काठमाडौं,साउन,२२- सत्ता गठबन्धनले प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आन्दोलनरत तराई–मधेसकेन्द्रित दललाई सहभागी गराउनका लागि संविधान संशोधन प्रस्तावलाई फेरि अघि बढाएको छ। सत्तापक्षले प्रतिपक्ष, आन्दोलनरत राजपासँग संशोधनका एजेन्डा थपघट गराउन अनौपचारिक छलफल चलाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग संशोधनका बुँदा लिखित रूपमा राखेर अनौपचारिक छलफल अघि बढाएका छन्। […]
समाचार
भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी
भरतपुर,साउन,२१- भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाल निर्वाचित भएकी छिन ।निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले पछि पार्दै दाहाल मेयरमा निर्वा्चित भएकी हुन । विजयी दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका छन् […]
भरतपुर १९ मा रेणुको अग्रता,ज्ञवाली ३६७ ले पछाडी
भतरपुर,साउन,२१- भतरपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः भएको मतदानमा नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छिन्। (आज) शनिवार बिहानसम्म गणना भएको दुई हजार मत मध्ये दाहालले १ हजार ५६ मत ल्याएकी छिन् भने नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले ६ सय ८९ मत प्राप्त गरेका छन् । दाहालले ३ सय ६७ ले अगाडी […]
डोटीमा जीप दुर्घट्ना ९ जनाको घट्नास्थलमै मृत्यु :७ जना घाइते
डोटी,साउन २१- डोटीमा शुक्रबार राती यात्रु बोकेको जिप दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको छ । डोटी सदरमुकाम दीपायलबाट चमरा चौतारा जादै गरेको जीप डोटीको बोगटान गाउपालिका वडा नम्बर ६ गगुडाको धार भन्ने स्थानमा दुर्घट्नाग्रस्त हुदा ९ जनाको घट्नास्थलमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार से १ ज ४९१ नम्बरको […]
” पर्दैन म संग आफ्नै झोला छ “भन्ने नाराका साथ प्लाष्टिकको झोला निषेध कार्यक्रम नेपालगंजबाट शुरु
डम्मर थापा मगर, नेपालगन्ज,साउन,२०- नेसनल भोलिन्टियर कार्यक्रम अन्तर्गत आज बि.पि. चोकमा हिमालय क्लाइमेट इनिटेटिभका मेम्बरहरुले नृत्य प्रदर्सन गरेका छन । प्लाष्टिकको झोला निषेध गर्ने उदेश्य लिएर हिमालय क्लाईमेट इनिटेटिभको आयोजनामा उक्त कार्यक्रमको आयोजना भयको थियो । ” पर्दैन म संग आफ्नै झोला छ “ भन्ने नाराका साथ हामी बन्द गर्छौ भन्ने संकल्प लियर ५० जना […]
जापानको फुकुओकामा क्युसु नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप गठन
मिलन मगर, फुकुओका,जापान,साउन,२०- जापानको क्युसु क्षेत्रमा रहेको फुकुओकामा आज नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप गठन गरिएको छ। यूवा नेपाली बिद्यार्थीहरुलाई मध्यनजर गर्दै “क्युशु मा रहेको सबै नेपाली बिद्यार्थीहरु एक हौं । “ भन्ने उद्देश्यले नेपाल युथ हेल्पिङ ह्यान्डस ग्रुप गठन गरिएको हो । यो क्युसु क्षेत्रमा मात्र रहेका आप्रवासी नेपाली दाजुभाई दिदिबहिनी र विद्यार्थीहरुको समस्याको लागी मात्र […]
एमालेले मधेस र पहाडका जनतालाई लडाएर खुकुलो राष्ट्रवादको नारा दिएको प्रधानमन्त्रीको आरोप
जनकपुर, साउन,२०- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेको हठका कारण संविधान सशोधन प्रस्ताव पारित हुन ढिलाइ भएको बताउनु भएको छ । आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमालेले मधेस र पहाडका जनतालाई एकआपसमा लडाएर खुकुलो राष्ट्रवादको नारा दिएको आरोप लगाउनुभयो । उनले संविधान संशोधन प्रस्ताव आफूले कुनैपनि हालतमा पारित गराएरै छाड्ने […]
दोस्रोपटक भोट हालेपछि मतदाताले भनेः हाम्रो मत खेर नजाओस्
चितवन,साउन,२०- भरतपुर–१९ की लीला गुरुङ वर्षे झरीमा छाता ओढेर बिहान ७ बजे शारदानगर मावि आउनुभयो । उहाँ आउँदा झमझम पानी परिरहेको थियो । मत हाल्न खासै धेरै कुर्नुपरेन, लीलाले भन्नुभयो–“दुईपटक भोट हाल्न पाएकामा खुशी नै लाग्यो ।” उहाँको एक हप्तापछि रोपाइँ भएकाले फुर्सद नै छ । यहाँका मतदाताले दुईपटक भोट हाल्न पाउनुलाई अवसरका रुपमा लिएका […]
भरतपुर–१९ मा आज पुनः मतदान हुँदै :सुरक्षा व्यवस्था कडा
भरतपुर,साउन,२०- चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा आज पुनः मतदान हुँदैछ । पुनः मतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभयो । मतदानस्थलको १०० मिटर वरपर निषेधित क्षेत्र घोषणा गरी मतदानलाई शान्तिपूर्ण बनाउने तयारी पूरा भएको घिमिरेले जानकारी दिनुभयो । बिहीबार बिहानैदेखि वर्षा भएपनि चुनौतीका बाबजुद् तयारी पूरा […]
आयोग असफल भए संविधान कार्यान्वयन हुन सक्दैन : प्रमुख आयुक्त यादव
काठमाडौं, साउन १९- प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले निर्धारित समयभित्रै निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिनुभएको छ ।लोकतन्त्र तथा निर्वाचन सरोकार नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा.यादवले सबैलाई मान्य हुने गरी निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने बताउनुभयो । उहाँले जातीय पहिचान र भूगोलको विषयलाई लिएर दलहरुबीच विवाद हुनसक्ने भन्दै सबैलाई समन्वय गरेर […]








