हरितालिका तीज सुरु : आज दर खाने दिन

काठमाडौं, भदौ ७- हिन्दू नेपाली महिलाले मनाउने चाड तीजको अघिल्लो दिन आज मीठा मीठा परिकारका साथ दर खाईंदैछ । दुःख भुलाउन भोलिपल्ट बस्ने व्रतको अघिल्लो दिन दर खुवाउने गरिन्छ । दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई […]

प्रथम “भि.आर.सि.सी. कप २०७४” हुने

हिमाल महरा घोराही,भदौ,७- हिन्दुको महान पर्व विजयादशमी तथा शुभदिपावलीको पावन अवसरमा प्रथम भि.आर.सि.सी. कप २०७४ हुने भएको छ । उक्त कार्यक्रम भि.आर.सी.सी.क्लबले आयोजना गर्न लागेको हो । कार्यक्रम यही असोज २० गतेबाट सुरुहुने कार्यक्रम अम्बीका मावीमा हर्नकमा सम्पन्न गरीने क्लबका अध्यक्ष भुपेन्द्र थापाले जानकारी दिनुभएको छ । “स्वास्थ्यका लागी खेलकुद ,राष्ट्रका लागी खेलकुद” भन्दै आयोजना […]

मन्त्रिमन्डल ५० सदस्यीय पुग्यो

काठमाडौं, भदौ ६- प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिमन्डल विस्तार गरेका छन् ।उहाँले आज आफ्नो पार्टी नेपाली कांग्रेसबाट १२ र नेपाल लोकतान्त्रिक फोरमबाट तीनजना राज्यमन्त्री थप गर्नु भएको हो ।मन्त्रिमन्डल थपिएका राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले आदनै पद तथा गोपनीयताको शपथग्रहणसमेत गराउनु भएको हो । आद थपिएका राज्यमन्त्रीहरुमा कांग्रेसको तर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदयशमशेर राणा, नरबहादुर चन्द, […]

युवाहरुको संस्था सामर्थ्य नेपालको पश्चिम नेपाल प्रमुखमा केपि खनाल नियुक्त

कैलाली,भदौ,६- “समाज परिवर्तनमा शिर्जनशिल युवाहरूको हातहरु ” भन्ने मुल लक्ष्य लिएर देशव्यापीरुपा गठन हुदै आइरएको युवाहरूको संस्था सामर्थ्य नेपालको पश्चिम नेपाल प्रमुख मा आज सामर्थ्य नेपालको केन्द्रिय समिती ले सुदुरपच्चिमका सक्रिय युवा केपि खनाल लाई नियुक्त गरिएको केन्द्रिय समितिले जानकारी दिएको छ । समितीका अनुसार देशमा भैरहेको सामाजिक ,आर्थिक ,राजनीति बिकृतीलाई हटाउन तथा समाजमा युवाहरूलाई […]

नेपाल पत्रकार महासङ्घमा गोविन्द आचार्यको प्यानल विजयी

काठमाडौं,भदौं,६- नेपाल पत्रकार महासङ्घको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।मतगणनाको परिणामअनुसार आचार्यले ७३२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभयो । पदाधिकारीहरुमा पनि आचार्य नेतृत्वकै प्रेस सेन्टर र नेपाल प्रेस युनियनको संयुक्त समूह विजयी भएको छ भने केही सदस्यहरुमा […]

गैरआवासीय नेपाली संघ मलेसियाको युवा संयोजक पदमा सिंहको उम्मेदवारी

मलेसिया,भदौ,६- सुदुरपश्चिम सेवा समाज मलेसियाका संरक्षक ज्ञानेन्द्र बहादुर सिंहले गैरआवासीय नेपाली संघ मलेसियाको युवा संयोजक पदमा मनोनयन दर्ता गराएका छन । नयाँ नेतृत्वको निर्वाचनका लागि युवा संयोजकमा पदमा उम्मेदवार एक महिना अघि घोषणा गरेका थिए। मलेसियामै गठित सुदुरपश्चिम सेवा समाजका बिभिन्न जिम्बेवारी पदमा रही कार्यकाल सकुसल निर्बाह गरिसकेका सिङले एनआरएन २०११-१५ केन्द्रीय सदस्य समेत रहेका […]

संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत

काठमाडौं, भदौ,५- संविधान संशोधन विधेयक संसद वैठकबाट अस्वीकृत भएको छ । मधेश केन्द्रीत दलहरुको चित्त बुझाउने उद्धेश्यले ल्याइएको संशोधन विधेयकमाथि सोमबार (आज) संसद वैठकमा मतदान भएकोमा दुई तिहाइ मतप्राप्त हुन सकेन । संसद वैठकमा आज ५५३ जना सांसदहरु उपस्थित रहेकोमा संशोधन विधेयकको पक्षमा ३४७ मत मात्रै पर्‍यो भने संशोधनको विपक्षमा २०६ मत पर्‍यो । संसदमा हाल […]

ओखलढुंगामा करिब ८ हजार मतदाता थपिए

सिर्जना बर्देवा,/ ओखलढुंगा,भदौ,५- ओखलढुंगामा करिब ८ हजार मतदाता थपिएका छन् । प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगले संकलन गरेको फोटोसहितको मतदाता नामावलीमा करिब ८ हजार मतदाता थपिएका हुन् । जिल्लाका सबै गाउँ तथा नगरपालिकामा भएको मतदाता नामावली संकलन कार्यक्रमबाट ७ हजार ८ सय भन्दा बढी नयाँ मतदाताले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका […]

ओखलढुंगाको मानेभञ्ज्यांगमा आज तिज विशेष कार्यक्रम सम्पन्न

सिर्जना बर्देवा/ ओखलढुंगा,भदौ,५- तीज नजिकिएसँगै ओखलढुंगा सहित दशैभर चहलपहल बढेको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकीएसँगै बजारमा किनमेल गर्ने र चेलीहरु माईत जानेको चहल पहल बढेको हो । पछिल्लो केही दिन यता साडी,चुरा,पोते,लगायतको व्यापार बढेको व्यवसायीहरुको भनाई छ । पर्सी ८ गते नेपाली हिन्दु नारीहरुले तीज मनाउँदै छन् । तीज आउन केही […]

दलित महिला संघ को आयोजनामा घोराही उपमहानगरपलिका १२मा एकीकृत कार्यरत समूह गठन

नरेश खडका/ दाङ ,भदौ ,५ – दलित महिला संघ को आयोजनामा घोराही उपमहानगरपलिका १२मा एकीकृत कार्यरत समूह गठन भएको छ । दलित महिला संघ दाङको अध्यक्ष युवा करारा सभापति तथा घोराही उप महानगर १२ का वडा अध्यक्ष राजेन्द्र बुढाको प्रमुख आतिथ्यता मा शान्ति चौधरी को अध्यक्षतामा ११ जना समूह निर्माण भएको छ। जस्मा संयोजक शान्ति […]