सुर्खेत,जेठ,४- नेकपा एमालले सुर्खेतमा दोस्रो जित हात पारेको छ। सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कबिन्द्रकुमार केसीले ५३५५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्क पोख्रेलले ४६०४ र नेकपा माओवादी केन्द्रका झुपबहादुर बुढालले ६६४ मत प्राप्त गरेका छन्। यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकि चन्द्रकला शाहीले ५३४६ मत ल्याएर विजयी भएकी छन्। उनका […]
समाचार
डीआइजी सिलवालको मुद्दाको सुनुवाइ फेरि सर्यो
काठमाडौं,जेठ,४- सर्वोच्च अदालतको कार्यसूचिमा रहेको प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको मुद्दाको सुनुवाइ नहुने भएको छ। सात सदस्यीय न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसीको बृहत् पूर्ण इजलासमा सिलवालको मुद्दाको सुनुवाइ हुने कार्यसूचिमा उल्लेख भएपनि न्यायाधीश श्रेष्ठ र प्रहरी नायब महानिरीक्षक सिलवालबीच नाता सम्बन्ध […]
जागिर राजीनामा गरेर चुनाव लड्नेहरु धमाधम विजयी
गोरखा,जेठ,४- जागिर छोडेर जिल्लाका विभिन्न स्थानीय तहमा चुनाव लडेकाहरुले जित हासिल गरेका छन्। कृषि विकास बैंकको जागिर छाडेर गण्डकी गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका होमबहादुर राना निर्वाचित भएका छन्। त्यस्तै जागिर छोडेर उम्मेदवार बनेका अन्य चार जना पनि वडा अध्यक्ष निर्वाचित भएका छन्। जिल्लाको अजिरकोट गाउँपालिका ३ को अध्यक्षमा तयराज गुरुङ निर्वाचित भए। उनले नेकपा माओवादी […]
श्रीमान वडा अध्यक्ष, श्रीमती नगर उपप्रमुख
रुकुम,जेठ,४- रुकुमको मुसिकोट नगरपालिकामा श्रीमान् श्रीमती दुबै विजयी भएका छन्। मुसिकोट नगरपालिकाको निर्वाचनमा श्रीमती प्रेमकुमारी सुनार केसी उपप्रमुखमा र उनका श्रीमान गोप्यश्वर केसी नगरपालिकाको वडा नम्बर १० बाट वडाध्यक्ष निर्वाचित भएका हुन्। प्रेमकुमारी र गोप्यश्वर दुबै नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य हुन्। प्रेमकुमारीले नेपाली कांग्रेसकी निकटतम प्रतिद्वन्द्वी बालकुमारी गिरीलाई र गोप्यश्वरले प्रतिद्वन्द्वी […]
चौतारा–साँगाचोक गढीमा माओवादी केन्द्र
सिन्धुपाल्चोक,जेठ,४- सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका अमानसिंह तामाङ विजयी भएका छन्। तामाङले सात हजार ७२९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सोम सापकोटाले पाँच हजार ८०६ मत पाए। निर्वाचन कार्यालयका अनुसार माओवादी केन्द्रकी जानुका पराजुली सात हजार ७२२ मत प्राप्त गरी उपप्रमुख निर्वाचित भएकी छिन्। निकटतम प्रतिद्वन्द्वी एमालेका सीता थापाले छ […]
नवलपरासीको मध्यबिन्दुमा काँग्रेस विजयी
नवलपरासी, जेठ, ४- नवलपरासीको मध्यबिन्दु नगरपालिकामा पनि नेपाली काँग्रेसले जित हासिल गरेको छ । जसअनुसार प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारद्वय विजयी हुनुभएको छ । नेकाका चन्द्रबहादुर रानाले एमालेका भीमलाल अधिकारीलाई ९३१ मत अन्तरले पराजित गर्नुभएको हो । नेकाका चन्द्रबहादुर रानाको पक्षमा १० हजार ९९६ मत रहेको थियो भने एमालेका भीमलाल अधिकारीको पक्षमा १० हजार […]
चुनावी तालमेलप्रति काँग्रेस इमान्दार नभएको भन्दै प्रधानमन्त्री असन्तुष्ट
काठमाण्डु, जेठ,४- काँग्रेस सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल गुटले धोका दिएका कारण चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार प्रधानमन्त्री पुत्री रेणु दाहालभन्दा एमाले उम्मेदवार अगाडि भएको दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रारम्भिक चरणको मतगणना परिणाम हेर्दा चुनावी तालमेलप्रति काँग्रेस इमान्दार हुन नसकेको भन्दै असन्तुष्टि पोखेपछि देउवाले त्यस्तो जवाफ दिएको बालुवाटार स्रोतले बतायो […]
जेठ ३१ को लागि बाजुरामा मतदाताका टाउँका गन्दै दलहरु
रमित बि.क., बाजुरा ,जेष्ठ, ३- ईतिहांसमै पहिलो पटक हुन लागेको स्थानीय तहको निर्वाचन मिति आउन अब मात्र २९ दिन बांकी छन् । प्रदेश नं. ३, ४ र ६ को २ सय ८३ स्थानीय तहको निर्वान सम्पन्न भएसंगै बाजुरामा पनि हिजो देखि नै चुनावी सरगर्मी बढ्न थालेको छ । अव दोस्रो चरणको निर्वाचन हुनसक्ने भन्ने पक्का […]
गरिबलाई झन गरिब बनाउँदै सरकार
नेपालगञ्ज ३, जेष्ठ न्यायचोति कर प्रणालीको प्रभावबाट बिपन्न परिवारको बिकासमा ठुलो मद्दत पुग्ने एक कार्यक्रमका सहभागिहरुले औल्याएका छन् । जनताले कर तिरेपनि राज्यबाट पाउनुपर्ने सेवा सबिधा सबैले सहज रुपमा पाउन नसकेको भन्दै बिपन्न परिवारको हितमा कर प्रणाली नभएकाले न्यायचोति कर प्रणाली आवश्यक रहेको बुधबारबाट नेपालगञ्जमा शुरु भएको कर शक्ति सम्बन्धिको एक तालिमका सहभागिहरुले बताएका हुन […]
दाङ दिल्ली एसी वस संचालन हुदै
नरेश खड्का दाङ,जेठ,३ – राप्ति अंचल सार्वजनिक यातायात ब्यवसायी समितिले दिल्ली सम्मको लागी एसी वस संचालन गर्ने भएको छ । समितिको दिल्ली पुगेको पदाधिकारिहरुको टिमले भारतिय समिति संग समन्वय गरेर हप्ताको सोमबार र शुक्रबार वस संचालन गर्ने भएको हो । घोराहि तुलसीपुर हुदै महेन्द्रनगर बाट दिल्लीका लागी एसि वस बिहान ७ बजे प्रस्थान गर्ने समतिले […]








