काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाइनल खेलको दोस्रो हाफमा बंगलादेशले अग्रता बनाएको छ। दोस्रो हाफको ५१ औं मिनेटमा बंगलादेशका लागी रितुले गोल गर्दै अग्रता बनाएका हुन्। यस्तै गोल खाएको २ मिनेटमै अमिसा कार्कीले गोल गर्दै नेपाललाई खेलमा फर्काएका हुन्। यो पनि पढ्नुहोस् ।। साफ फाईनल : पहिलो हाफ नेपाल र बंगलादेशको खेल बराबरी
होम
साफ फाईनल : पहिलो हाफ नेपाल र बंगलादेशको खेल बराबरी
काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाइनल खेलको पहिलो हाफ नेपाल र बंगलादेशले बराबरी खेलेका छन्। दशरथ रंगशालामा सुरु भएको खेलमा दुवै देशका टिमले बराबरी खेलेका हुन्। खेलको सुरुवाती समयमै नेपाली डिफिण्डरले गरेको गल्ती गर्दा पाएको अवसर बंगलादेशी खेलाडीले सदुपयोग गर्न सकेन।उनले हानेको प्रहार गोल पोष्टको बारमा लागेर फर्किएको थियो। यस्तै : खेलको १० औं मिनेटमा नेपालको तर्फबाट अमिसा […]
महिला साफ च्याम्पियनसीप फाइनल सुरु
काठमाडौं,कार्तीक,१४-महिला साफ च्याम्पियनसीपको फाइनल दशरथ रंगशालामा सुरु भएको छ । फाइनल खेल नेपाल र बंगलादेश भइरहेको छ। यो समाचार तयार पार्दा सम्म कुनै पनि टिमले गोल गर्न भनेको सकेको छैन्।खेल सुरु भएको केहि मिनेटमै बंगलादेशले पाएको सुनौलो अवसर सदुपयोग गर्न सकेन। नेपाली डिफिण्डरले गरेको गल्तीको अवसर गुमाएको हो। यस्तै खेलको १० औं मिनेटमा अमिसा कार्कीले […]
साफ च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश
काठमाण्डौं,कार्तिक,११-नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ। निकै विवाद र मनोरञ्जनात्मक रुपमा सकिएको खेलमा भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना गरेपनि […]
विश्वकप लिग-२: नेपालले आज अमेरिकाविरुद्ध खेल्ने
काठमाडौं,कार्तिक,११-आज नेपालले घरेलु टिम अमेरिकाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ।आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले अमेरिका संग खेल्न लागेको हो। लिगमा नेपाल खराब लयबाट गुज्रिरहेको छ।तालिकाको आठ टिममध्ये सातौँ स्थानमा छ।नेपालले लिगमा आठ खेल खेल्दा एक खेलमा मात्र जित निकाल्दै तीन अंक जोडेको छ। घरेलु टिम अमेरिका भने तालिकाको दोस्रो स्थानमा छ। अमेरिकाले नौ […]
साफ महिला च्याम्पियनसिप : नेपालले भारतको सामना गर्ने
काठमाडौं,कार्तिक,११-साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलहरु आज हुँदैछन्। त्रिपुरेश्वरको दशरथ रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइन खेलमा बंगलादेश र भुटान भिड्नेछन्।खेल दिउसो साँढे तीन बजे शुरु हुनेछ। आजै हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक नेपालले भारतको सामना गर्नेछ।यो खेल साँझ साँढे ६:३० बजे शुरु हुनेछ। साफ महिला च्याम्पियनसिपमा पाँच पटक फाइनलमा पुगेको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको […]
जापानमा नेपालीको संख्या २ लाख नाघ्यो, टोकियोमा सबै भन्दा बढी
काठमाडौं,कार्तिक,३-जापानमा सन् २०२४ मा नेपालीको संख्या २ लाख नाघेको छ। जापानको न्याय मन्त्रालयले सन् २०२४ को जून को अन्त्यसम्म सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालीको संख्या २ लाख ६ हजार ८ सय ९८ जना पुगेको हो। करिब १२ वर्षको अवधीमा आठ गुणाले वृद्धी भएको छ।सन् २०१२ मा जम्मा २४ हजार ७१ जना नेपालीहरु मात्र जापानमा बसोबास गर्थे। […]
आज पनि मान्यजनबाट दशैंको टीका र जमरा लगाइँदै
काठमाडौं,असोज,२७-नेपालीहरुको महान पर्व बडा दसैँको टीका तथा जमरा आज पनि लगाइँदै छ।हिजो मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ। नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट हिजो टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो। टाढाटाढा जानु पर्ने […]
आज बडा दशैं, मान्यजनबाट टिका, जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदै
टोकियो,जापान,असोज,२६-नेपालीहरुको महान् चाडको मुख्य दिन आज बडा दशैं।मान्यजनबाट निधारमा टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदैछ। घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाईंदैछ।आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाईने गरिन्छ। यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक […]
दशैँको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजा गरि मनाईदै
काठमाडौं,असोज,२१-हिन्दु नेपालीहरुको महान चाड बडादशैँको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजाआजा गरि मनाईदैछ। घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ।नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ । यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी […]







