मुगुमा बस दुर्घटना,२३ जनाको मृत्यु, १८ बढी घाइते

काठमाडौं,असोज,२६-मुगुमा बस दुर्घटना हुँदा २३ जनाको घटनास्थलमै मृत्यु भएको छ।  नेपालगन्जबाट मुगु गइरहेको बस जिल्ला प्रवेश गरेलगत्तै छायाँनाथ रारा नगरपालिका ७ मा भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर भट्टले नेपालखबरलाई जानकारी दिनुभयो। उहाँका अनुसार घटनामा १८ बढी घाइते भएका छन्। सामान्य घाइते हुने पनि धेरै रहेको उहाँले जानकारी दिनुभयो। प्रनाउ […]

डडेल्धुरामा ब्रेक फेल भएर बस पल्टियो,२ बालबालीका सहित १६ जना घाइते

डडेलधुरा,असोज,२६-धनगढीबाट बाजुरा जाँदै गरेको बस आज विहान डडेल्धुराको केआईसिंह  राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राई बजार नजिकै दुर्घटना हुँदा १६ जना घाईते भएका छन । ना ७ ख १७४ नम्बर बस दुर्घटना हुँदा आठ पुरुष, सात महिला र दुई बालबालिका घाइते भएका हुन् । बसमा ५०/६० जना यात्रु सवार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ […]

अछाममा जन्ती बोकेको जिप दूर्घटना हुँदा ४ को मृत्यु, १४ घाइते

अछाम,असोज,२५-अछामको पञ्चदेवल बिनायक नगरपालिका कुइकामा गएराती बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १४ वर्षीय जीवन न्यौपाने, १८ वर्षीय सर्प बोहरा, १७ वर्षका जीवन जैसी र १७ वर्षीय हिमाल नेपाली छन् । जन्ती गएर फर्किएको जिप विनायक बजारतर्फ फर्किने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ […]

वडादशैंका लागि अग्रिम टिकट बुकिङ आजबाट खुल्यो

काठमाडौं,असोज,११-नेपालीहरुको महान चाड वडादसैंको लागि अग्रिम टिकट बुकिङ आजबाट खुलेको छ । दसैंमा काठमाडौं उपत्यका छोडेर आ आफ्नो थातथलो फर्कनेहरुको लागि टिकट बुकिङ खुलाइएको हो । यातायात व्यवस्था विभागले अग्रिम टिकट अनलाइन वा मोबाइल बैकिङबाट काट्न आग्रह गरेको छ । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार मोबाइलबाट कनेक्ट आईपीएस, खल्ती, ईसेवा जस्ता डिजिटल विधिबाट टिकट खरिद […]

यातायात व्यवस्था विभागले दिन थाल्‍यो परीक्षणकालीन लाइसेन्स

काठमाडौं,भदौ,१८-यातायात व्यवस्था विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ । स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाईका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले अस्थाई रुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको हो […]

दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु

दाङ,भदौ,१७-दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले कार बगाउँदा घोराही १३ निवासी ४० वर्षकी रितामाया पुन, सोही ठाउँकै ३२ वर्षिय शुसीला श्रेष्ठ, घोराही-१४ निवासी ३१ वर्षकी राधा कुवँर, सोही ठाउँकै ४२ वर्षिय यमुना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद […]

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा थप खुकुलो

काठमाडौँ,असार,२२-काठमाडौं उपत्यकामा आजदेखि थप निषेधाज्ञा अझ खुकुलो बनाइएको छ। स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै किसिमका परीक्षा सञ्चालन गर्न खुला गरिएको छ भने सवारीसाधानमा पनि जोर-बिजोर प्रणाली हटाइएको छ। यसअघि निजी तथा सार्वजनिक सवारीसाधन जोर गतेका दिन जोर नम्बरवाला र बिजोर गतेका दिन बिजोर नम्बरवाला मात्र चलाउन पाइन्थ्यो। गत आइतबार बसेको उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर […]

आजदेखि सार्वजनिक बस सञ्चालन

काठमाडौं,असार,१५-सार्वजनिक यातायात सञ्चालन गर्न दिनेगरी काठमाडौं उपत्यकामा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ।पछिल्लोपटक थपिएको निषेधाज्ञाको अवधि सोमवार साँझदेखि सकिएको थियो । निषेधाज्ञा थप खुकुलो बनाउँदै काठमाडौं उपत्यकामा आज (मंगलवार)देखि सार्वजनिक बस समेत सञ्चालन गर्न दिने निर्णय गरिएको छ।सोमवार बिहान बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले जोर बिजोर प्रणालीमा २५ सिटभन्दा बढी क्षमताका […]

बाँकेको कोहलपुर नजिकै बस र टिप्पर ठोक्किँदा ५ जनाको मृत्यु, ४१ जना घाईते

काठमाण्डौं,बैशाख,३-बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा आज साँझ बस र टिप्पर एकापसमा ठोक्किँदा पाँचको मृत्यु हुनुका साथै ४१ जना घाइते भएका छन्। सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र कोहलपुरतर्फ आउँदै गरेको अनटेस्ट मालबाहक टिपर साँझ ६:०० बजे रोहिणी खोला नजिक एकापसमा ठोकिँदा चार पुरुषसहित एक महिलाको मृत्यु भएको इलाका प्रहरी […]

कैलाली अपडेट:प्रहरीको गोली लागी घाइते प्याकुरेललाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

काठमाडौं,चैत,१०-लम्कीमा प्रर्दशनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । गोली लागेर गम्भीर घाइते भएका स्थानीय ३० वर्षीय कृष्ण प्याकुरेललाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो । पेटमा गोली लागेका प्याकुरेललाई कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको हो । यस्तै […]