केपि खनाल क्षेत्र/ लम्किचुहा कैलाली ,साउन,३१- लामो समय देखि देशभरी आएको बाडीपहिरोले जनताको जनजीवन कष्टकर बनायो नै त्यसगरी हिजो राती आएको हावाहुरी सङगैको वर्षाले लम्किचुहा नगरपालिका वार्ड ०३ व्यवस्थित नगरमा बिगत लामो समय देखि आफु एकल महिला भएर घरमै सिलाई कटाई गर्दै आफू र आफ्नो परिवारको पेट गुजारा गर्नु भएकी सुर्जा परियारको घर भत्किएको छ […]
समाचार
राहत प्रयाप्त नभए पछि फत्तेपुरमा सोमबार पुगेको राहत वितरण भएन्
सिमा घर्ति/ बाँके,साउन,३०- बाकेका बाढीपिडितहरुको उद्वार गर्ने र उनीहरुलाई राहात वितरण गर्ने कार्य सोमबार देखि सुरु भए पनि फत्तेपुरमा नेपाली सेनाको हेली कप्टरले छाडेको खाद्यान्न प्रयाप्त नभएको भन्दै बितरण गर्न कठिन भएको वडा अध्यक्ष राम लखन थारुले बताएका छन् ।शुक्रबार साझ देखि परेको भारी बर्षातका कारण राप्ती नदी तथा स्थानीय खोलाहरुमा आएको बाढीका कारण बाकेका […]
नेपाल आदिबासी जनजाती महासंघ जापानको क्युसुमा क्षेत्रिय कमिटी गठन हुने
मिलन मगर फुकुओका जापान,साउन,३०- नेपाल आदिबासी जनजाती महासंघ जापानको क्युसु क्षेत्रमा क्षेत्रिय कमिटी गठन हुने भयकोछ। क्युसु क्षेत्रमा जातिय सस्था भयपनी जनजाति सबैलाइ समेट्ने सस्था क्युसु क्षेत्रमा कमिटी गठन हुन सकेको थियन। आज बसेको बैठकमा फुकुओकामा बिगत लामो समयदेखी बसोबास गर्दै आउनुभयका हस्त लामाको अधक्ष्यतामा उप्त बैठक सम्पन्न भयको थियो। आज बसेको बैठकबाट अर्को चरणको […]
बिहानी अनलाईनको आज प्रथम वार्षिक उत्सव मनाईयो
जापान,साउन,३०- बिहानी अनलाईन डटकमले आज आफ्नो प्रथम वार्षिक उत्सव जापानको फुकुओकामा मनाएको छ । वि.स.२०७३ साल ४ महिना ३० गते आजकै दिन समुदाय स्तरबाट देश विदेशमा छरिएर रहेका आम नेपाली माझ अविराम देश विदेशमा घटेका घट्नाको सत्य तत्थ्य सूचनाका बारेमा जानकारी दिनको लागि बिहानी अनलाईन डटकम नाम दिएर डिजीटल अनलाईन पत्रीकाको रुपमा स्थापना गरिएको थियो […]
बाढीले बगाएको घोराही तुलसीपुर सडक खण्ड निमार्ण हुँदै
रोशन घर्ती/ घोराही,साउन,३०- घोराही तुलसीपुर सडक खण्डको मोतीपुरमा बाढीले बगाएको सडक निर्माणको काम भैरहेको छ । तुलसीपुर उपमहानगरपालिका ७ मोतीपुरमा सडक बाढीले कटान गर्दा तीन दिन देखि यातायातका साधनहरु चल्न सकेका छैनन् । सडक मर्मतका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले लागी परेको छ । लगातार र अत्यधिक मात्रामा […]
बर्षाका कारण दाङमा ३ सय ७१ जना बिस्थापित
रोशन घर्ती/ दाङ,साउन,३०- लगातारको बर्षाका कारण घर भत्कीदा र डुवानमा पर्दा दाङमा ३ सय ७१ जना बिस्थापित भएका छन् । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार बर्षाका कारण बाढी र डुवानले घर भत्कीदा १ सय ६३ घरधुरीका ३ सय ७१ जना बिस्थापित भएका छन् । गएको शुक्रबार राती देखी परेको बर्षा र त्यसपछि आएको बाढीले […]
प्रधानमन्त्री देउवा बाढी-पहिरो प्रभावित क्षेत्रको निरिक्षणमा
काठमाडौं,साउन,३०- प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी–पहिरो प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गर्न लाग्नु भएको छ ।अविरल वर्षापछिको बाढी–पहिरो र डुबानले देशभर ठूलोसंख्यामा धनजनको क्षति गरेपछि प्रधानमन्त्री देउवा आज बिहानै प्रभावित क्षेत्रको निरिक्षण–भ्रमणमा जान लाग्नु भएको हो । प्रधानमन्त्रीको भ्रणमपछि थप राहतको प्याकेज घोषणा हुने सरकारका प्रवक्ता सुचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार […]
सरकारद्वारा राहत वितरणमा एकद्वार नीति लागू, आफूखुसी राहत बाँड्न नपाइने
काठमाडौं,साउन, ३०- बाढी पीडितलाई राहत वितरणमा सरकारले एकद्वार नीति लागू गरेको छ । एकद्वार नीति लागू गरेपछि अब एनजीओ र आईएनजीओ तथा विभिन्न संघ संस्थाले आफूखुसी राहत वितरण गर्न पाउने छैनन् । सोमबार बसेको दैवी प्रकोप उद्धार समितिको बैठकमा गृहमन्त्री जनार्दन शर्माले राहत वितरणमा एकद्वार नीति अपनाइने भन्दै एनजीओरआईएनजीओलाई आफूखुसी राहत बाँड्न नदिन निर्देशन दिनुभएकाे […]
बाढीपहिरो पीडितका लागि राहत संकलन गर्दै नेविसंघ
केपि खनाल/ काठमाडौं,साउन,३०- देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोमा परी ठूलो धनजनको क्षति भइरहेका बेला नेपाल विद्यार्थी संघले राहत संकलन कार्य सुरु गरेको छ। नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पस बालाजुले संयुक्त रुपमा राहत संकलन कार्यक्रम सुरु गरेका हुन्। नेविसंघले आइतबार देखि सुरु गरेको राहत संकलन कार्य चार दिनसम्म जारी राख्ने जनाएको […]
दाङको घोराहिमा तीज विशेष सास्कृतिक कार्यक्रम हुने
नरेश खड्का/ दाङ,साउन,२८- यहि भदौ ३ गते “दाङको घोराहिमा तीज विशेष सास्कृतिक कार्यक्रम २०७४” हुनेभयको छ । हरितालिका तीजको अवसर पारेर राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति दाङको आयोजनामा हुन लागेको कार्यक्रममा स्थानीय तथा केन्द्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजक प्रेम शर्माले जनकरी दिनुभयो । हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको शुभकामना आदन […]







