माघे संक्रान्ती पर्व फुकुओकाको नान हाउसमा मनाईने

फुकुओका,जापान,१९- नेपाल मगर संघ क्युशु जापानले मगरहरुको महान पर्व माघे संक्रान्ती मनाउने भएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्परा हाम्रो संस्कृती जोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व मनाउन लागेको हो ।  मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण मगर समुदायले एक […]

जापानद्धारा निर्मीत कर्णाली पुल पर्यटक आकर्षकको केन्द्र बन्दै

कैलाली,पुस,१९-  कैलाली जिल्लाको कर्णाली पुल पर्यटनको आकर्षकको रुपमा निकै चर्चामा छ।नेपालकै लामो नदी कर्णाली र त्यही नदीमा निर्माण गरिएको एकखम्बे  पिल्लर भएको कर्णाली पुल हो । कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ। यो पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को भाग हो जसले नेपालको सुदुर पश्चिमाञ्चल ७ नम्बर प्रदेश लाई नेपालको अन्य भाग सँग जोड्ने गर्दछ। सुन्दर कर्णाली […]

मापदण्ड विपरीत बालगृह-८० बालबालिकाको उद्धार

काठमाडौं,पुस,१८- राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ ।परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार गरिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिनुभयो  ।परिषद्ले उत्साह नेपाल ललितपुर, साहारा संस्था नवलपरासी, ऐश्वर्य बालगृह काठमाडौँ र सौडोल महिला […]

स्कूल बन्यो अब पढाइ बनाउनुस- पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं,पुस,१८- भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविले अत्याधुनिक भवन पाएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार विद्यालयलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् ।भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयको भवन जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले पुनर्निर्माण गरिदिएको हो । ​एसियाली विकास बैंकको ऋण सहयोगमा ४ करोड १२ लाख लागतमा २ वर्षमा […]

तयारी विनाको अंग्रेजी माध्यमले विद्यार्थीको सिर्जनशीलता मार्यो

भक्तपुर,पुस,१६- पुराना शिक्षकहरुसँग अंग्रेजी माध्यममा पढाउने क्षमता नै नरहेका कारण सामुदायिक विद्यालयमा नाममात्रैको अंग्रेजी माध्यम लागुभइरहेको सरोकारवालाहरुले बताएका छन् । तयारी बिनै विद्यालयमा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको उनीहरुले ठहर गरेका हुन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमः आवश्यकता कि बाध्यता’ विषयक अन्तक्र्रियामा सरोकारवालाहरुले सो कुरा बताएका हुन् […]

भ्रमण वर्षको उद्घाटन आज : ४ देशका पर्यटन मन्त्री सहभागी हुँदै

काठमाडौं,पुस१६- नेपालले आज बुधबारबाट तेस्रो भ्रमण वर्ष उद्घाटन गर्दैछ । सरकारले उद्घाटन समारोहको आयोजना गरी भ्रमण वर्षको औपचारिक घोषणा गर्नेछ । सन् १९९८ मा नेपालले पहिलोपटक भ्रमण वर्ष मनाएको २२ वर्षपछि करिब चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित तेस्रो भ्रमण वर्ष सुरु हुँदैछ । भ्रमण वर्षको उद्घाटन समारोहमा ४ वटा मुलुकबाट पर्यटन मन्त्रीस्तरीय प्रतिनिधित्व भएको छ । भारत, […]

आज टोपी दिवस मनाइँदै : राष्ट्रिय मान्यता दिन माग

काठमाडौं,पुस,१६- आज नेपालमा सातौ टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ भन्ने नाराका साथ काठमाडौंमा यो दिवस मनाइएको हो । अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवाहरुले नेपाली टोपी लगाएर टोपी दिवस मनाएका हुन् । टोपी दिवस मनाउने अभियान चलाएको जागरुक युवा अभियान नेपालका युवाहरुले […]

अंग्रेजी नयाँ वर्ष २०२० आजबाट सुरु

काठमाडौं,पुस,१६- अंग्रेजी नयाँ वर्ष २०२० आजबाट सुरु भएको छ ।नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।इसाइ धर्मका प्रवर्त्तक जिजस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ को विदाई र नयाँ वर्ष सन् २०२० को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु […]

विद्यालय पुनर्निर्माणमा काठमाडौं पहिलो, तीन दिनमा ९ विद्यालयले पाए नयाँ भवन

काठमाडौं,पुस,१३- केन्द्रिय आयोजना कार्यान्वयन इकाई(शिक्षा)का आयोजना प्रमुख चुडामणि पौडेलले भूकम्प प्रभावित ७५ सय विद्यालय मध्ये ५५ सय विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको बताएका छन् । उनले विद्यालय पुनर्निर्माणमा हालसम्म ७५ करोड खर्च भइसकेको जानकारी दिए ।पौडेलका अनुसार भूकम्प प्रभावित ७१ प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ । काठमाडौं चन्द्रागिरी स्थित कंकाली माविको नयाँ भवन हस्तान्तरणको कार्यक्रममा […]

जिन्दगीमा हरेक प्रहर’ गीतको म्युजिक भिडियो फरक ढङ्गले सार्वजनीक

काठमाण्डौं,पुस,१३- गायक सुशान्त खजुमको स्वरमा सजिएको ‘जिन्दगीमा हरेक प्रहर’ गीतको म्युजिक भिडियो फरक ढङ्गले सार्वजानिक भएको छ । गायक, संगीतकार, कलाकार तथा निर्देशकको उपस्थितिमा आफ्ना अनुभूतिलाई साटासाट गरी भिडियोको सार्वजानिक गरिएको हो । रचनाकार भने देशबाहिर भएकाले उपस्थित थिएनन् । भिडियो सार्वजानिकपश्चात पत्रकार देवेन्द्र खापुङले अहिलेका नेपाली म्युजिक भिडियोहरूको आफ्नै फर्मेट बनेको बताएका थिए । […]