सुर्खेतमा ट्रिपरको ठक्करबाट युवकको मृत्यु भएलगत्तै युवतीले गरिन् आत्महत्या !

सुर्खेत,माघ,१५-सुर्खेतमा ट्रिपरले हानेर मृत्यु भएका केशरबहादुर सिंहको शव देख्ने वित्तिक्कै एक युवतीले विक्षिप्त भएर आत्महत्या गरेकी छिन् । मंगलबार  वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएका  सिंहको मृत्युको पीडा खप्न नसकेर अरुणा शाहीले झुण्डिएर आत्महत्या गरेकी हुन् । कालिकोट महावै गाउँपालिका ३ का सिंहको ट्रिपरले हानेर मृत्यु भएपछि सो क्षेत्र आज दिनभर तनावग्रस्त भएको थियो […]

सुर्खेतमा भोली बुधबार बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी

सुर्खेत,माघ,१४-जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार साँझ ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको छ । वीरेन्द्रनगरको गौतमचोकमा टिपरले ठक्कर दिएर मोटरसाइकलचालक कालिकोट, सिमखेतका २० वर्षीय केशर सिंहको मृत्यु भएको विषयमा तनाव बढेपछि कर्फ्यु लगाइएको हो । पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५०० मिटर क्षेत्रसम्म […]

ट्रिपर दुर्घटना हुँदा दुईको मृत्यु

नुवाकोट,पुस,६- नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नम्बर १२ मा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सडक निर्माणको काम गर्ने मजदुरहरु चढेको ट्रिपर दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला […]

सिन्धुपाल्चोक बस दुर्घटना:१४ को मृत्यु, १८ घाइते, अधिकाँशको अवस्था गम्भीर (अपडेट)

सिन्धुपाल्चोक,मंसिर,२९- सिन्धुपाल्चोक जिल्लाको ६ किलोमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । १८ जना यात्रु घाइते भएका छन् ।मृतकमध्ये दोलखा भीमेश्वर नगरपालिकाकी जुनु तामाङको मात्र सनाखत भएको छ ।घाइतेमध्ये अधिकाँशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दोलखाको कालिन्चोकबाट काठमाडौं आउने क्रममा बा ४ ख ४४६८ नम्बरको बस ६ किलो मोडमा दुर्घटना […]

बागलुङमा जिप दुर्घटना : १४ को मृत्यु १० जनाको सनाखत

बागलुङ,मंसिर,१७- बागलुङ  जिल्लाको पश्चिम बडिगाडमा भएको जिप दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ। गुल्मीको इश्मा गाउँपालिका-५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिकातर्फ जाँदै गरेको जिप भिमगिठेको घोकर्णामा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीले बताउनुभयो।  मध्यपहाडी लोकमार्गबाट करिब ३ सय मिटर तल खोलामा खस्दा गम्भीर घाइते भएका तीन जनालाई भने स्थानीय र प्रहरीले उद्धार गरी स्वास्थ्य […]

अर्घाखाँची बस दुर्घटनाः मृतक सबै १९ जनाकै सनाखत (नामावली सहित)

अर्घाखाँची,मंसिर,१२- अर्घाखाँचीमा यात्रीवाहक बस दुर्घटनामा परी मृत्यु भएका सबै १९ जनाकै सनाखत भएको छ ।बुधबार सन्धिखर्क नगरपालिका वडा नम्बर–६, नरपानीमा लु२ख २१४८ नम्बरको बस दुर्घटना भएको थियो ।दुर्घटनामा ज्यान गुमाउनेहरुमा गाडीधनी र चालकसमेत रहेका छन् । मृत्यु हुनेहरुमा सन्धिखर्क नगरपालिका–७, डिहिडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही स्थानका ५४ वर्षीय बलराम भट्टराई र २२ वर्षीया माया […]

सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना : १७ जनाको मृत्यु, ५४ घाइते (नामावलीसहित)

सिन्धुपाल्चोक,कात्तिक,१७- सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको एक यात्रीवहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको   छ।दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको शैलुङेश्वरी यातायातको बस दुर्घटना भएको आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो। डीएसपी माधवप्रसाद काफ्लेले दिएको जानकारी अनुसार मृतकमध्ये ९ महिला, पाँच बालक, दुई बालिका र एक पुरुष […]

त्रिशूलीमा बस खस्यो, ३ जनाको मृत्यु, १४ को उद्दार

काठमाडौं,साउन,२४- सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ना६ख ७४६९ नम्बरको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिनुभयो । उहाँका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ।  […]

प्रवासी लोक गायक चन्द्र दर्लामी मगर संगको अन्तर्वार्ता (कोरिया)

फुकुओका,जापान,साउन,९- नेपालबाट पछिल्लो समय वैदेशिक रोजगारीको शिलसिलामा सयौंको संख्यामा यूवा जनशक्तीहरु विदेश पलायन भैईरहेका छन् । विदेशी भुमीमा जती सुकै व्यस्त भएता पनी जतीसुकै दुख कष्ट भोग्नु परेपनी मानीसले आफूले गर्न चाहेको काम गरिरहेका हुन्छन् । यस सन्दर्भमा मैले आज वैदेशिक रोजगारीको शिलशिलामा कोरिया ८ वर्ष बसि सक्नु भएका स्याङ्जा जिल्ला बिरुवा गाउपालिका वडा नम्बर तीन खाङराङ […]

महिला फुटबलर पुर्णीमा हमाल ठकुरी संगको अन्तर्वार्ता ( नेपाल )

काठमाण्डौं,असार,१८- नेपाली महिला फुटबलको यतिबेला नेपालमा निकै चर्चा दिन प्रतिदिन चुलिदै गएको छ । पहिले भन्दा अहिले नेपालमा महिला खेलाडीलाई फुटबल खेल्ने वातावरण विस्तारै सहज बन्दै गएको पाईन्छ । फुटबल खेल संसारमै सबैभन्दा धेरै रुचाइने खेलका रूपमा लिइन्छ।तर संसारभरी नै हेर्ने हो भने महिला फुटबल पुरुषको तुलनामा ओझेलमा परेको देखिन्छ।नेपालमा पहिले महिला खेलको वास्तविकता पनि यहि थियो […]