काठमाडौं,पुस,१८- राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ ।परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार गरिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिनुभयो ।परिषद्ले उत्साह नेपाल ललितपुर, साहारा संस्था नवलपरासी, ऐश्वर्य बालगृह काठमाडौँ र सौडोल महिला […]
समाज
स्कूल बन्यो अब पढाइ बनाउनुस- पूर्वप्रधानमन्त्री नेपाल
काठमाडौं,पुस,१८- भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविले अत्याधुनिक भवन पाएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार विद्यालयलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् ।भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयको भवन जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले पुनर्निर्माण गरिदिएको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा ४ करोड १२ लाख लागतमा २ वर्षमा […]
तयारी विनाको अंग्रेजी माध्यमले विद्यार्थीको सिर्जनशीलता मार्यो
भक्तपुर,पुस,१६- पुराना शिक्षकहरुसँग अंग्रेजी माध्यममा पढाउने क्षमता नै नरहेका कारण सामुदायिक विद्यालयमा नाममात्रैको अंग्रेजी माध्यम लागुभइरहेको सरोकारवालाहरुले बताएका छन् । तयारी बिनै विद्यालयमा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको उनीहरुले ठहर गरेका हुन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमः आवश्यकता कि बाध्यता’ विषयक अन्तक्र्रियामा सरोकारवालाहरुले सो कुरा बताएका हुन् […]
भ्रमण वर्षको उद्घाटन आज : ४ देशका पर्यटन मन्त्री सहभागी हुँदै
काठमाडौं,पुस१६- नेपालले आज बुधबारबाट तेस्रो भ्रमण वर्ष उद्घाटन गर्दैछ । सरकारले उद्घाटन समारोहको आयोजना गरी भ्रमण वर्षको औपचारिक घोषणा गर्नेछ । सन् १९९८ मा नेपालले पहिलोपटक भ्रमण वर्ष मनाएको २२ वर्षपछि करिब चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित तेस्रो भ्रमण वर्ष सुरु हुँदैछ । भ्रमण वर्षको उद्घाटन समारोहमा ४ वटा मुलुकबाट पर्यटन मन्त्रीस्तरीय प्रतिनिधित्व भएको छ । भारत, […]
आज टोपी दिवस मनाइँदै : राष्ट्रिय मान्यता दिन माग
काठमाडौं,पुस,१६- आज नेपालमा सातौ टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ भन्ने नाराका साथ काठमाडौंमा यो दिवस मनाइएको हो । अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवाहरुले नेपाली टोपी लगाएर टोपी दिवस मनाएका हुन् । टोपी दिवस मनाउने अभियान चलाएको जागरुक युवा अभियान नेपालका युवाहरुले […]
अंग्रेजी नयाँ वर्ष २०२० आजबाट सुरु
काठमाडौं,पुस,१६- अंग्रेजी नयाँ वर्ष २०२० आजबाट सुरु भएको छ ।नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।इसाइ धर्मका प्रवर्त्तक जिजस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ को विदाई र नयाँ वर्ष सन् २०२० को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु […]
विद्यालय पुनर्निर्माणमा काठमाडौं पहिलो, तीन दिनमा ९ विद्यालयले पाए नयाँ भवन
काठमाडौं,पुस,१३- केन्द्रिय आयोजना कार्यान्वयन इकाई(शिक्षा)का आयोजना प्रमुख चुडामणि पौडेलले भूकम्प प्रभावित ७५ सय विद्यालय मध्ये ५५ सय विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको बताएका छन् । उनले विद्यालय पुनर्निर्माणमा हालसम्म ७५ करोड खर्च भइसकेको जानकारी दिए ।पौडेलका अनुसार भूकम्प प्रभावित ७१ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ । काठमाडौं चन्द्रागिरी स्थित कंकाली माविको नयाँ भवन हस्तान्तरणको कार्यक्रममा […]
जिन्दगीमा हरेक प्रहर’ गीतको म्युजिक भिडियो फरक ढङ्गले सार्वजनीक
काठमाण्डौं,पुस,१३- गायक सुशान्त खजुमको स्वरमा सजिएको ‘जिन्दगीमा हरेक प्रहर’ गीतको म्युजिक भिडियो फरक ढङ्गले सार्वजानिक भएको छ । गायक, संगीतकार, कलाकार तथा निर्देशकको उपस्थितिमा आफ्ना अनुभूतिलाई साटासाट गरी भिडियोको सार्वजानिक गरिएको हो । रचनाकार भने देशबाहिर भएकाले उपस्थित थिएनन् । भिडियो सार्वजानिकपश्चात पत्रकार देवेन्द्र खापुङले अहिलेका नेपाली म्युजिक भिडियोहरूको आफ्नै फर्मेट बनेको बताएका थिए । […]
एकैदिन काठमाडौंका तीन विद्यालयलाई नयाँ भवन
काठमाण्डौं,पुस,१२- काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । शुक्रवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो । विहिवार पनि तीन विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको थियो । शुक्रवार एकै दिन धर्म विद्याश्रम आधारभूत विद्यालय तारकेश्वर, आत्म विकास आधारभूत विद्यालय बुढानिलकण्ठ र बुढानिलकण्ठ मावि बुढानिलकण्ठलाई नयाँ भवन हस्तान्तरण […]
काठमाडौंमा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणमा तिब्रता
काठमाडौं,पुस,११- काठमाडौं जिल्लामा भूकम्पले प्रभावित विद्यालयको पुनर्निर्माणले तिब्रता पाएको छ । बिहिवार एकै दिन भूकम्प प्रभावित तीन विद्यालयलाई नयाँ पुनर्निर्मित भवन हस्तान्तरण गरिएको हो ।बिहिवार एकैदिन दक्षिणकाली नगरपालिकाका तीन विद्यालयले नयाँ भवन पाएका हुन् । दक्षिणकाली नगरपालिका वार्ड नम्बर ९ को कालीदेवी आधारभूत विद्यालय, वार्ड नम्बर ८ को श्रीकृष्ण मावि र वार्डनम्बर ५ को डोल्लु […]


