काठमाडौं,जेठ,१७-पोखरा विमानस्थलको धावनमार्ग नजिकै तेलको ट्यांकर पल्टिएपछि अवरुद्ध भएको विमानस्थल सुचारु भएको छ । मंगलबार बिहान हेलिकप्टरमा तेल भर्न जाने क्रममा ट्यांकर पल्टिएपछि धावनमार्ग अवरुद्ध भएको थियो । विमानस्थल अवरुद्ध भएपछि रोकिएको उडान तथा अवतरण सञ्चालनमा आएको छ।दुई वटा क्रेन प्रयोग गरेर पल्टिएको ट्याङकर उठाउने र पोखिएको तेल सफा गरिएको हो । बिहानको सयममा निकै […]
समाचार
कक्षा १२ को परीक्षा आजदेखि शुरु, ४ लाख १५ हजार परीक्षार्थी सहभागी
भक्तपुर,जेठ,१६-राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ शुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्णरुपमा शुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । यही जेठ २५ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरबाट करीब चार लाख १५ […]
तारा एयरको विमान दुर्घटनाः शव संकलन गरी काठमाडौं ल्याइने
काठमाडौं,जेठ,१६-आइतबारदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को सानुसरे भन्ने स्थानमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । मानापाथी हिमालको फेदीमा विमान दुर्घटना भएको हो । यार्सा टिप्न गएका स्थानीय वासिन्दाले सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा विमान फेला पारेका हुन । । स्थानीयले खबर गरेपछि हेलिकप्टरबाट दूर्घटना स्थल पुगेको […]
पर्यटन क्षेत्रलाई ९ अर्ब ३८ करोड विनियोजन
काठमाडौं,जेठ,१५-सरकारले पर्यटन क्षेत्रको लागि ९ अर्ब ३८ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा आगामी आवको बजेट पेश गर्दै यस्तो बताउनुभयो ।
मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
काठमाडौं,जेठ,१५-सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट पारित गरेको छ । आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको आयव्यय समेटिएको बजेट पारित गरेको हो । अहिले बस्ने संसदको दुबै सदनका संयुक्त बैठकमा बजेट पेश गरिँदै छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्नुहुने छ । सरकारले आर्थिक वर्ष २०७९/८० को […]
नेपाल र टिमोर लिस्टेको खेल दुई दुई गोलको बराबरी
काठमाडौं,जेठ,१४-नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलम टिमोर लिस्टेको यू-२३ टोलीसँग बराबरी खेलेको छ । दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपालले टिमोर लिस्टेसँग २-२ गोलको बराबरी खेलेको हो ।पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा गोल फर्काएको थियो । एएफसी एसियन कप छनोट अघि दोहामा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्णमा टिमोर लिस्टेसँग […]
च्याम्पियन्स लिगमा : लिभरपुललाई हराउदै रियल म्याड्रिड च्याम्पियन
काठमाडौं,जेष्ठ,१४-स्पेनिस क्लब रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको च्याम्पियन बनेको छ।इंग्लिस क्लब लिभरपुललाई १-० ले पराजित गर्दै रियलले १४ औं पटक च्याम्पियन बन्दै कीर्तिमानी कायम गरेको हो । पेरिसमा शनिबार राति भएको खेलमा रियललाई च्याम्पियन बनाउन दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बनेको थियो । उनले ५९औं मिनेटमा फेडे भाल्भेर्डेको पासमा […]
ओलीलाई प्रचण्डको चुनौतीः ‘एक्लै प्रधानमन्त्री बनेर देखाउनुस्
काठमाडौं,जेठ,१४-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै चुनाव जितेर फेरि प्रधानमन्त्री बन्न चुनौती दिनुभएको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमाथिको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई दुई दुई पटक प्रधानमन्त्री माओवादीले बनाएको दाबी गर्नुहुँदै अब एमालेको प्रधानमन्त्री बनेर देखाउन चुनौती दिनु भएको हो । […]
काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने नवनिर्वाचित मेयर बालेनको प्रतिवद्धता
काठमाडौं,जेठ,१३-काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । निर्वाचन आयोगले आज (शुक्रबार) बिहान काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह विजयी भएको औपचारिक रुपमा घोषणा गरेको हो। आयोगले घोषणा गरे लगत्तै मेयरमा विजयी हुनुभएका बालेन साहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने प्रतिवद्धता जनाउनुभयो। निर्वाचन मत परिणामलाई […]
उत्तर कोरियाको मिसाइल परीक्षणपछि जापान र अमेरिकाको एकै साथ शक्ति प्रदर्शन
जापान,जेठ,१२-उक्त कोरियाले बुधबार लगातार तीन ब्यालेस्टिक मिसाइल परीक्षण गरेसँगै अमेरिका र जापानले आफ्नो शक्ति प्रदर्शनको लागि संयुक्तरुपमा एकसाथ लडाकु विमान जापान सागरमा उडाएका छन्। अमेरिकी सेना र जापानको आत्मरक्षा सैन्य बलले बिहीबार संयुक्तरुपमा लडाकु विमान उडाइएको बताएका हुन्।अमेरिकी सेनाले एक विज्ञप्ति जारी गरेर क्षेत्रीय जोखिम पहिचान तथा त्यसको निवारणको लागि यो संयुक्त अभ्यास गरिएको बताएको […]
