काठमाडौं,भदौ,१८-ललितपुरमा ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो मच्छिन्द्रनाथको रथ तान्न निस्किएका युवाहरुले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गरेका थिए। कुटपिटमा संलग्नलाई पक्राउ गरेर ललितपुर प्रहरी परिसरमा ल्याइएको डीएसपी सन्तोष तामाङले जानकारी दिनुभयो । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १६ गावाहालका ४० वर्षीय महेश बज्राचार्य र ४० वर्षीय रविन […]
समाज
एकैदिन थपिए १२२८ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु
काठमाडौं,भदौ,१८-पछिल्लो २४ घण्टामा १२२८ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । यो सहित संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । थप संक्रमितमा ३९४ महिला र ८३४ पुरुष छन् ।१८ हजार ४१३ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार १० हजार ६७१ जना […]
विद्यार्थीका समस्यामा आधारित भिम गुरुङ संगको अन्तर्वार्ता (जापान)
फुकुओका,जापान,भदौ,१६-विश्वव्यापी फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) का कारण विश्वभर लाखौंले ज्यान गुमाई सकेका छन्,भने धेरैले रोजगारी गुमाएका छन्।यतिबेला विश्वको अर्थतन्त्र तहस नहस भएको छ । बेरोजगारीको संख्या ह्वात्तै बढेको छ । विशेष गरि यसको सबैभन्दा ठुलो असर विदेशीलाई परेको छ । यो कोराना भाईरसले शिक्षा क्षेत्रमा पनि उत्तिकै नोक्सानी पुर्याएको छ । ईन्टरनेटको पहुॅंच हुने देशले […]
थप ८९९ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या २२८ पुग्यो
काठमाडौं,भदौ,१५-पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८९९ जना संक्रमित थपिएका हुन् । देशभरका प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुष गरि ८९९ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित हालसम्म कोरोना संक्रमित हुनेको […]
प्रेसको दुरुपयोग गर्नेलाई कारबाही गर्न महासंघको आग्रह
काठमाडौं,भदौ,१४-नेपाल पत्रकार महासंघले प्रेसको दुरुपयोग गर्नेको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै निषेधाज्ञाका क्रममा काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा सञ्चारकर्मीको परिचय दिँदै सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्ण भएको जनाएको छ। जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई दुरुपयोग गर्नु गम्भीर आपत्तिको […]
नेपालमा एकैदिन कोरोनाबाट १२ जनाको मृत्यु, ८८४ जना संक्रमित थपिए
काठमाडौं,भदौं,१३-नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २०७ पुगेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शनिबार थपिएका मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । मृतक तीन जना महिलामा पाल्पा, काठमाडौं र भक्तपुरका छन् भने पर्सा […]
थप ९२७ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १९५ पुग्यो
काठमाडौँ,भदौ,१२-पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा १० […]
उद्योगी तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं,भदौ,१२-चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उहाॅंले आफूलाई संक्रमण पुष्टि भएपछि आफू आइसोलेसनमा बसिरहेको बारेमा सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी दिनुभएको हो । उहाॅंले आफ्नो सम्पर्कमा रहेका सबैजनालाई सतर्कता अपनाउन पनि आग्रह गर्नुभएको छ ।आफूलाई कोरोना पुष्टि भएपनि अहिलेसम्म कुनै लक्षण नदेखिएको ट्विट गर्दै बताउनु भएको छ । Dear friends and well […]
कर्णालीका दुर्गम बस्तीहरुमा उपचार गर्दै हिंडेका डा. केसीमाथि सरकारी कुदृष्टि, प्रहरीको घेराबन्दी
काठमाडौं,भदौं १२-नेपालको चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमाथि सरकारले अनवरत दुःख दिन थालेको छ । त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएपछि कर्णालीका दुर्गम क्षेत्रमा निःशुल्क उपचार गर्दै हिंड्नु भएका डा. केसीमाथि सरकारले दुःख दिएको हो । साउनदेखि जुम्लाका दुर्गम बस्तीहरुमा उपचार नपाइरहेका नागरिकको सेवामा जुट्नुभएका उहाँलाई प्रहरीले त्यहीं घेराबन्दी गरेको हो । उहाँलाई […]
नेपालमा थप ११११ जना कोरोना संक्रमित थपिए, मृतको संख्या १८३ पुग्यो
काठमाडौं,भदौ,११-पछिल्लो २४ घण्टामा ११११ कोरोना संक्रमित भेटिएका छन् ।विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा हालसम्मकै उच्च ३७७ जना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना रहेका छन् ।यससँगै कुल […]



