि करुणनायके, अबुल हसन महमुद अली र दाम्चो दोर्जी आज काठमाडौं आइपुग्ने छन् । […]
त्रिविका ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी
काठमाडौं,साउन,२६- आंशिक प्राध्यापकले त्रिभुवन विश्वविद्यालयका ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी गरेका छन् ।अठार दिनदेखि अनसन बस्दा पनि माग पूरा नभएपछि आंशिक प्राध्यापकले आज त्रिवि अन्तर्गतका सबै क्याम्पसमा तालाबन्दी गरेका हुन् । त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसका प्रमुख, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरिएको आंगिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार […]
प्रधानमन्त्रीको दिल्ली भ्रमणका एजेन्डा तयार,(सूची सहित)
काठमान्डौं,साउन २६- प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका लागि सरकारले प्रारम्भिक एजेन्डा तयार गरिरहेको छ। सूचीमा निर्वाचनका लागि भौतिक सामग्रीदेखि सैन्य सामग्री खरिदबापत तिर्नुपर्ने रकम मिनाहा, युरिया मलको आपूर्तिदेखि पञ्चेश्वर परियोजनाको लाभ बाँडफाँडसम्म उल्लेख छ। प्राप्त सरकारको प्रारम्भिक सूचीमध्ये अधिकांश पुरानै छन्। परराष्ट्र मन्त्रालयले सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर एजेन्डाबारे प्रधानमन्त्री कार्यालयलाई ब्रिफिङ गरिरहेको छ। यो […]
भारतको सिलीगुढीमा पक्राउ गरिएका नेपाली युवालाई तत्काल रिहा गर्न माग
काठमाडौं, साउन २६- गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा भारतको सिलीगुढीमा पक्राउ परेका नेपाली युवालाई तत्काल रिहाइ गर्न परिवारले माग गरेका छन् ।आमाको उपचारका लागि सिलिगुढी पुगेका सूर्योदय नगरपालिका–१० फिक्कलका २७ बर्षीय उदयहाङ फागोलाई सोमबार सिलिगुढी मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको हो । फागोका परिवारले आन्दोलनकारीसँग अनुहार मिलेको भन्दै निर्देष ब्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेर अन्याय गरेको भन्दै […]
संविधान संशोधनबाहेक राजपाका सबै माग पूरा
काठमाडौं,साउन,२६- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राख्दै आएका संविधान संशोधनबाहेकका अन्य माग लगभग पूरा भएका छन् । राजपा नेपालले मधेश आन्दोलनमा आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता, थुनामा रहेकाको रिहाइ, मृत्यु भएकालाई शहीद घोषणा, घाइतेको निःशुल्क उपचार, अशक्त तथा अपाङ्गता भएकाको स्थायी व्यवस्थापन, जनसङ्ख्याका आधारमा स्थानीय तहको सङ्ख्या थपजस्ता माग राख्दै आएको थियो । तीमध्ये मुद्दा फिर्ता […]
प्रदेश नम्बर २ मा एमालेको चुनावी आँकलन
काठमाडौं,साउन,२६- एमालेले आफूविरुद्ध कांग्रेस र माओवादी केन्द्रसहित मधेस केन्द्रित दलले संयुक्त मोर्चाबन्दी नगरे प्रदेश नम्बर २ को स्थानीय चुनावमा पहिलो दल बन्ने चुनावी परिणाम आँकलन गरेको छ । महासचिव इश्वर पोखरेलको नेतृत्वमा खटिएका पदाधिकारीहरुले गरेको अध्ययन प्रतिवेदनका आधारमा एमालेले दुई नम्बर प्रदेशमा पहिलो दल बन्न सकिने आँकलन गरेको हो । एक साता २ नम्बर प्रदेशका […]
धनगढीका मेयर “भोट बराबरको बोट “कार्यक्रमलाई तिब्रता दिदै
केपि खनाल/ कैलाली धनगढी ,साउन,२६- देशमा स्थानीय तहको निर्वाचन सकिए संगै देशका विभिन्न ठाउँका मेयर/उपमेयर शुभकामना लिदै तथा आफ्नु चाहाना पूरा गर्न कोइ गाडी त कोई स्माट सिटिको परिकल्पना गर्दैछ्न । तर केही समय यता सुदुरपच्चिमको एक मात्र उप-महामगरपालिकाका मेयरले केही फरक कार्य गरेर जनतालाई खुसीपार्दै र धनगढीलाई सुन्दर हरियाली बनाउनमा जुटेका छन । सुन्दर […]
रक्षा मन्त्रालयको नयाँ भवन बन्ने
काठमाण्डाैं, साउन,२५- रक्षा मन्त्रालयको नया भवन बन्ने भएको छ । ७२ सालको भूकम्पले रक्षा मन्त्रालय रहेको सिंहदरबारको मुख्य भवन प्रयोग गर्न नमिल्ने गरि क्षति पुगे पछि मन्त्रालय भवन बिहिन बनेको थियो। बुधबार बिहान प्रधानमन्त्री शेर बहादुर देउबाले सिंहदरबारको दक्षिण पश्चिम मा रहेको नेपाली सेनाको क्याबलरी (घोडा स्याहार केन्द्र ) गुल्म रहेको स्थानमा रक्षा मन्त्रालयको नया […]










