जापानमा कामदारहरुलाई ७० वर्षसम्म काममा राख्ने कानून लागू

जापान,चैत,२०-जापानमा कर्मचारीहरुलाई ७० वर्षको उमेरसम्मै काममा राख्न कम्पनीहरुले कोशिश गर्नु पर्ने नयाँ कानून लागू भएको छ ।  हालसम्म कर्मचारीहरुले काम गर्न चाहनेमा कम्पनीहरुले ६५ वर्षको उमेरसम्म उनीहरुलाई काममा राख्नु पर्ने व्यवस्था थियो । तर बिहीवारदेखि संसोधित कानून लागू भएपछि कम्पनीहरुसमक्ष बुढा कामदारहरुलाई काममा राखिराख्न पाँच विकल्प रहेको छ ।  पहिलो विकल्पमा कर्मचारीको सेवानिवृत्तिको उमेर बढाएर […]

कोराेनाबाट विदेशमा ३ सय ४५ जना नेपालीको निधन

काठमाडौं,चैत,१५-कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जनाको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । गैरआवासीय नेपाली संघ -एनआरएनएका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म […]

अर्नब गोस्वामीलाई पक्राउ गर्नुभन्दा तीन दिन अघि सूचना दिन अदालतको आदेश

एजेन्सी,चैत,११-भारतको रिपब्लिक टेलिभिजनका प्रधानसम्पादक अर्नब गोस्वामीलाई पक्राउ गर्र्नुभन्दा तीन दिन अघि सूचना दिन बम्बइ उच्च अदालतले प्रहरीलाई आदेश दिएको छ । टेलिभिजन रेटिङ पोइन्ट (टीआरपी) छेडछाडको मुद्दाको सम्बन्धमा अदालतले यस्तो आदेश दिएको हो ।अर्नब गोस्वामी आत्महत्या दुरुत्साहनको मुद्दामा जमानतमा छुटेका थिए । ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय नाइकको आत्महत्याको घटनाको सम्बन्धमा उनलाई ४ नोभेम्बरमा घरबाटै […]

भारतमा थप ४० हजारमा कोरोना संक्रमण,१ सय ९७ जनाको मृत्यु

काठमाडौं,चैत,१०-कोरोना संक्रमणको दोस्रो लहरको चपेटामा परेको भारतमा पछिल्लो २४ घण्टामा थप ४० हजार बढी संक्रमित भएका छन् । १ सय ९७ जनाको मृत्यु भएको छ । पछिल्लो तथ्याङक अनुसार भारतमा हालसम्म संक्रमितको संख्या १ करोड १६ लाख ८६ हजार ३३० पुगेको छ । ती मध्ये १ करोड ११ लाख ७९ हजार ५९ बिरामी निको भइसकेका […]

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्री हसिनाको भेटवार्ता

काठमाडौं,चैत,९-राष्ट्रपति विद्यादेवी भण्डारीसँग बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सोमबार बङ्गलादेशको राजकीय भ्रमणमा जानुभएका राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री हसिनाले राजधानी ढाकामा रहेको होटेल कन्टिनेन्टलमा भेटवार्ता गर्नुभएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनसहित दुबै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्तामा दुई देशबीचको […]

म्यानमार प्रदर्शनमा हालसम्म सेनाको गोली लागी १३८ जना मारिए

म्यान्मार,चैत,३-म्यान्मारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता कब्जा गरेपछि विरोधमा उत्रिएका प्रदर्शनकारीहरुमाथि सेनाले चलाएको गोली लागेर हालसम्म १३८ जनाको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार आइतबार एकै दिन आन्दोलनमा ३७ जना मारिए । राष्ट्रसङ्घ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गरेको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । शनिबार भने १८ जनाको मृत्यु भएको थियो […]

भारत स्वतन्त्र भएपछि पहिलोपटक महिलालाई फाँसी दिइँदै

एजेन्सी,चैत,२-भारत स्वतन्त्र भएपछि देशमा पहिलोपटक महिलालाई फाँसीको सजाय हुने भएको छ । फाँसीको लागि मथुराको जेलल तयारी सुरु गरेको छ । अमरोहाकी स्थानीय शबनमलाई फाँसीको सजाय सुनाइएको हो । फाँसीका लागि जेलर पवन जल्लादले दुई पटकसम्म फाँसीघरको निरीक्षण गरिसकेका छन् । २००८ को अप्रिल महिनामा शबनमले प्रेमीसँग मिलेर सातजनाको परिवारको हत्या गरेकी थिइन् । उक्त […]

सुरक्षाकर्मीको गोलीबाट म्यानमारमा १२ जनाको मृत्यु

काठमाडौं,चैत,१-म्यानमारको सैन्य शासक झन क्रुर  बन्दै गएको छ।  सुरक्षाकर्मीले शनिबार श्रद्धाञ्जली सभामा अन्धाधुन्ध गोली चलाएर १२ जना सर्वसाधारणको हत्या गरेका छन्। सैन्य शासकको गोलीबाट हत्या गरिएका एक छात्रको पुन्यतिथिमा सहभागी भएका नागरिक माथि सुरक्षाकर्मीले गोली चलाएका थिए। म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डले र प्याये शहरमा उनीहरुको ज्यान गएको रोयटर्सले जनाएको छ। मृत्यु हुनेमा १३ […]

च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरियो युभेन्ट्स

काठमाडौं,फाल्गुन,२६-इटालियन च्याम्पियन युभेन्ट्स जारी सिजनको यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएको ।  मंगलबार राती भएको दोस्रो लेगमा घरेलु मैदानमा पोर्टोलाई पराजित गरेपनि समग्रमा अवे गोलको आधारमा युभेन्ट्ले क्वाटरफाइनल यात्रा तय गर्न सकेन। गएराति अतिरिक्त समयमा लम्बिएको खेल ३-२ मा सकिएको थियो। त्यसअघि पहिलो लेग पोर्टोले २-१ ले जितेको थियो ।समग्रमा ४-४ को बराबरी भएपनि […]

ट्युनिसियामा डुंगा दुर्घटना : कम्तिमा १४ आप्रवासीको मृत्यु, १३९ को उद्धार

काठमाडौं,फागुन,२६-ट्युनिसियाको सामुद्रिक क्षेत्रमा डुंगा दुर्घटना हुँदा कम्तिमा १४ आप्रवासीको मृत्यु भएको छ। ट्युनिसियाली राष्ट्रिय सुरक्षा गार्डका अनुसार अत्यधिक भारका कारण डुंगा दुर्घटनामा परेको हो। ज्यान गुमाउने १४ जना र उद्धार गरिएका १३९ जना सबै आप्रवासी हुन्। राष्ट्रिय सुरक्षा गार्डका प्रवक्ता ह्युसेम एडिन जबालीका अनुसार डुंगा सोमबार राति अफ्रिकी साहारा क्षेत्रबाट छुटेको थियो। गरिबी र द्वन्द्वका कारण […]