लौ जान्नुहोस् मरिचका फाईदैफाईदा

काठमाण्डौं,फागुन १३ –पिरो मरिचलाई खानेकुरामा एकदमै कम प्रयोग गरिन्छ । हामी कुनै विशेष खाना वा चियामा मरिचको प्रयोग गर्छौं ।यसलाई खानाका परिकारमा मात्र प्रयोग नगरी विभिन्न घरेलु औषधिका रुपमा पनि प्रयोग गरिन्छ । पेट, छाला र हाडसँग जोडिएका समस्याहरुका लागि मरिच धेरै नै प्रभावकारी मानिन्छ। मरिचका बारेमा हामीलाई थुप्रै कुराहरु थाहा नहुन सक्छ। आज तपाईलाई […]

फ्रिजमा सामान राख्दा ध्यान दिनुपर्ने कुरा

काठमाण्डौं,फागुन १३- नबिग्रियोस् र स्वस्थ रहोस् भन्नका लागि फ्रिजमा सामान राख्ने गरिन्छ । तर, फ्रिजमा राख्दैमा सबै सामान बिग्रिँदैन र स्वस्थ रहन्छ भन्ने होइन । कतिपय कुरामा ध्यान दिन सकिएन भने फ्रिजमा सामान राख्दा झनै बिग्रिन सक्छ । खाद्य प्राविधिक मदन चापागाईंले फ्रिजमा सामान राख्दा ध्यान दिनुपर्ने कुराबारे जानकारी दिएका छन् : १. धेरै बिग्रिने, […]

डेगु र स्क्रब्स टाईफस रोग नियन्त्रण गर्न सरकारी कार्यालयहरुलाई अदातलको आदेश

बाँके, फागुन ११-गत कार्तिक महिनामा बाँके  र बर्दियामा देखा परेको डेंगु र स्क्रब्स टाइफस रोगलाई नियन्त्रण गर्न  सरकारी कार्यालयहरुलाई उच्च अदातल नेपालगंजले आदेश दिएको ४ महिना पश्चात मुद्दाको अन्तीम सुनवाई गर्दै आज बाँके र बर्दियाको सरकारी कार्यालयहरुको नाममा  प्रमादेशकको आदेश जारी गरेको छ । उच्च अदालत नेपलागंज इजलाशका न्यायधीशद्धय शेष राज शिवकोटी र रमेश राज […]

बैजापुरमा स्वास्थ्य परिक्षणका लागि डाक्टर सहित १ सय जना स्वास्थ्यकर्मी परिचालन

बाँके,फागुन ६-बाँकेको राप्तीपारी बैजापुर ९ धामपुरमा सर्वसाधारणको स्वास्थ्य परिक्षणका लागि ८ जना डाक्टर खटाईएको छ । स्वास्थ्य परिक्षणका लागि डाक्टर सहित १ सय जना स्वास्थ्यकर्मी टोली त्यहाँ पुगेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय र जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा बिहिबार र आज शुक्रबार टोलीले सर्वसाधारणलाई सेवा दिने जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख […]

रोल्पामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका

रोल्पा,फागुन २-चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । सरकारले गत मङ्सिरदेखि निःशुल्क रुपमा गर्भपतन सेवा सुरु गरेसँगै यो सेवा लिने महिलाको सङ्ख्या वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिनुभयो । असुरक्षित र अनपेक्षित गर्भ भएका महिलालाई यो सेवा फलदायी […]

आँखाका लागि गाजर राम्रो कि अंगुर र ?

आँखाका लागि गाजर राम्रो कि अंगुर र ? एजेन्सी – आँखाको दृष्टिलाई तेज बनाउन तथा बालबालिकालाई दृष्टिबिहीन हुनबाट बचाउन गाँजर खुवाउने गरिन्छ । तर आँखाका लागि गाजर भन्दा पनि अंगुर फलदायी हुने एक नयाँ अध्ययनले देखाएको छ । अंगुर नियमित खाँदा आँखाका लागि निकै लाभदायी हुनुका साथै जीवनको उत्तराद्धमा अन्धोपनबाट बचाउने सो अध्ययनमा उल्लेख छ […]

किन दुख्छ खाना खाने बित्तिकै पेटर ?

एजेन्सी– केही मानिसलाई खाना खानेबित्तिकै नराम्रोसँग पेट दुख्छ। खाना नखाए नि नहुने खाँदा नि पेट दुख्ने। यस्तो समस्याले धेरैलाई सताएको हुनसक्छ। त्यसैले खाना खाने बित्तिकै पेट के कारणले दुख्छ भन्ने कुरा जानियो भने त्यसको समाधान पनि सजिलो हुन्छ। खाना सम्बन्धी एलर्जी, संक्रमण, अल्सर लगायत पेटसम्बन्धी रोगका कारण खाना खाएपछि पेट दुःख्ने गर्छ। ग्यास्ट्रिक र अल्सरका […]

एक सयभन्दा बढी नयाँ कुष्ठरोगी फेला

बर्दिया,माघ १८-कुष्ठरोग निवारण अभियानअन्तर्गत यही माघ १० गतेदेखि हालसम्म जिल्लामा एक सय जना कुष्ठरोगी फेला परेका छन् । कुष्ठ रोग निवारणका लागि सञ्चालित अभियानअन्तर्गत बर्दियामा सोमबारसम्म एक सय २० नयाँ कुष्ठरोगी फेला परेकामा २७ जनामा एमबी र ९० जनामा पिबी प्रकार देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तीन जनाको भने विस्तृत रुपमा जाँच गर्न […]

नेपालगंजमा सुम्नीमा हर्बलद्धारा उत्पादन गरिएका समानहरुको प्रर्दशन

बाँके,माघ ६-ऊँ कस्मेटिक एण्ड फिटनेश टे«ड सेन्टरद्धारा सञ्चालीत स्वास्थ्य सरोकार केन्द्रले आज नेपालगंजमा सुम्नीमा हर्बलद्धारा उत्पादन गरिएका समानहरुको प्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सुम्नीमा हर्बलका उत्पादनहरुको बारेमा बाँके,बर्दियाका ब्यूटिसियनलाई जानकारी दिएको हो । कार्यक्रममा सुम्नीमा हर्बलद्धारा उत्पादन गरिएका फेशियल मिल्कहरुमध्ये ,गोल्ड क्लिजीङ मिल्क, लेमन क्लिजीङ मिल्क, एलोभेरा क्लिजीङ मिल्क यस्तै फेश प्याक,निम प्याक […]

एकै गाविसका पैँतिस जनामा ‘सिकल सेल’

बाँके,माघ ५ – बाँकेको टिटिहिरीया गाविसका ३५ व्यक्तिमा ‘सिकल सेल’ रोग देखा परेको छ ।कोहलपुरस्थित राष्ट्रिय सेवा दल वार्षिक क्याम्पले  बाँकेको टिटिहिरिया गाविसमा आयोजना गरेको चेतनामूलक स्वास्थ्य शिविरमा परीक्षणका क्रममा शङ्कास्पद ५३ जनामा गरिएको सिकल सेल स्कीन टेष्टमा ३५ जनामा सो रोग देखिएको भेरीअञ्चल अस्पतालका डा राजन पाण्डेले बताउनुभयो ।अधिकाशं थारु समुदायका मानिसमा देखिने उक्त […]