प्रधानमन्त्री देउवाको भारतको पाँचदिने राजकीय भ्रमण तालीका सार्वजनीक

काठमाडौं, भदौ,५- आगामी बुधबार भारतको पाँचदिने राजकीय भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री शेर बहादुर देउवाको भ्रमण तालिका सार्वजनिक भएको छ । चौथोपटक प्रधानमन्त्री भएपछि विदेश भ्रमणका रुपमा पहिलोचोटी भारत जान लाग्नु भएका प्रधानमन्त्री देउवाको भ्रमण तालिका सोमबार (आज) परराष्ट्र मन्त्रालयले निकालेको हो । भ्रमण तालिकाअनुसार प्रधानमन्त्री देउवाले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । […]

सरकारले मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने

काठमाडौँ,भदौ,५- सरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । त्यसैगरी : मन्त्रिपरिषद्ले प्रधानमन्त्री देउवाको आसन्न […]

आदिवासी जनजाती महासंघ मलेसियाको तेस्रो राष्ट्रिय महाधिबेशन सम्पन्न

आर एन चौधरी थारु/ मलेसिया,भदौ,५- आदिवासी जनजाती महासंघ मलेसियाको तेस्रो राष्ट्रिय महाधिबेशन तथा २३ औं बिश्व आदिवासी दिवस भब्यताको साथ सम्पन्न भएको छ।”अधिकार प्रतिनिधित्व र स्वसाशनको लागी आदिवासी जनजातिको अडान । पहिचान सहितको संघीयताको लागी संविधान संशोधन हाम्रो साझा अभियान “भन्ने मुल नाराको साथ २३ औं महाधिबेशन कार्यक्रम मलेसियामा रहेको विभिन्न जातीय संघ संस्थाहरु शेर्पा […]

कुसे औंसी तथा पिताको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौं, भदौ, ५– प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन मनाइने पिताको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।आज पिताप्रति आदर सम्मान साथ मीठो खान तथा राम्रो लगाउन दिई पिताको मुख हेर्ने पर्व मनाइँदैछ । दिवंगत पिताका नाममा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदादान र श्राद्ध गरेमा पितृ ऋणबाट मुक्त भइने […]

सुदुरपश्चिम सेवा समाज मलेसियाद्वारा मृतक बोहराका परिवारलाई आर्थिक सहयोग

दिनेश खड्का/ मलेसिया,भदौ ४- केहि बर्ष अगाडी अन्यौ सपनाहरु बोकेर मलेसिया पुग्नु भएका महेन्द्रनगर निवासी डबल बहादुर बोहोराका परिवारलाई सुदुरपश्चिम सेवा समाज मलेसियाले आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । सुदुरपश्चिम सेवा समाज मलेसियाका अध्यक्ष देब पाण्डेको अध्यक्षतामा आईतबार बसेको पुर्ण बैठकले सहयोग सँकलन रकम स्वग बोहाराका परिवारलाई (आ एम ई) मार्फत आईतबार हस्तान्तरण गरेको […]

देश निर्माणमा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ,भदौ, ४- प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभएको छ । ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि सुरू भएको नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशनको उद्घाटन गर्दै उहाँले मुलुकका विभिन्न समयमा भएका परिवर्तनमा पत्रकारिता जगत्को अत्यन्त महत्वपूर्ण योगदान रहेको र […]

संशोधनमाथिको बृहत् छलफल आज हुँदै

काठमाडौं,भदौं,४- व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथिको बृहत् छलफल हुने भएको छ । दिउँसो १ बजे सुरु हुने बैठकमा गत बुधबार प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि छलफल हुने भएको हो । संशोधन प्रस्तावमाथि परेका ५० संशोधनमध्ये एक संशोधनकर्ताले बोलिसक्नु भएको छ भने अब ४९ संशोधनकर्ताले धारणा राख्न बाँकी छ । संशोधनकर्ता सांसदसँगै अन्य इच्छुक सांसदले […]

नेता नेपाल उत्तर कोरियाको भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं,भाद्र,३- नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल उत्तर कोरियाको भ्रमण सकेर आज स्वदेश फर्किनु भएको छ । भ्रमणका क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई भेटेर युद्धमा भन्दा वार्ता र संवादमा जोड दिन आग्रह गरेको नेता नेपालले बताउनुभयो । एशियाली देशका सांसदहरुको सम्मेलनमा सहभागी हुन उत्तर कोरिया पुगेका नेपालले आज […]

प्रदेश २ मा स्थानीय तहको निर्वाचनको तयारी तीव्र

काठमाडौं,भदौं,३- निर्वाचन आयोगले असोज २ गते प्रदेश नम्बर २ माहुने स्थानीयतहको निर्वाचनको तयारी तीव्र पारेको छ । प्रदेशनम्बर २ का ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते स्थानीयतहको तेस्रो चरणको निर्वाचन हुदैछ । निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका लगाएतका सामानहरु जिल्ला, जिल्लामा पुर्याउने, थपिएका स्थानीय तहमा मतदातानामावलि संकलनको कामलाई व्यवस्थित गर्ने […]

नामावली दर्ता गराउन छुटेकालाई फेरी आयोगको आग्रह

काठमाडौं,भदौं,३- निर्वाचन आयोगले थप गरेको मतदाता नामावली संकलनको समयअवधि आज सकिदैछ । गत साउन ३२ गते ३ दिन थप गरेको नामावली संकलनको अवधी आज सकिने निर्वाचन आयोगले जनाएको छ । सबै क्षेत्रीय, जिल्ला निर्वाचन कार्यालय र ६ सय ६९ स्थानीय तहहरुबाट मतदाता नामावलीमा नाम दर्ता, संकलन भइरहेको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले […]