क्षेत्रपाटि परिवार कल्याण केन्द्रमा निःशुल्क पुरुष बन्ध्याकरण सेवा पुनः सुरु

काठमाण्डौं,चैत,१-नेपालमा परिवार नियोजनको विकास र प्रवधर्नमा लामो इतिहास बोकेको क्षेत्रपाटि परिवार कल्याण केन्द्रले पुरुष बन्ध्याकरण सेवा पुनः सुरु गरेको छ । डा. जेस्मीन श्रेष्ठको नेतृत्वको टिमले बिहिबार देखि सेवा सुरु गरेको हो । संस्था क्षेत्रपाटि स्थित आफ्नो पुरानो स्थानबाट डल्लु आवासको नयाँ भवनमा सरेपछि केहि समयको लागि सेवा बन्द भएको थियो । बिहिबार सेवा लिन […]

कोरोना भाइरस रोक्न सरकारले उच्च सतर्कता अपनाउने विमानस्थलमा प्रत्येक यात्रुको चेकजाँच गरिने

काठमाडौं,फागुन,१८- सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।हिजो प्रधानमन्त्री केपी शर्मा ओली र केही मन्त्रीहरुबीच बालुवाटारमा भएको बैठकले सो निर्णय गरेको हो । कोराना भाइरसको संक्रमण युरोप र मध्यपूर्वमा समेत देखिन थालेपछि सरकारले नेपालमा पनि उच्च सतर्कता अपनाउने निर्णय गरेको जनाइएको छ । बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय […]

आज महाशिवरात्रि पर्व देशभर मनाईदै

काठमाडौं,फागुन,९-फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदै छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुन्ड र तलाउमा स्नान गरी शिवालयमा गइ श्रद्धा–भक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् । पुराणहरूमा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिको महत्व वर्णन गरिएको छ । यीमध्ये पनि फागुन कृष्ण चतुर्दशीमा मनाइने […]

आज विश्व रेडियो दिवस !

काठमाण्डौं,फागुन,१- यसवर्ष विश्व रेडियो दिवसको नारा बहुलता,प्रतिनिधित्व र विविधता भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ लाई […]

कुवेतमा चार नेपाली कामदारको पहिरोमा पुरिएर मृत्यु, अझै तीन जना वेपत्ता

काठमाडौं,फागुन,१-कुवेतको एउटा निर्माणस्थलमा कार्यरत चार नेपाली कामदारको पहिरोमा पुरिएर मृत्यु भएको छ ।काम गरिरहेको बेला बालुवा र ग्राभेलको पहिरो खस्दा उनीहरु पुरिएका थिए । कुवेतबाट सञ्चालित अरब टाइम्स अनलाइनका अनुसार ‘अल मत्ला’ क्षेत्रमा एउटा चिनियाँ कम्पनी मातहत कम्तिमा १३ नेपाली मजदुर उक्त निर्माण क्षेत्रमा कार्यरत थिए । पहिरोमा पुरिएकामध्ये सात जनालाई बाहिर निकालिएको छ । […]

विमल घर्ती मगरले ए डिभिजन लिगको अन्तिम खेल खेल्ने

काठमाण्डौं,माघ,२८- निलम्बन फुकुवा लगत्तै फरवार्ड विमल घर्ती मगरलाई कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल खेल्दै गरेको देख्न पाइने सम्भावना बढेको छ । लिगको उपाधि दौडमा रहेको सानमिगेल मछिन्द्र क्लबले उनलाई आर्मीविरुद्ध शनिबार हुने अन्तिम खेलमा उतार्ने तयारी गरिरहेको छ । विमल मछिन्द्रबाट खेल्नका लागि भने माल्दिभ्सको क्लबबाट इन्टरनेसल ट्रान्सफर सर्टिफिकेट (आइटिसी) लिनुपर्ने […]

नेपाल मगर संघ क्युशु जापानको नयाँ कार्यसमिति चयन -अध्यक्षमा अर्जुन पुन मगर

फुकुओका,जापान,माघ,२५-नेपाल मगर संघ क्युशु जापानले नयाँ कार्यसमिती चयन गरेको छ।नेपाल मगर संघ जापानको क्युशु कार्यसमितीले शनीबार  एक औपचारिक कार्यक्रम गर्दै १७ जनाको नयाँ कार्यसमिति गठन गरेको हो।लामो समय पछि नेपाल मगर संघ जापानको क्युशुले नयाँ अध्यक्ष पाएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा अर्जुन पुन मगर चयन हुनु भएको छ,भने यस्तै वरिष्ठ उपाध्यक्षमा दिपक राना मगर चयन हुनु […]

कोरोना भाइरस- चीनमा मृत्यु हुनेको संख्या ६ सय ३६ पुग्यो

बेइजिङ ,माघ,२४-  कोरोनामा भाइरस बारे विश्वलाई चेतावनी दिने पहिलो चिकित्सक समूह मध्येका एक चिकित्सकको उक्त भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । ३४ बर्षिय चिकित्सक लि वेनलियाङको उहान शहरको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनीले एक भिडियो सन्देश मार्फत पहिलो पटक यो भाइरसको विषयमा जानकारी दिएर विश्वलाई सचेत रहन चेतावनी दिनुभएको थियो ।यसैबीच चिनिया […]

छोरी बलात्कारी गर्ने बुबालाई जन्मकैद, नातिनी बलात्कार गर्ने हजुरबुबालाई २० वर्ष कैद

अर्घाखाँची,माघ,१७-जिल्ला अदालतले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ । अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा सो फैसला गरेको हो । जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट जन्मकैदको फैसला भएको निमित्त श्रेस्तेदार नारायणबहादुर भट्टराईले बिहीबार जानकारी दिनुभयो  । गत साउन २ गते  […]

सरस्वतीको पूजाआराधना गरी श्रीपञ्चमी पर्व मनाइँदै

काठमाडौं,माघ,१६-  विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरेर आज श्रीपञ्चमी पर्व मनाइँदैछ। श्रीपञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ। आज देशभरीका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। यस दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने धार्मीक विश्वास छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने प्रचलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ। […]