काठमाडौंमा ६ हजार बढी मतका साथ बालेन अग्र स्थानमा

काठमाडौं,जेठ,२-काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राख्नुभएको छ । उहाँले ६ हजार भन्दा बढी मत प्राप्त गर्दा मत अन्तर पनि बढाउनुभएको हो ।बालेन्द्रले ६ हजार २ सय ७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइ रहनुभएका नेकपा एमालेका केशव स्थापितले ३ हजार २ सय ४३ मत प्राप्त गर्नुभएको हो । काठमाडौं […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउदै

काठमाडौं,जेठ,२-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (सोमबार) लुम्बिनी भ्रमणमा आउदै हुनुहुन्छ । मोदीको भ्रमणको लागि लुम्बिनी क्षेत्र र मायादेवी मन्दिर सिँगारिएको छ। बुद्ध जयन्तीको अवसरमा मोदी लुम्बिनी आउन लाग्नुभएको हो। भारतीय प्रधानमन्त्री मोदी एक दिने भ्रमणका लागि सोमबार बिहान १० बजेर ४० मिनेट जाँदा भारतीय हेलिकप्टरबाट लुम्बिनी भ्रमणमा आउन लाग्नुभएको हो । मोदीको स्वागत प्रधानमन्त्री शेरबहादुर […]

निर्धारित समयमै मतगणना सकिँदैन : निर्वाचन आयोग

काठमाडौं,जेठ,१-निर्वाचन आयोगले निर्धारित समयमै मतगणना गरेर नसिकने जनाएको छ । यसअघि जेठ ५ गतेभित्र मतगणना सम्पन्न गर्ने जनाएको आयोगले मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचालेर विवादको विषयको बनाइ मतगणना कार्य ढिलाइ गराएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हेर्नुहोस् विज्ञप्तिः–

काठमाडौंमा ३०० मत गन्दा बालेन शाहको अग्रता कायमै

काठमाडौं,बैशाख,३१-काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । काठमाडौंमा मतगणना जारी रहदा बालेनले १३० मत ल्याएर अग्रता लिनु भएको छ । दोस्रोमा एमालेका केशव स्थापितले १०३ मत प्राप्त गर्नु भएको छ। यस्तै तेस्रोमा कांग्रेसकी सिर्जना सिंहले ९५ मत प्राप्त गर्नु भएको छ । वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको […]

एमालेलाई अर्को सफलता गोलाप्रथाबाट वडाध्यक्षमा विजयी

काठमाण्डौं,बैशाख,३१-मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् । शनिवार बिहान सार्वजनिक मतपरिणाम अनुसार एमालेका उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाले बराबर ३०/३० मत ल्याएका थिए । दुवैजनाको सल्लाहमा गोलाप्रथा गर्दा कैले गुरुङ वडाअध्यक्षमा विजयी भएको चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  गुरुङ यसअघि […]

मनाङको चामेमा एमाले र नार्पाभूमिको अध्यक्षमा काग्रेस विजयी

काठमाण्डौं,बैशाख,३१-मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले जीतको खाता खोलेको छ ।गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् । यसअघि पनि उनी अध्यक्ष थिए । घलेले ३ सय २० मत ल्याएका छन् ।उनका प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याएका छन् ।उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ […]

निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न भयो : आयोग

काठमाडौं,बैशाख,३०-निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । मतदानको लागि तोकिएको समय समाप्त भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको एउटा वडामा बाहेक शान्तिपूर्ण र उत्साहपूर्ण भएको बताउनुभयो । उहाँका अनुसार पौने पाँच बजेसम्म ६० प्रतिशत मत खसेको छ । मतदान […]

दोलाखामा मतदानको क्रममा दुई पक्षबीच झडप, प्रहरीले चलायो गोली

दोलखा,बैशाख,३०-स्थानीय तहका ७ सय ५३ वटै स्थानमा आज (शुक्रबार) बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । तर दोलखाको बैत्यश्वरमा मतदानको क्रममा दुई पक्षबीच झडप भएपछि प्रहरीले हवाई फायर गरेको हो ।दुई पक्षबीच झडसँगै बुथ कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको छ । मतदाता आउने बाटो नै अवरोध गरेका कांग्रेस, एमाले कार्यकर्ताले मतदान केन्द्रमा समेत […]

आज स्थानीय तहको निर्वाचन हुदैं, १ करोड ७७ लाखले मतदान गर्दै

काठमाडौं,बैशाख,३०-आज देशभर स्थानीय तहको निर्वाचन हुदैंछ ।मुलुक संघीयतामा गइसकेपछि दोस्रो पटक हुन गइरहेको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । निर्वाचनका ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता छन् । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, […]

बुध्द एयरले जेठ देखि रात्रिकालिन उडान सेवा सुरु गर्ने

काठमाडौं,बैशाख,२९-बुध्द एयरले जेठ १ गते अर्थात(मे-१५) का दिनदेखि विभिन्न गन्तव्यहरुमा रात्रिकालिन उडान सेवा विस्तार गर्ने भएको छ।रात्रिकालिन उडान तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा हुनेछ। यी उडानका समय राती ८ बजेदेखि शूरु  हुने बुध्द एयरले जनाएको छ। नागरिक उड्डयन प्राधिकरणले स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालिन उडान गर्ने व्यवस्था गरेको छ।दैनिक […]