आज ‘गाइजात्रा’ मनाइँदै

काठमाडौं, साउन,२४- भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि […]

२ नम्बरमा चुनाव जित्न थप रणनीति बनाउदै कांग्रेस

काठमाडौं,साउन,२४-   नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रोचरणको निर्वाचनका बारेमा छलफल गर्न बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा प्रदेश नम्बर २ को निर्वाचन तयारी र पार्टीले लिने रणनीतिको विषयमा हुनेछ । साथै प्रदेशसभा र प्रतिनिधिसभा […]

एन आर एन ए जापानको सदस्य पदका लागि हस्त लामाको उमेदवारी

मिलन मगर, फुकुओका जापान, अगस्ट,८- गैर आबासिय नेपाली संघ (NRNA) जापान को आगामी दुई बर्षको कार्यकालको लागि हुन गैरहेको निर्वाचनको मिती नजिकिदै गर्दा जापानको क्युसु क्षेत्रमा बिगत ऐकदसक देखी बसोबास गर्दै आउनुभअका हस्त लामाले केन्द्रिय सदस्य पदमा उम्मेदवारि दर्ता गरेका छन। जापानमा बिगत एक दशक भन्दा बढी समय बिताइ सक्नु भएको छ । जापानको केन्द्रिय […]

अफगानिस्तानमा चरमपन्थी हमला

काबुल, साउन २३- अफगानिस्तानको सारीपुल प्रान्तमा भएको चरमपन्थी आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको छ । मारिनेमा महिला र बालबालिकासमेत छन् । सारीपुल प्रान्तको मिर्जावालाङ्ग क्षेत्रस्थित एक सुरक्षा चौकीलाई चरमपन्थीहरुले निशाना बनाएका थिए । यो चौकीको नेतृत्व स्थानीय पुलिस नै लिएका थिए । सुरक्षा चौकीमा आक्रमण गरेपछि चरमपन्थीहरुले गाउँमा रहेका सिया मुसलमानलाई निशाना बनाउन […]

आज राति चन्द्रग्रहण लाग्ने

काठमाडौं,साउन,२३- आज श्रावण शुक्ल पूर्णिमामा राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सूर्य, पृथ्वी र चन्द्रमा समान रेखामा परेर चन्द्रमामा पृथ्वीको छायाँ पर्न जाने खगोलीय प्रक्रिया नै चन्द्रग्रहण हो । आज राति ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो । राति १२ बजेर ६ […]

धनगढी उपमहानगरको बजेट एक अर्ब १४ करोड

कैलाली,साउन,२२- धनगढी उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७४/०७५ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । प्रथम नगरसभा अधिवेशन मार्फत उपमहानगरपालिकाका प्रमुख नृप ओडले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो  । प्रदेश नम्बर ७ को एकमात्र उपमहानगरपालिका रहेको धनगढीको चालू आर्थिक वर्षको अनुमानित आयव्यय बजेट एक अर्ब १४ करोड ४९ लाख ५९ हजार […]

पूर्वका नौं जिल्ला बन्द, जनजीवन प्रभावित

काठमाडौं,साउन,२२- राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको वन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । परिषदको बन्दका कारण पूर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लाको जनजीवन प्रभावित भएको हो । बन्दका कारण बजार, पसल, यातायात, शैक्षिक संस्था उद्योग कलकारखानाहरु ठप्प रहेका छन् […]

फेरि अघि बढ्यो संविधान संशोधनको मुद्दा

काठमाडौं,साउन,२२- सत्ता गठबन्धनले प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा आन्दोलनरत तराई–मधेसकेन्द्रित दललाई सहभागी गराउनका लागि संविधान संशोधन प्रस्तावलाई फेरि अघि बढाएको छ। सत्तापक्षले प्रतिपक्ष, आन्दोलनरत राजपासँग संशोधनका एजेन्डा थपघट गराउन अनौपचारिक छलफल चलाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग संशोधनका बुँदा लिखित रूपमा राखेर अनौपचारिक छलफल अघि बढाएका छन्। […]

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी

भरतपुर,साउन,२१- भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाल निर्वाचित भएकी छिन ।निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले पछि पार्दै दाहाल मेयरमा निर्वा्चित भएकी हुन । विजयी दाहालले ४३ हजार १२७ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका छन् […]

भरतपुर १९ मा रेणुको अग्रता,ज्ञवाली ३६७ ले पछाडी

भतरपुर,साउन,२१- भतरपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः भएको मतदानमा नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छिन्। (आज) शनिवार बिहानसम्म गणना भएको दुई हजार मत मध्ये दाहालले १ हजार ५६ मत ल्याएकी छिन् भने नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले ६ सय ८९ मत प्राप्त गरेका छन् । दाहालले ३ सय ६७ ले अगाडी […]