आज २५६६औं बुद्ध जयन्ती, गौतम बुद्धको आराधना, प्रवचन गरी मनाइँदै

काठमाडौं,जेठ,२-प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व सोमवार भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका […]

काठमाडौंमा ६ हजार बढी मतका साथ बालेन अग्र स्थानमा

काठमाडौं,जेठ,२-काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले अग्रता कायमै राख्नुभएको छ । उहाँले ६ हजार भन्दा बढी मत प्राप्त गर्दा मत अन्तर पनि बढाउनुभएको हो ।बालेन्द्रले ६ हजार २ सय ७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइ रहनुभएका नेकपा एमालेका केशव स्थापितले ३ हजार २ सय ४३ मत प्राप्त गर्नुभएको हो । काठमाडौं […]

निर्धारित समयमै मतगणना सकिँदैन : निर्वाचन आयोग

काठमाडौं,जेठ,१-निर्वाचन आयोगले निर्धारित समयमै मतगणना गरेर नसिकने जनाएको छ । यसअघि जेठ ५ गतेभित्र मतगणना सम्पन्न गर्ने जनाएको आयोगले मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचालेर विवादको विषयको बनाइ मतगणना कार्य ढिलाइ गराएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हेर्नुहोस् विज्ञप्तिः–

निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न भयो : आयोग

काठमाडौं,बैशाख,३०-निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ । मतदानको लागि तोकिएको समय समाप्त भएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको एउटा वडामा बाहेक शान्तिपूर्ण र उत्साहपूर्ण भएको बताउनुभयो । उहाँका अनुसार पौने पाँच बजेसम्म ६० प्रतिशत मत खसेको छ । मतदान […]

आज स्थानीय तहको निर्वाचन हुदैं, १ करोड ७७ लाखले मतदान गर्दै

काठमाडौं,बैशाख,३०-आज देशभर स्थानीय तहको निर्वाचन हुदैंछ ।मुलुक संघीयतामा गइसकेपछि दोस्रो पटक हुन गइरहेको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । निर्वाचनका ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता छन् । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, […]

आज रातिदेखि काठमाडौं उपत्यकामा मदिरा बिक्री वितरण गर्न नपाइने

काठमाडौं,बैशाख,२७-काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा आज मंगलबार रातिबाट मदिरा बिक्री वितरणमा रोक लगाइने भएको छ । मौन अवधि सुमदिराजन्य पदार्थको सेवनले शान्ति सुरक्षामा दखल पर्ने भन्दै प्रशासनले मंगलबार रातिदेखि निर्वाचन नसकिउन्जेलसम्म मदिरा किनबेचमा रोक लगाइने भएको हो । मौन अवधिदेखि ३० वैशाख अर्थात मतदान नसकिएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिएको […]

जापानको फुकुओकामा नेपाली फिल्म “कबड्डी ४” प्रदर्शन हुने

फुकुओका,जापान,२६-नेपाली फिल्म ‘कबड्डी ४’ जापानमा प्रदर्शन हुने भएको छ।फिल्म यहि “जुन ४ तारिख” शनिबारका दिन फुकुओकामा रहेको आकासाका हलमा लाग्ने भएको छ ।    फुकुओकामा रहेको नेपालीहरुको समुह “ढिला आयो कडा आयो” को आयोजनामा ‘कबड्डी ४’ फिल्म प्रदर्शन हुन लागेको हो ।लामो समयपश्चात फुकुओकामा रहेका नेपालीहरुले प्रवासमा हलमै गएर टिपिकल नेपाली कथाबस्तु रहेको नेपाली फिल्म  “कबड्डी ४” […]

थपिए १७ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या २१७ पुग्यो

काठमाडौं,बैशाख,२२-नेपालमा विगत २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार २ हजार ३७६ पीसीआर परीक्षणमा १५ जना र १ हजार ४३५ एन्टिजेन परीक्षणमा २ जना गरी कुल १७ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु […]

जुम्लामा विक्री भएनन् स्याउका बिरुवा, किसानले जलाए ६ हजार बिरुवा

काठमाडौं,बैशाख,२१-जुम्लामा स्याउका बिरुवा विक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् ।  पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा  २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा रू. २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ । यस वर्ष बिरुवा विक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए ।  बुढालाई जस्तै तातोपानी गाउँपालिकाका […]

काभ्रेमा भारतीय बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु, १८ घाइते

काठमाडौं,बैशाख,२१-काभ्रेको मंगलटारमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु घएको छ । भने घटनामा १८ जना घाइते भएको छन् । बुधबार काठमाडौंबाट जनकपुरतर्फ गइरहेको भारतीय नम्बर प्लेटको यूपी ५८ टी ८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको जीप काभ्रेको रोशी गाउँपालिका–११ मंगलटारमा एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । […]