काभ्रेमा भारतीय बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु, १८ घाइते

काठमाडौं,बैशाख,२१-काभ्रेको मंगलटारमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु घएको छ । भने घटनामा १८ जना घाइते भएको छन् । बुधबार काठमाडौंबाट जनकपुरतर्फ गइरहेको भारतीय नम्बर प्लेटको यूपी ५८ टी ८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको जीप काभ्रेको रोशी गाउँपालिका–११ मंगलटारमा एकापसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । […]

कारले ठक्कर दिँदा नेपालगञ्जमा तीनजना पैदलयात्रीको मृत्यु

काठमाण्डौं,चैत्र,२८-बाँकेको नेपालगञ्जमा कारको ठक्करबाट तीनजना पैदलयात्रीको मृत्यु भएको छ।नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको हो।  प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिँदा नेपालगञ्ज–११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले […]

संखुवासभा मादी बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो (अपडेट)

काठमाण्डौं,फागुन,२६-संखुवासभामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ जना पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताउनुभयो । ‘१४ जनाको शव भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भन्नुभयो, ‘मृतकको सनाखत भएको छैन ।’ दमकतर्फ जाँदै गरेको बा ४ ख […]

संखुवासभाको मादीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु

काठमाडौं,फागुन,२६-संखुवासभाको मादीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । संखुवासभाबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे ७ बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी […]

भारतदेखि कन्चनपुर सीमा नाका गड्डाचौकीबाट हुने आवतजावतमा रोक।। Gaddachauki Kanchanpur

भारतदेखि सीमा नाका गड्डाचौकीबाट हुने आवतजावतमा रोक

कञ्चनपुर,माघ,१३-कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतबाट हुने आवतजावतको कार्य बन्द गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयको संयोजकत्वमा आइतवार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले सोही दिन राति १२ बजेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि अत्यावश्यक कार्यबाहेक सीमा नाकामा भारततर्फबाट हुने आवतजावत (साइकलमार्फत हुने क्यारिङ समेत) नगर्ने/नगराउने […]

ब्रेकिगं न्यूज : पाल्पामा मलामी चढेको बस दुर्घटना हुँदा ७ को मृत्यु

पाल्पा,पुष,१८-बुटवल वुद्धनगरबाट शव लिएर रिडीतर्फ जाँदै गरेको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् । आज बिहान लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो । बसले च्यापिएका तीन ३ जनाको उद्धारमा स्थानीय तथा प्रहरी जुटेको छ । बसमा करिब ३५ जना मलामी रहेको बताइएको छ । […]

सल्यान कपुरकोट बस दुर्घटना:मृतकको संख्या १२ जना पुग्यौ

आइतबार दुर्घटना भएको बस : तस्वीर : lekalionline.com काठमाडौं,कार्तीक,२१-सल्यानको कपुरकोटमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस आइतबार विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा पल्टिँदा १० जना महिला र दुई जना पुरुष गरी १२ जनाको मृत्यु भएको हो । मृत्यु […]

सल्यानबाट दाङको तुलसीपुर आउदै गरेको यात्रुबाहक बस दुर्घटना, ८ जनाको मृत्यु

सल्यान,कार्तिक,२१-सल्यनमा बस दुर्घटना हुदा ८ जनाको निधन भएको छ ।  सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा ८ जनाको मृत्यु भएको हो । सल्यान खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो। बस सडकबाट २ सय मिटर तल खसेको […]

मुगु बस दुर्घटना अपडेट : चालकसहित ३२ को मृत्यु

काठमाण्डौं,असोज,२६-मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन्। नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस […]

बाँकेमा बसको ठक्करबाट दुई जनाको मृत्यु

बाँके,असोज,२६-बाँकेमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिक बसको ठक्करबाट दुई जनाको मृत्यु भएको हो । काठमाडौंबाट बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नम्बरको बसले सोमबार साँझ ठक्कर दिंदा राप्तीसोनारी–८ बालापुर की २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारुको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी […]