आज अन्तराष्ट्रिय महिला दिवस

काठमाडौं,फाल्गुन,२४-आज १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस।हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभर लैङ्गीक समानता र न्यायको पक्षमा वकालत गर्दै महिला दिवसको रुपमा मनाईन्छ । नेपालमा पनि आजको दिन नारी दिवसको रुपमा विविध कार्यक्रम गरेर मनाउने गरिएको छ।यस पटकको महिला दिवसको नारा ‘महिला नेतृत्व : कोभिड १९ सँगै समान भविष्यको प्राप्ती’ भन्ने रहेको छ । […]

प्रधानमन्त्री ओली र गृहमन्त्री बादलले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं,फाल्गुन,२३-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप लगाउनु भएको छ।ओलीले शिक्षण अस्पताल पुगेर खोप लगाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।  यसैबिच:गृहमन्त्री रामबहादुर थापाले खोप लगाउनु भएको छ।थापाले आज सशस्त्र प्रहरी अस्पताल बलम्बुबाट खोप लगाएको मन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईले जनाकारी दिनुभयो।    ओलीले  खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान शुरु भएको छ। यस […]

मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो

काठमाडौं,फागुन,२२-राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिबार पानी सुन्दरीजलमा खलालिएको छ। परीक्षणका लागि सुरुङमा पठाइएको पानी शनिबार साँझ सुन्दरीजलमा आइपुगेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकनपछि बटम थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो । फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा दोस्रो पटक […]

डोटीको बुडर बजार नजिकै एक शिक्षक मृत फेला

डोटी,फागुन,२०-डोटीको जोरायल गाउँपालिका-२ बुडर बजार नजिकै जोगबुढा जाने सडकखण्डमा २७ वर्षीय शिक्षक डम्बर भट्टराई मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार स्थानीय भूमिराज केदार आधारभूत विद्यालय बुडरका शिक्षक भट्टराई मृतावस्थामा फेला परेका छन्। उनका अनुसार घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुडरका […]

नेपालमा १०७ जना कोरोना संक्रमित थपिए,७८ जना संक्रमणमुक्त

काठमाडौं,फागुन,२०-नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५३६ जनाको पीसीआर १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ पुगेको छ ।पछिल्लो २४ घण्टामा ७८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । […]

सुनको भाउ ५०० रुपैँयाले बढ्यो

काठमाडौं,फागुन,१९-स्थानीय बजारमा बुधबार सुनको मूल्य पुनः बढेको छ। मंगलबार प्रतितोला एक हजार ७०० ले घटेको सुनको मूल्य आज भने ५०० रुपैयाँ बढेको हो। नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार मंघलबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने ८७ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ। यस्तै, तेजाबी सुन मंगलबार प्रतितोला ८६ हजार […]

नेकपा अध्यक्ष प्रचण्ड र सभामुख सापकोटाले लगाए कोरोना खोप

काठमाडौं,फागुन,१९-नेकपाका अध्यक्ष प्रचण्ड र सभामुख अग्नि सापकोटाले कोरोनाविरुद्ध खोप लगाएका छन्। फागुन २३ गतेदेखि संघीय संसद अधिवेशन सुरु हुन लागेको हुँदा सांसद, पदाधिकारी, कर्मचारी तथा सुरक्षाकर्मी लगायतलाई कोभिड खोप लगाउन सुरु गरिएको हो। बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा सांसदलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ। प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका […]

सभामुख लगायत सांसदहरुले आजबाट कोरोना खोप लगाउने

काठमाडौं,फागुन,१९-सभामुख अग्नि सापकोटाले कोरोना विरुद्धको खोप लगाउँदै हुनुहुन्छ । सापकोटाले बुधबार बिहान १० बजे सिभिल अस्पताल नयाँ बानेश्वरमा पुगेर कोरोना विरुद्धको खोप लगाउने सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । बुधबार र बिहीबार प्रतिनिधिसभाका सांसदहरु, मर्यादापालक, सुरक्षाकर्मी, संसद सचिवालयका कर्मचारीलगायत सम्पूर्णले खोप लगाउने संसद सचिवालयले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म […]

सरकारले फेरी ५० लाख डोज कोभिडविरुद्धको खोप किन्ने

काठमाडौं,फागुन,१८-सरकारले थप ५० लाख डोज कोभिड–१९ विरुद्धको खोप खरिदको प्रक्रिया सुरु गरेको जनाएको छ । मंगलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा कोभिड खोप अभियानको सम्बन्धमा भएको छलफलमा सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो । हाल मन्त्रालयसँग रहेको खोप र बाँकी १ करोड १० लाख […]

मलाई एक अर्ब रुपैयाँको प्रलोभन आयो-मन्त्री आले

काठमाडौं,फागुन,१८-वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन आएको खुलासा गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाइएको खुलासा गर्नुभएको हो । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि […]