डोटीमा जीप दुर्घट्ना ९ जनाको घट्नास्थलमै मृत्यु :७ जना घाइते

डोटी,साउन २१- डोटीमा शुक्रबार राती यात्रु बोकेको जिप दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको छ । डोटी सदरमुकाम दीपायलबाट चमरा चौतारा जादै गरेको जीप डोटीको बोगटान गाउपालिका वडा नम्बर ६ गगुडाको धार भन्ने स्थानमा दुर्घट्नाग्रस्त हुदा ९ जनाको घट्नास्थलमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार से १ ज ४९१ नम्बरको […]

” पर्दैन म संग आफ्नै झोला छ “भन्ने नाराका साथ प्लाष्टिकको झोला निषेध कार्यक्रम नेपालगंजबाट शुरु

डम्मर थापा मगर, नेपालगन्ज,साउन,२०- नेसनल भोलिन्टियर कार्यक्रम अन्तर्गत आज बि.पि. चोकमा हिमालय क्लाइमेट इनिटेटिभका मेम्बरहरुले नृत्य प्रदर्सन गरेका छन । प्लाष्टिकको झोला निषेध गर्ने उदेश्य लिएर हिमालय क्लाईमेट इनिटेटिभको आयोजनामा उक्त कार्यक्रमको आयोजना भयको थियो । ” पर्दैन म संग आफ्नै झोला छ “ भन्ने नाराका साथ हामी बन्द गर्छौ भन्ने संकल्प लियर ५० जना […]

जापानको फुकुओकामा क्युसु नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप गठन

मिलन मगर, फुकुओका,जापान,साउन,२०- जापानको क्युसु क्षेत्रमा रहेको  फुकुओकामा आज नेपाल यूथ हेल्पिङ ह्यान्डस ग्रुप गठन गरिएको छ। यूवा नेपाली बिद्यार्थीहरुलाई मध्यनजर गर्दै “क्युशु मा रहेको सबै नेपाली बिद्यार्थीहरु एक हौं । “ भन्ने उद्देश्यले नेपाल युथ हेल्पिङ ह्यान्डस ग्रुप गठन गरिएको हो । यो क्युसु क्षेत्रमा मात्र रहेका आप्रवासी नेपाली दाजुभाई दिदिबहिनी र विद्यार्थीहरुको समस्याको लागी मात्र […]

एमालेले मधेस र पहाडका जनतालाई लडाएर खुकुलो राष्ट्रवादको नारा दिएको प्रधानमन्त्रीको आरोप

जनकपुर, साउन,२०- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेको हठका कारण संविधान सशोधन प्रस्ताव पारित हुन ढिलाइ भएको बताउनु भएको छ । आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एमालेले मधेस र पहाडका जनतालाई एकआपसमा लडाएर खुकुलो राष्ट्रवादको नारा दिएको आरोप लगाउनुभयो । उनले संविधान संशोधन प्रस्ताव आफूले कुनैपनि हालतमा पारित गराएरै छाड्ने […]

दोस्रोपटक भोट हालेपछि मतदाताले भनेः हाम्रो मत खेर नजाओस्

चितवन,साउन,२०- भरतपुर–१९ की लीला गुरुङ वर्षे झरीमा छाता ओढेर बिहान ७ बजे शारदानगर मावि आउनुभयो । उहाँ आउँदा झमझम पानी परिरहेको थियो । मत हाल्न खासै धेरै कुर्नुपरेन, लीलाले भन्नुभयो–“दुईपटक भोट हाल्न पाएकामा खुशी नै लाग्यो ।” उहाँको एक हप्तापछि रोपाइँ भएकाले फुर्सद नै छ । यहाँका मतदाताले दुईपटक भोट हाल्न पाउनुलाई अवसरका रुपमा लिएका […]

भरतपुर–१९ मा आज पुनः मतदान हुँदै :सुरक्षा व्यवस्था कडा

भरतपुर,साउन,२०- चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा आज पुनः मतदान हुँदैछ । पुनः मतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभयो  । मतदानस्थलको १०० मिटर वरपर निषेधित क्षेत्र घोषणा गरी मतदानलाई शान्तिपूर्ण बनाउने तयारी पूरा भएको घिमिरेले जानकारी दिनुभयो । बिहीबार बिहानैदेखि वर्षा भएपनि चुनौतीका बाबजुद् तयारी पूरा […]

आयोग असफल भए संविधान कार्यान्वयन हुन सक्दैन : प्रमुख आयुक्त यादव

काठमाडौं, साउन १९- प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले निर्धारित समयभित्रै निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिनुभएको छ ।लोकतन्त्र तथा निर्वाचन सरोकार नेपालले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा.यादवले सबैलाई मान्य हुने गरी निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने बताउनुभयो । उहाँले जातीय पहिचान र भूगोलको विषयलाई लिएर दलहरुबीच विवाद हुनसक्ने भन्दै सबैलाई समन्वय गरेर […]

व्यावसायिक वातावरणमा कानुनी झन्झट हटाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं, साउन १९- प्रधानमन्त्री शेरबहादुर देउवाले व्यावसायिक वातावरणका लागि प्रशासनिक एवं कानुनी झन्झट हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल व्यावसायिक पहल (एनबीआई)ले आयोजना गरेको दोस्रो जिम्मेवार सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै प्रधामन्त्री देउवाले पछिल्लो राजनीति एवं आर्थिक क्षेत्रमा उत्साह आइरहेको भन्दै व्यावसायिक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सबै समस्या एकै रातमा […]

‘वान बेल्ट वान रोड’अवधारणा सरकारको उच्च प्राथमिकतामा छः मन्त्री बस्नेत

काठमाण्डाैं,साउन,१९- सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ सम्बन्धि अवधारणालाई सरकारले उच्च प्राथमिकता दिएको दावी गर्नु भएको छ । संचारमन्त्री बस्नेतले राष्ट्रहितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउँदै लगिएको पनि बताउनु भयो । आज काठमाडौंमा आयोजित ‘नेपाल – चीन सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले तातोपानी नाका […]

जुम्लामा छ करोड ५९ लाख राजस्व संकलन

जुम्ला,साउन,१९- करदाता सेवा कार्यालय जुम्लामा गत आव २०७३÷०७४ मा रु छ करोड ५९ लाख नौ हजार ७६७ राजस्व संकलन गरिएको छ । संकलित राजस्वमा सबैभन्दा बढी अग्रिम आयकर रहेको छ जसमा अग्रिम आयकरतर्फ रु दुई करोड १९ लाख ७८ हजार राजस्व संकलन भएको करदाता सेवा कार्यालय, जुम्लाका निमित्त कार्यालय प्रमुख कमलेशकुमार यादवले जानकारी दिनुभयो । […]