थप ८९९ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या २२८ पुग्यो

काठमाडौं,भदौ,१५-पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८९९ जना संक्रमित थपिएका हुन् । देशभरका प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण गर्दा ३०३ महिला र ५९६ पुरुष गरि ८९९ जनामा संक्रमण पुष्टि भएको हो । यो सहित हालसम्म कोरोना संक्रमित हुनेको […]

प्रेसको दुरुपयोग गर्नेलाई कारबाही गर्न महासंघको आग्रह

काठमाडौं,भदौ,१४-नेपाल पत्रकार महासंघले प्रेसको दुरुपयोग गर्नेको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै निषेधाज्ञाका क्रममा काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाँउमा सञ्चारकर्मीको परिचय दिँदै सवारी साधनमा प्रेस लेखेर दुरुपयोग गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्ण भएको जनाएको छ। जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई दुरुपयोग गर्नु गम्भीर आपत्तिको […]

नेपालमा एकैदिन कोरोनाबाट १२ जनाको मृत्यु, ८८४ जना संक्रमित थपिए

काठमाडौं,भदौं,१३-नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ ।पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २०७ पुगेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शनिबार थपिएका मृतकमा ३ महिला र ९ पुरुष रहेका छन् । मृतक तीन जना महिलामा पाल्पा, काठमाडौं र भक्तपुरका छन् भने पर्सा […]

थप ९२७ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १९५ पुग्यो

काठमाडौँ,भदौ,१२-पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४ सय ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १६९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा १० […]

उद्योगी तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं,भदौ,१२-चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उहाॅंले आफूलाई संक्रमण पुष्टि भएपछि आफू आइसोलेसनमा बसिरहेको बारेमा सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी दिनुभएको हो । उहाॅंले आफ्नो सम्पर्कमा रहेका सबैजनालाई सतर्कता अपनाउन पनि आग्रह गर्नुभएको छ ।आफूलाई कोरोना पुष्टि भएपनि अहिलेसम्म कुनै लक्षण नदेखिएको ट्विट गर्दै बताउनु भएको छ । Dear friends and well […]

कर्णालीका दुर्गम बस्तीहरुमा उपचार गर्दै हिंडेका डा. केसीमाथि सरकारी कुदृष्टि, प्रहरीको घेराबन्दी

काठमाडौं,भदौं १२-नेपालको चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीमाथि सरकारले अनवरत दुःख दिन थालेको छ । त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत्त भएपछि कर्णालीका दुर्गम क्षेत्रमा निःशुल्क उपचार गर्दै हिंड्नु भएका डा. केसीमाथि सरकारले दुःख दिएको हो । साउनदेखि जुम्लाका दुर्गम बस्तीहरुमा उपचार नपाइरहेका नागरिकको सेवामा जुट्नुभएका उहाँलाई प्रहरीले त्यहीं घेराबन्दी गरेको हो । उहाँलाई […]

नेपालमा थप ११११ जना कोरोना संक्रमित थपिए, मृतको संख्या १८३ पुग्यो

काठमाडौं,भदौ,११-पछिल्लो २४ घण्टामा ११११ कोरोना संक्रमित भेटिएका छन् ।विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा हालसम्मकै उच्च ३७७ जना संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना रहेका छन् ।यससँगै कुल […]

कोरोना संक्रमणबाट बिहानै गर्भवतीसहित थप ४ जनाको मृत्यु

काठमाडौं,भदौ,११-कोरोना संक्रमणका कारण बिहीबार बिहानै एक गर्भवतीसहित थप चार जनाको मृत्यु भएको छ।वीरगञ्ज, बुटवल, ललितपुर र पोखरामा गरेर थप चार जनाको मृत्यु भएको हो। वीरगञ्जस्थित नारायणी अस्पतालमा बिहीबार बिहान ६ बजे बारा घर भएकी २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ। अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाका अनुसार उनी ३३ हप्ताकी गर्भवती थिइन्। ज्वरो र श्वासप्रश्वासको समस्या […]

ब्लडक्यान्सर पिडित कल्पना लाई सहयोगको अपिल

बुडर,डोटी,भदौ,१०-ब्लडक्यान्सरबाट पीडित भएका डोटीको जोरायल गाॅंउपालीका वडा नं.२ पनालीगैरा बस्ने २६ वर्षीय कल्पना विकलाई उपचारका लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेका छन्। आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै कल्पनाको परिवारले सहयोगको माग गरेको हो। ब्लडक्यान्सर पिडित कल्पना, खडक कामीका बुहारी अर्थात चन्द्र कामीको श्रिमती हुनुहुन्छ । पिडित परिवारको आर्थीक अवस्था नाजुक भएको हुॅंदा […]

स्वर्गीय कृष्ण बाबु अभिनित यो भिडियोले भक्कनिने गरायो (भिडियो सहित)

बुटवल,भदौ,९-मोफसलको राजधानी बुटवलमा रहेर पनि करिब ५ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका मोडल तथा पत्रकार कृष्णबाबुले संसार छोडेको पनि करिब २ महिना भैसक्यो । उनि हामि माझ नरहेपनि उनले अभिनय गरेका म्युजिक भिडियो दर्शक माझ सम्झना बनि बसेका छन् ।  धेरै म्युजिक भिडियोको बिचमा एउटा यस्तो बिसय बस्तु समेटिएको भिडियोमा अभिनय गरेका थिए […]