काठमाडौं, साउन १९- प्रधानमन्त्री शेरबहादुर देउवाले व्यावसायिक वातावरणका लागि प्रशासनिक एवं कानुनी झन्झट हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल व्यावसायिक पहल (एनबीआई)ले आयोजना गरेको दोस्रो जिम्मेवार सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै प्रधामन्त्री देउवाले पछिल्लो राजनीति एवं आर्थिक क्षेत्रमा उत्साह आइरहेको भन्दै व्यावसायिक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सबै समस्या एकै रातमा […]
समाचार
‘वान बेल्ट वान रोड’अवधारणा सरकारको उच्च प्राथमिकतामा छः मन्त्री बस्नेत
काठमाण्डाैं,साउन,१९- सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ सम्बन्धि अवधारणालाई सरकारले उच्च प्राथमिकता दिएको दावी गर्नु भएको छ । संचारमन्त्री बस्नेतले राष्ट्रहितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउँदै लगिएको पनि बताउनु भयो । आज काठमाडौंमा आयोजित ‘नेपाल – चीन सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले तातोपानी नाका […]
जुम्लामा छ करोड ५९ लाख राजस्व संकलन
जुम्ला,साउन,१९- करदाता सेवा कार्यालय जुम्लामा गत आव २०७३÷०७४ मा रु छ करोड ५९ लाख नौ हजार ७६७ राजस्व संकलन गरिएको छ । संकलित राजस्वमा सबैभन्दा बढी अग्रिम आयकर रहेको छ जसमा अग्रिम आयकरतर्फ रु दुई करोड १९ लाख ७८ हजार राजस्व संकलन भएको करदाता सेवा कार्यालय, जुम्लाका निमित्त कार्यालय प्रमुख कमलेशकुमार यादवले जानकारी दिनुभयो । […]
चीनद्वारा भारतलाई चेतावनी
काठमाडौं,साउन, १९- चीन र भारतबीचमा दोक्लमको चिकेन नेकमा बढिरहेको द्वन्द्व अझै चर्किने सम्भावना देखिन्छ । चीनको स्वायत्त प्रदेश तिब्बत र भारतको सिक्किमको सीमा क्षेत्रमा विगत डेढ महिनादेखि सीमा विवाद चर्किरहेको छ । चीनको परराष्ट्र मन्त्रालयले बुधबार ‘भारतीय सीमा सुरक्षा बलले चीन–भारत सीमा क्षेत्रको उल्लंघन गरी चीनको भू-भागमा प्रवेश गरेको तथ्यगत प्रतिवेदन र चीनको अडान’ शीर्षकमा […]
भरतपुर-१९ को मतदान शुक्रबार हुने :आजदेखि मौन अवधि सुरु
काठमाडौं, साउन,१८- भरतपुर महानगरपालिका वडा नम्बर १९ मा निर्वाचनको नयाँ मिति निर्धारण भएसँगै आज बिहान ७ बजेबाट मौन अवधि सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा यही साउन २० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ । अव आजदेखि प्रचार प्रसार गर्न पाइनेछैन । निर्वाचन मिति तय भएलगत्तै निर्वाचन […]
यो बर्ष पनि चन्द्रौटा डुभानको जोखिममा अर्को साल बाट जोखिम नहुने : नगर प्रमुख
अराज सिंह बेल्वासे, चन्द्रौटा,साउन,१७- बर्षा भए पछि जम्मा हुने पानीको निकास नहुदाँ चन्द्रौटाबासी हरु डुभानको उच्च जोखिममा परेका छन पानी निकासको लागी बनाइएका नाली हरुको ब्यबस्थापन नहुदाँ पानीको निकास बन्द हुदाँ डुवानको उच्च जोखिममा परेको हो । सार्वजनिक पानी निकासका कुला हरु अतिक्रमण भएर बाटो निमार्ण तथा घर निमाण गर्दा जथाभाबि माटो फाल्दा नालि हरु […]
जिल्ला समन्वय परिषद्’ थप उम्मेदवार छनौटमा एमाले
काठमाडौं,साउन,१६- नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । आजको बैठकमा ‘जिल्ला समन्वय परिषद्’ का थप उम्मेदवारको टुंगो लगाइने प्रचारविभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । साथै बैठकमा पछिल्लो राष्ट्रिय राजनीति र समसामयिक विषयमा पनि छलफल हुने प्रमुख भट्टराईले बताउनुभयो […]
तेस्रो चुनावको तयारीमा माओवादीः शीर्ष नेता परिचालित
काठमाडौं,साउन, १६- नेकपा माओवादी केन्द्रले प्रदेश नं २ को निर्वाचनलाई सफल बनाउन आजदेखि नै पार्टीका शीर्ष नेता परिचालित गर्ने भएको छ ।आजदेखि नै अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा प्रदेश नं २ अन्र्तगत धनुषाको जनकपुरमा पार्टीको बैठक र कार्यकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन हुने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । प्रदेश नं २ को निर्वाचनलाइ मध्यनजर […]
चर्चित गायक चलाउनेले “राडोको घडि” मायालु लाई चिनो दिने
सिर्जना बर्देवा, ओखलढुंगा,साउन,१५- चर्चित गायक भागिराथ चलाउनेले राडोको घडि आफ्नो मायालुलाई दिने घोषणा गरेका छन् । हिन्द ुनारीहरुको महान पर्ब हरितालीका तिजको अबसर पारेर बजारमा आएको तिजको कोशेली मार्फत यस्तो कुरा बताएका हुन् । चर्चित गायक चलाउनेको सुमधुर स्वरमा धेरै तिजका भाकाहरु बजारमा आएका छन् । यसैक्रममा “राडोको घडि” बोलको भर्खरै सार्बजनिक भएको छ । […]
संघीय संसद् र प्रदेशसभा निर्वाचनः चुनाव एकैपटक गर्ने सरकारको तयारी
काठमाडौं,साउन, १५- सरकारले संघीय संसद् र प्रदेशसभाको चुनाव एकै पटक गर्ने गरी तयारी अघि बढाउने भएको छ । प्रमुख राजनीतिक दलको सहमतिका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा एकै पटक चुनाव गराउने निष्कर्षमा पुगेका हुन् । यो पक्षमा प्रधानमन्त्री देउवालाई बल पुग्ने गरी प्रमुख प्रतिपक्षी एमालेले समेत एकै पटक चुनाव गराउनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ । प्रधानमन्त्री […]








