क्षेप्यास्त्र प्रहार लगत्तै उत्तर कोरियाको सीमानजिकै ८ ओटा बम खसाईयो

एजेन्सी,भादौ,३०- उत्तर कोरियाले जापानी आकाश हुँदै समुद्रमा क्षेप्यास्त्र प्रहार गरेपछि त्यसको प्रतिक्रियास्वरुप दक्षिण कोरियाले सीमाक्षेत्रमा ८ ओटा बम खसाएको छ । उत्तर कोरियाले मंगलबार बिहान ६ बजे मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेको घण्टाभरमै दक्षिणले सो बम खसाएको हो। दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले चार ओटा एफ–१५के लडाकु विमानबाट ८ ओटा एमके ८४ बम खसाइएको जनाएको छ […]

सामर्थ्य नेपालद्वारा नेपालगन्जको बागेश्वरी मन्दिरमा सरसफाई

बाँके,भदौ ,१३- सामथ्र्य नेपाल नेपालगन्ज शाखाको आयोजनामा आज वृहत सरसफाई गरीएको छ । नेपालगन्ज स्थित बागेश्वरी मन्दिर परिषरमा आज बृह्त सरसफाई गरीएको हो । यहि भदौ ९ गते नेपालगन्जमा शाखा गठन गरीएपछि शाखाले पहिलो कार्यक्रम अर्न्तगत सो कार्यक्रम गरेको हो । सरसफाई अभियानको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थामामगरले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै उपमेयर थापाले […]

फाष्ट ट्रयाकको जिम्मा नेपाली सेनालाई

काठमाडौँ,भदौ,१३- नेपाली सेनाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा हेरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) को जिम्मेवारीलाई पूर्वाधार निर्माणमा सुनौलो इतिहास रच्ने अवसर र ठूलो चुनौतीका रुपमा लिएको छ । काठमाडाँै उपत्यकालाई तराई मधेससँग जोड्ने सबैभन्दा छोटो ७६ दशमलव २ किमीको राष्ट्रिय गौरवको यो आयोजना (फाष्ट ट्रयाक) निर्माणलाई सेनाले सबैभन्दा उच्च महत्व दिएर काम अघि बढाएको छ […]

उज्यालो नेपाल अभियान निरन्तररुपमा अगाडि बढ्छ : घिसिङ

काठमाडौं, भदौ,१३- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियान निरन्तररुपमा अगाडि बढिरहेको र त्यसमा आफू कुनैपनि हालतमा विचलित नहुने स्पस्ट पार्नु भएको छ । राससंग कुरागर्दै उहाँले ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, ऊर्जासचिव अनुपकुमार उपाध्यायलगायतको नेतृत्वमा आफू र आफ्ना कर्मचारीले अहोरात्र काम गरिरहेकाले बजारमा आएका अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो । ऊर्जामन्त्री शाही, […]

उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गर्यो

काठमाडौं, भदौ १३/  उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । यस पटक उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापानको उत्तरी क्षेत्रमाथिबाट गएर समुद्रमा खसेको छ । आज बिहान उत्तर कोरियाले जापानको जमिन माथिबाट जाने गरी मिसाइल प्रहार गरेको हो । सुरक्षात्मक चुनौतीका कारण जापानले मिसाइल ध्वस्त पार्नका लागि केही प्रयास नगरेको पनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् […]

गौरा पर्वकै दिन मन्दिर सरसफाई गर्छु भनेर नेपालगन्ज आए :केपि खनाल

डम्बर थापामगर/ बाँके,भाद्र,१३- सुन्दुरपश्चिमेलिहरुको माहानचाड गौरा पर्व आज देश तथा बिदेशमा रहेका सुदुर तथा मध्यपश्चिममेलि ले आज विविध कार्यक्रम गरि मनाउने गर्दछ्न । सरकारले पनि आज सार्वजनिक बिदा दिएको छ । तर एक पृथक नेपालको परिकल्पना गर्दै हिडेका एक जना सुदुरपश्चिमका युवा केपि खनाल क्षेत्र भने यसलाई फरक ढङगले मनाउदै छ्न । देशव्यापीरुपमा गठन हुँदै […]

गायीका परियारलाई मायाले आखा मारेसी बनिन् घाईते

सिर्जना बर्देवा/ ओखलढुङ्गा,भदौ,१२- चर्चित लोक तथा दोहोरी गायीका सुनितामी परियार लाई आफ्नै मायालुले आखा मारेका छन् । मायालुले आखा मारे संगै गायीका परियार घाईते बनेकी छिन् । घाईते बनेकी गायीका परियार चुलबुले बैंश देखी चिन्तित बनेकी छिन् । अर्घाखाचीको संन्धीखर्कमा जन्मीएकी गायीका परियारको “आँखा मा¥यौनी” बोलको दोहोरी गित सार्बजनिक भएको छ । निक्कै उत्कृष्ट रहेको […]

रेश्माले जवानी मेरो फुलसरी भन्दै

रोशन घर्ति/ दाङ,भदौ,१२- तपाई गित कतीको सुन्नुहुन्छ कस्ता खालेको गित सुन्न रुचाउनुहुन्छ ?आधुनिक,चलचित्र,पप यस्तै विशेष युवायुवतीले रुचाउने गित होईन र ? तर यो सबै खालेको गित एकैजनाले गाउन भने हम्मेहम्मे पर्दछ तर एकजना यस्तो गायीका हुनुहुन्छ आँखाबाट आशु झर्ने आधुनिक अनि उफ्रिउफ्रि नाच्ने पप गित गित गाउनुहुन्छ  रेश्मा के.सी. अझ स्टेजमा गएपछि विशेष पप र […]

गलत टिप्पणी नगर्न सम्बन्धित पक्षलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं, भदौ १२- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतको सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताउनु  भएको छ । व्यवस्थापिका–संसदको आजको बैठकमा आफ्नो राजकीय भारत भ्रमणकाबारेमा जानकारी गराउँदै उहाँले सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि आफूले आफ्ना समकक्षीसँग प्रस्टरुपमा विषयवस्तु राखेको र समाधान हुने विश्वाससमेत पैदा भएको […]

सुदूरपश्चिममा गौराको रौनक

इन्द्र कार्की/ महेन्द्रनगर,भाद्र ,१२- भाद्र कृष्ण पञ्चमीका दिन देखि सुरु हुने गौरा पर्व सुदूरपश्चिमवासीहरुको महान पर्व हो । यहि महान पर्व गत शनिवार देखि सुदूरपश्चिमका जिल्लाहरुमा सुरु भएको छ । गौरा पर्व सुरु भए संगै यहाँका पहाडि तथा तराईका जिल्लाहरुमा सुदुरको चिनारी तथा लोकप्रिय डेउडा भाका पनि गुञ्जन थालेको छन् । गौरा पर्वको पहिलो दिन […]