काठमाण्डौं,कार्तिक,११-नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा प्रवेश गरेको छ। निकै विवाद र मनोरञ्जनात्मक रुपमा सकिएको खेलमा भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो।निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना गरेपनि […]
होम
विश्वकप लिग-२: नेपालले आज अमेरिकाविरुद्ध खेल्ने
काठमाडौं,कार्तिक,११-आज नेपालले घरेलु टिम अमेरिकाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ।आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेपालले अमेरिका संग खेल्न लागेको हो। लिगमा नेपाल खराब लयबाट गुज्रिरहेको छ।तालिकाको आठ टिममध्ये सातौँ स्थानमा छ।नेपालले लिगमा आठ खेल खेल्दा एक खेलमा मात्र जित निकाल्दै तीन अंक जोडेको छ। घरेलु टिम अमेरिका भने तालिकाको दोस्रो स्थानमा छ। अमेरिकाले नौ […]
साफ महिला च्याम्पियनसिप : नेपालले भारतको सामना गर्ने
काठमाडौं,कार्तिक,११-साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेलहरु आज हुँदैछन्। त्रिपुरेश्वरको दशरथ रंगशालामा जारी प्रतियोगिताको पहिलो सेमिफाइन खेलमा बंगलादेश र भुटान भिड्नेछन्।खेल दिउसो साँढे तीन बजे शुरु हुनेछ। आजै हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक नेपालले भारतको सामना गर्नेछ।यो खेल साँझ साँढे ६:३० बजे शुरु हुनेछ। साफ महिला च्याम्पियनसिपमा पाँच पटक फाइनलमा पुगेको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको […]
जापानमा नेपालीको संख्या २ लाख नाघ्यो, टोकियोमा सबै भन्दा बढी
काठमाडौं,कार्तिक,३-जापानमा सन् २०२४ मा नेपालीको संख्या २ लाख नाघेको छ। जापानको न्याय मन्त्रालयले सन् २०२४ को जून को अन्त्यसम्म सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालीको संख्या २ लाख ६ हजार ८ सय ९८ जना पुगेको हो। करिब १२ वर्षको अवधीमा आठ गुणाले वृद्धी भएको छ।सन् २०१२ मा जम्मा २४ हजार ७१ जना नेपालीहरु मात्र जापानमा बसोबास गर्थे। […]
आज पनि मान्यजनबाट दशैंको टीका र जमरा लगाइँदै
काठमाडौं,असोज,२७-नेपालीहरुको महान पर्व बडा दसैँको टीका तथा जमरा आज पनि लगाइँदै छ।हिजो मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ। नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट हिजो टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो। टाढाटाढा जानु पर्ने […]
आज बडा दशैं, मान्यजनबाट टिका, जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदै
टोकियो,जापान,असोज,२६-नेपालीहरुको महान् चाडको मुख्य दिन आज बडा दशैं।मान्यजनबाट निधारमा टिका, पहेँलो जमरा र आशिर्वाद ग्रहण गरेर मनाईंदैछ। घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाईंदैछ।आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा यो चाड मनाईने गरिन्छ। यो दिन मर्यादा पुरुष श्रीरामले रावणको अन्त्य गरेको वा देवी भगवतीले महिषसुरको वध गरेको धार्मिक […]
दशैँको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजा गरि मनाईदै
काठमाडौं,असोज,२१-हिन्दु नेपालीहरुको महान चाड बडादशैँको पाँचौं दिन आज स्कन्दमाता भगवतीको पूजाआजा गरि मनाईदैछ। घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ।नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ । यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी […]
नेपाल प्रिमियर लिग अक्सनमा : रु १५ लाखमा १२ खेलाडी बिके
काठमाडौं,असोज,२०-नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको आज भएको अक्सनमा रु.१५ लाखमा १२ खेलाहरु बिकेका छन्। १५ लाखमा बिक्रि (सोल्ड) हुने खेलाडीहरुको नामावली ।। १. ललितनारायण राजवंशी – जनकपुर बोल्ट्स -ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा बिक्री भएका छन्। उनलाई किन्न आठै टोलीमा इच्छा देखाएका थिए। तर, बिड १५ लाखसम्म पुगेपछि गोला प्रथाबाट जनकपुर बोल्ट्समा पुगेका […]
जापानलाई नेपाल जस्तो नबनाईदिनु : वरिष्ठ सञ्चारकर्मी भूषण दाहाल
टोकियो,जापान,१९-वरिष्ठ सञ्चारकर्मी भूषण दाहालले जापानलाई नेपाल जस्तो नबनाईदिन सम्पुर्ण नेपाली नागरिकलाई अनुरोध गर्नु भएको छ। आज शनिबार टोकियोको सिनओकुबो स्थित सोलमारी रेष्टुरेण्टको मुरा हलमा सिटी एक्सप्रेस र समुन्द्रपारी डटकमले संयुक्त आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको प्रश्नको जवाफ दिने क्रममा उहाँले जापान बस्ने सम्पुर्ण नेपाली नागरिकलाई यस्तो कुरा बताउनु भएको हो। वरिष्ठ संचारकर्मी “दाहालले भन्नुभयो” […]
आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै
काठमाडौं,असोज,१९-नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको तेस्रो दिन आज शनिवार नवदुर्गाका नौवटा रूपमध्ये ‘चन्द्रघण्टा’ नाम गरेकी दुर्गा भवानीको पूजापाठ तथा दर्शन गरेर दसैं मनाइँदै छ। आजको दिन पनि पहिलो दिनजस्तै नित्य पूजा गरेर विशेष रूपमा चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने शास्त्रमा उल्लेख छ। उनलाई खुसी पारी कार्यसिद्ध गर्न ‘ॐ ऐं ह्रीं […]








