काठमाडौं,जेठ,१२-दैलेखको आठबिस नगरपालिका स्थित सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत भएको छ । बुधबार राति कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म १ ख ६६० नम्मबरको बसदुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा दैलेखकै दुल्लु नगरपालिका–९ का ३२ वर्षीय प्रेम सुनार, ३६ वर्षीय काशिराम पाण्डे, कालिकोटको पलाता गाँउपालिका–३ का ३५ वर्षीय […]
समाचार
बिहीबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुने
काठमाडौं,जेठ,११-प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा सार्वजनिक प्रतिनिधिसभाको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९/२०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै, दोस्रो सम्भावित कार्यसूचीमा उक्त नीति तथा कार्यक्रमाथि सांसदहरूले संशोधनहरू प्रस्तुत हुने […]
तुलसीपुर उपमहानगरमा एमाले विजयी
काठमाडौं,जेठ,११-दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेका टिकाराम खड्का ३१ हजार ४०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७१७ मत गर्नुभएको हो । यस्तै, उपमेयरमा एमालेकै स्यानी चौधरी विजयी हुनुभएको छ । उहाँले ३० हजार ५९७ मत प्राप्त गर्नुभएको छ।उहाँका प्रतिद्वन्द्वी नेकपा […]
चिनियाँ सामानको भाउ नबढ्ने
काठमाडौं,जेठ,१०-चिनियाँ श्रमिकको ज्याला वृद्धि भए पनि त्यसले नेपाली बजारमा कुनै असर नपर्ने भएको छ । चीनका विभिन्न ठूला कम्पनीले श्रमिकको ज्याला बढाएपछि चिनियाँ सामानको भाउ बढ्ने आशंका गरिएको थियो तर अर्थशास्त्रीहरूले त्यसो नहुने बताएका छन् । पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘नेपालमा आउने सामानहरु पहिलो श्रेणीका नहुने भएकाले श्रमिकको ज्यालावृद्धिले नेपाली बजारमा कुनै असर पर्दैन ।’ […]
कैलालीको भजनीको कृष्णपुर क्षेत्रका खेतमा झुलेको चैते धान
कैलाली,जेठ,७-कैलालीको भजनी नगरपालिका–३, कृष्णपुर क्षेत्रमा किसानको खेतमा झुलेको चैते धान । यस क्षेत्रका अधिकांश किसानले चैते धान रोप्ने गरेका छन् । चैतमा रोपेको धान जेठको अन्तिमसम्म भित्र्याउँछन् । बर्खे धानभन्दा दोब्बर फल्ने भएपनि पर्याप्त सिंचाईको कमीले किसानहरू चैते धान खेतीतर्फ आकर्षित हुन भने सकेको पाइदैंन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, योजना तथा विकास समन्वय समितिबाट […]
पोखरामा मेयरमा ३२ हजार बढी मतका साथ आचार्य अग्र स्थानमा
पोखरा,जेठ,७-पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर निरन्तर रुपमा बढाउनुभएको छ। उहाँले ३२ हजार ४ सय ८० मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएको हो।उहाँलाई नेकपा एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले २९ हजार ४१ मत प्राप्त गरेर पछ्याई रहनुभएको छ। त्यस्तै, राप्रपाका मेयरका उम्मेदवार शंकर खरालले ३ हजार ५ सय २० मत प्राप्त […]
स्थानीय निर्वाचन : ६ सय १७ पालिकाको मत परिणाम सार्वजनिक
काठमाडौं,जेठ,६-स्थानीय तह निर्वाचन अन्तरगत अहिलेसम्म ६ सय १७ गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मत परिणाममा नेपाली कांग्रेसले २ सय ७३ वटा स्थानीय तहमा विजयी भएको छ । नेकपा एमालेले १ सय ७१ वटा गाउँपालिकामा विजयी हासिल गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १ सय ११ पालिकामा विजयी हुँदा जनता समाजवादी […]
सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
काठमाडौं जेठ,५- सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ। बुधबार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । मृत्यु हुनेमा पाल्पा रम्बा गाउँपालिका-५ घर भई राष्ट्रिय अनुसन्धान विभागमा सूचकको […]
अरुण-४ निर्माण गर्न सतलज जलविद्युत् निगमसँग सम्झौता, नेपालले १५२ मेवा विद्युत् निःशुल्क पाउने
काठमाडौं,जेठ,२-संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत् आयोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारतको सतलज जलविद्युत् निगम बीच समझदारीपत्रमा सोमवार हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सतलजका अध्यक्ष तथा प्रबन्ध–सञ्चालक नन्दलाल शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । […]
आज २५६६औं बुद्ध जयन्ती, गौतम बुद्धको आराधना, प्रवचन गरी मनाइँदै
काठमाडौं,जेठ,२-प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व सोमवार भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका […]

