एजेन्सी,भाद्र,३-पेरिस सेन्ट जर्मेन (पीएसजी) पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।जर्मन क्लब आरबी आईपजिगबिरुद्ध ३-० को जित निकाल्दै पीएसजीले प्रतियोगिताको फाईनलमा स्थान सुरक्षित गरेको हो । पीएसजीको जितमा एन्जल डी मारियाले महत्वपूर्ण भूमिका खेले । उनले दुई गोलको अवसर सिर्जना गर्नुका साथै एक गोल पनि गरे । खेलको १३ औं मिनेटमा […]
समाज
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
काठमाडौं,भाद्र,२-राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५:५५ बजे निधन भएको हो। लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय […]
एकै दिन थपिए १०१६ जना कोरोना संक्रमित, संक्रमितको संख्या २८ हजार नाघ्यो
काठमाडौं,भदौ,२-देशभर मंगलबार कोरोनाका १०१६ संक्रमित थपिएका छन् । एकै दिन थपिएको यो संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०१६ जना संक्रमित थपिएको जानकारी दिनुभयो । मंगलबार थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार २५७ पुगेको छ । विगत २४ घण्टामा ८५ जना संक्रमित निको भइ घर […]
विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित
काठमाडौँ,साउन,२-सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि तय भइसकेका चार्टर्ड उडान स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को आग्रहमा चार्टर्ड उडान स्थगन गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले जनाएको छ । उद्धार गरिएकालाई राख्न होटल व्यवस्थापन नभएको भन्दै सीसीएमसीले मन्त्रालयलाई उद्धार उडान स्थगित गर्न भनेको थियो । कोरोना संक्रमण जारी […]
आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक
काठमाडौं,भाद्र,२-एसईई को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन […]
सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटायो
काठमाडौं,भदौ,१-सरकारले नेपाल प्रेस काउन्सिको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ।सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यसअघि कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठको जिम्मेवारी खोस्दै भण्डारीलाई नियुक्त गरेको हो । भण्डारीलाई केही दिनअघि सरकारले काउन्सिलको सदस्यमा नियुक्त गरेको थियो । यस्तै डा.कल्याण रोकालाई युवा तथा साना व्यवसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको […]
काठमाडौं उपत्यकामा १७२ सहित ६४१ जनामा कोरोना संक्रमण
काठमाडौं,साउन,३२-आइतबार देशका विभिन्न ठाउँमा ६४१ कोरोनाका संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६४१ जना संक्रमित थपिएका छन् । काठमाडौं सपत्यकामा १७२ जना संक्रमित थपिएका छन्।यो सहित नेपालमा हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।त्यस्तै १ सय ४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक […]
नेपालमा ५९४ कोरोना संक्रमित थपिए, २४० निको भए
काठमाडौं,साउन,३०-नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९४ जनामा कोरोना पुष्टि भएको बताउनुभयो । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५७५ को पीसीआर परीक्षण गरिएको थियो।प्रवक्ता गौतमले देशभरका […]
सिन्धुपाल्चोकको जुगलमा पहिरो जाॅंदा एकै परिवारका ६ जनासहित ३८ बेपत्ता, ८ घाइते
काठमाडौं,साउन,३०-सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता भएका छन्। अहिले पहिरो गएको स्थलमा रहेका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले स्थानीय मानबहादुर दोङको परिवारको ६ जनासहित ३८ जना बेपत्ता भएको जानकारी दिनुभयो। उहाॅंले ८ जना घाइतेलाई उद्धार गरी उपचारका लागि पठाइएको जानकारी […]
कालिकोटमा पहिरोले घर पुरिदाँ ६ जनाको मृत्यु
काठमाडौं,साउन,३०-कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो । पहिरोमा परि वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको बताईएको […]



