अपडेट: बैतडीमा जिप दुर्घटना हुँदा चार प्रहरीको मृत्यु, नौ जना घाइते

बैतडी,मंसिर,५-बैतडीमा प्रहरी बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु हुनेमा सबै प्रहरी कर्मचारी रहेका छन् । मृत्यु हुनेमा प्रहरी सहायक हवल्दार अर्जुन कठायत, प्रहरी जवान लोकबहादुर बाठामगर, रमेश साउँद र विर्खबहादुर विष्ट रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । लोकबहादुर, रमेश र विर्खबहादुरको घटनास्थलमै मुत्यु भएको हो […]

स्कुटरले ठक्कर दिँदा गायक भुवन भट्टाराई गम्भीर घाईते

कोहलपुर,बाँके,असोज,१९-बडा दशैंको दिन बाँकेको कोहलपुरमा स्कुटरले ठक्कर दिँदा गायक भुवन भट्टाराई गम्भीर घाईते भएका छन् ।  कोहलपुर निवासी गायक भुवन भट्टराई मामा घर नेपालगंजबाट दशैंको टिका थापेर परिवार सहित घर फर्कदै गर्दा कोहलपुर बसपार्क देखि पैदल हिड्दै गरेको क्रममा कोहलपुर कृषि बजार नजिकै चालकले मदिरा सेवन गरि अनियन्त्रित भएको स्कुटरले ठक्कर दिदा गम्भीर घाइते हुनु भएको […]

दशैंमा देशभर ५५६ वटा सवारी दुर्घटना, ५४ जनाको मृत्यु, हजारभन्दा बढी घाइते

काठमाडौं,असोज,२१-दशैं सुरु भएको फूलपातीको दिन (१६ असोज)यता बिहीबारसम्म मात्रै देशभर ५५६ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीकाअनुसार बितेका ५ दिनमा भएका सवारी दुर्घटनामा ५४ जनाले ज्यान गुमाइसकेका छन्, १ हजार ५७ जना घाइते भएका छन् । प्रहरीले गत वर्षसम्म तुलना नगरेपनि यो वर्ष गत वर्षको दशैंमाभन्दा बढी दुर्घटना भएको अनुमान गरेको छ ।  […]

कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी २ जनाको मृत्यु

कञ्चनपुर,असोज,२०-कञ्चनपुर जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका अमरबस्तीस्थित धनगढी-बेलौरी हुलाकी सडक खण्डमा से७प ४७६५ नम्बरको मोटरसाइकल विद्युतको पोलमा ठोक्किंदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रमुख प्रहरी निरीक्षक नरेश मल्लका अनुसार बिहीबार राति करिब ११ बजे भएको दुर्घटनामा चालक धनगढी उपमहानगरपालिका-३ का […]

रामेछापमा बस दुर्घटना,नौ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं,आषाढ,२१-रामेछापमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। मंगलबार रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो। रामेछापको सुनापती गाउँपालिका-५ र खाँडादेवी गाउँपालिका-१ को सिमानामा भएको बस दुर्घटनामा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजकुमार थिङले जानकारी दिनुभयो।  हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस […]

झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता

काठमाडौं,जेठ,१८-झापाको भद्रपुरका लागि आज (बुधबार) बिहान उडेको बुद्ध एयरको विमान काठमाडौं फिर्ता भएको छ । विमानमा केही समस्या देखिएपछि विमान पुन: काठमाडौं नै फर्किएको हो । विमानको टायरमा समस्या देखिएपछि भद्रपुरका लागि बिहान १० बजेर ४३ मिनेटमा उडेको विमान भद्रपुर नपुग्दै फर्काएर ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । बुद्ध एयरको […]

तारा एयर दुर्घटनामा परेका २२ जनाकै शव र ब्ल्याकबक्स फेला

काठमाडौं,जेठ,१७-मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतवार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ ।  तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतवार बिहान ९:५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ । विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी […]

तेलको ट्यांकर पल्टिएपछि अवरुद्ध पोखरा विमानस्थल खुल्यो

काठमाडौं,जेठ,१७-पोखरा विमानस्थलको धावनमार्ग नजिकै तेलको ट्यांकर पल्टिएपछि अवरुद्ध भएको विमानस्थल सुचारु भएको छ । मंगलबार बिहान हेलिकप्टरमा तेल भर्न जाने क्रममा ट्यांकर पल्टिएपछि धावनमार्ग अवरुद्ध भएको थियो । विमानस्थल अवरुद्ध भएपछि रोकिएको उडान तथा अवतरण सञ्चालनमा आएको छ।दुई वटा क्रेन प्रयोग गरेर पल्टिएको ट्याङकर उठाउने र पोखिएको तेल सफा गरिएको हो । बिहानको सयममा निकै […]

तारा एयरको विमान दुर्घटनाः शव संकलन गरी काठमाडौं ल्याइने

काठमाडौं,जेठ,१६-आइतबारदेखि हराईरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।मुस्ताङको थासाङ गाउँपालिकाको वडा नम्बर २ को सानुसरे भन्ने स्थानमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । मानापाथी हिमालको फेदीमा विमान दुर्घटना भएको हो । यार्सा टिप्न गएका स्थानीय वासिन्दाले सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा विमान फेला पारेका हुन । । स्थानीयले खबर गरेपछि हेलिकप्टरबाट दूर्घटना स्थल पुगेको […]

दैलेख बस दुर्घटनामा मृत्यु हुने चारै जनाको सनाखत

काठमाडौं,जेठ,१२-दैलेखको आठबिस नगरपालिका स्थित सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत भएको छ । बुधबार राति कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म १ ख ६६० नम्मबरको बसदुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा दैलेखकै दुल्लु नगरपालिका–९ का ३२ वर्षीय प्रेम सुनार, ३६ वर्षीय काशिराम पाण्डे, कालिकोटको पलाता गाँउपालिका–३ का ३५ वर्षीय […]