सकियो खण्डग्रास सूर्यग्रहण, शिक्षा मन्त्री पोखरेलले गरे सूर्यग्रहणको अवलोकन

काठमाडौं,पुस,१०- पौष कृष्ण औँसीका दिन आज खण्डग्रास सूर्यग्रहण सकिएको छ । यो ग्रहण विभिन्न देशमा फरकफरक समयमा देखिएको थियो। नेपालमा भने बिहान ८ बजेर ४२ मिनेटदेखि ग्रहण सुरु भएको थियो । १० बजेर १ मिनेटमा मध्य भएको ग्रहण ११ बजेर ३१ मिनेटमा सकिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । सूर्य ग्रहणको कुल अवधि २ […]

मोफसलको फुटबल तालिका सार्वजनिक

काठमाण्डौं,पुस,८- अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा आयोजना हुने नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ ।एन्फाले बुधबार फागुन पहिलो साताबाट बैशाख पहिलो साता भित्र आयोजना हुने विभिन्न नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । एन्फाले विभिन्न जिल्लामा हुने २५ प्रतियोगिताको तालिका निकालेको हो ।एन्फाले निकालेको तालिका अनुसार फागुन १ देखि १० सम्म पोखरामा मनकामना […]

ट्रिपर दुर्घटना हुँदा दुईको मृत्यु

नुवाकोट,पुस,६- नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नम्बर १२ मा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सडक निर्माणको काम गर्ने मजदुरहरु चढेको ट्रिपर दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला […]

सल्यानमा कृषकलाई अदुवा खन्न र बिक्रि गर्न भ्याई नभ्याई

सल्यान,पुस,३- सल्यान रेसा विहीन अदुवा उत्पादनमा प्रख्यात मानिन्छ । शारदा नगरपालिका वडा नम्वर १४ माल्नेटा ढारखानीमा रेसा नभएको बोसे जातको अदुवा बढि उत्पादन हुने भएकाले यहाँ बाट बर्षेनी करोडौँको अदुवा जिल्ला बाहिर जाने गरेको छ । यहाँका किसानले अन्य बाली लगाउन छोडेर अदुवा उत्पादन गर्दै आइरहेका छन् । शारदा नगरपालिकाका वडा नम्बर १४ ढारखानीका कृषकलाई […]

शीतलहर र हुस्सुका कारण तराईको जनजीवन प्रभावित

कैलाली,पुस,३- शीतलहरका कारण तराईको जनजीवन प्रभावित बनेको छ । गएको मंगलबारदेखि लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो।चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन् । शीतलहरका कारण मानिस घरबाहिर निस्कन नसक्दा तराईका बजारमा चलहपहल घटेको छ । विशेषगरी कैलाली,कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, […]

सिन्धुपाल्चोक बस दुर्घटना:१४ को मृत्यु, १८ घाइते, अधिकाँशको अवस्था गम्भीर (अपडेट)

सिन्धुपाल्चोक,मंसिर,२९- सिन्धुपाल्चोक जिल्लाको ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । १८ जना यात्रु घाइते भएका छन् ।मृतकमध्ये दोलखा भीमेश्वर नगरपालिकाकी जुनु तामाङको मात्र सनाखत भएको छ ।घाइतेमध्ये अधिकाँशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दोलखाको कालिन्चोकबाट काठमाडौं आउने क्रममा बा ४ ख ४४६८ नम्बरको बस ६ किलो मोडमा दुर्घटना […]

एक हजार ८१ जना शाखा अधिकृतका लागि विज्ञापन खुल्यो

काठमाडौँ,मंसिर,२५- लोक सेवा आयोगले एक हजार ८१ जना शाखा अधिकृतका लागि विज्ञापन आव्हान गरेको छ ।आयोगको नियमित कार्यतालिका अनुसार आज (बुधबार) गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै खुल्ला तथा बढुवातर्फ गरी विज्ञापन गरेको हो । पुस २९ गतेसम्म दरखास्त दिन आयोगले सूचनामार्फत जनाएको छ । गतबर्ष भन्दा बढी संख्यामा विज्ञापन खुलाएको आयोगले प्रशासनतर्फ बढुवा र […]

जीवनज्योति माविले पायो बालमैत्री र अपाङ्गमैत्री नयाँ भवन

गोरखा,मंसिर,२२- जीवनज्योति मावि पालुङटार–८ च्याङ्ली गोरखामा कक्षा १० मा अध्ययनरत् छात्रा विवेचना देवकोटाको आज खुसीले भूँईमा खुट्टा छैन । उनी फुरुङ्ग छिन् । उनको खुसीको कारण परीक्षामा नम्बर बढी आउनु होइन । नत शिक्षकको स्याब्बासी नै हो । उनी खुसी हुनुको कारण हो– उनको विद्यालयको भवन नयाँ बन्नु ।२०७२ मा गएको भूकम्पले विद्यालयको भवन ध्वस्त […]

ठडियो हिमाली मावि, विद्यार्थी र अभिभावकमा खुसीयाली

गोरखा,मंसिर,१७- २०७२सालको विनासकारी भूकम्पका कारण क्षतिग्रस्त सिरानचोक–६, सान्नानी भञ्जाङ गोरखाको हिमाली माविको भवन पुननिर्माण भएको छ । ४ वर्ष देखि जस्ताको अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयलाई जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको हो । इकाईले जाइकाको सहयोगमा करिब ८ करोड ४४ लाख लागतको ३ तलाका दुई ब्लक सहितको १८ कोठे […]

१३ औं साग खेल: नेपाल १५ स्वर्ण जित्दै शीर्ष स्थानमा

काठमाडौं,मंसिर,१६- १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म १५ ओटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ७, तेक्वान्दोमा ७ तथा ट्रायथलनमा एक स्वर्णपदक जितेको छ ।नेपालले तीनओटा रजतपदक पनि हासिल गरेको छ । त्यसैगरी, भारतले ट्रायथलन र तेक्वान्दोमा गरी ३, श्रीलंकाले ३, पाकिस्तान र बंगलादेशले एक/एक स्वर्णपदक जितेका […]