काठमाण्डौ,भदौ,२५- भारतको पुनेमा आज सोमबार सुरु हुने बिमस्टेक राष्ट्रहरूको पहिलो संयुक्त सैन्य अभ्यासबाट नेपालसँगै थाइल्याण्ड पनि पछि हटेको छ। २५ भदौबाट ३१ सम्म चल्ने संयुक्त सैन्य अभ्यास भारतीय सेनाले आयोजना गरेको हो, जसमा बिमस्टेक राष्ट्रहरू म्यानमार, थाइल्याण्ड, भुटान, बंगलादेश, श्रीलंका र नेपालका सेनालाई निम्त्याइएको थियो। बिमस्टेक राष्ट्रहरूको चौथो शिखर सम्मेलनको क्रममा काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र […]
अन्तराष्ट्रिय
बिम्स्टेकको चौथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा
काठमाण्डौं,भदौ,१२- काठमाडौंमा यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।सम्मेलनमा सहभागी हुन आउने बिम्स्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखको स्वागतका लागि राजधानी झकिझकाउ पारिएको छ । सम्मेलनमा भाग लिन बंगलादेश, भारत, म्यानमार, श्रीलंका, भुटान र थाइल्यान्डका कार्यकारी प्रमुख […]
अमेरिकामा आँधीसहितको वर्षाले हजारौं नागरिक विस्थापित
वासिंटन,भदौ,८- अमेरिकाको हवाई प्रान्तमा भारी बर्षा र आँधीका कारण हजारौं मानिस विस्थापित भएपछि आपतकालिन अवस्था घोषणा गरिएको छ । बाढी र पहिरोका कारण सयौं घर डुबानमा पर्नुका साथै दर्जनौं घर भत्केका छन् । हवाई लगायत अलोहा शहर डुबानमा पर्दा यी दुबै शहरका अधिकांश स्कूल र कलेज बन्द गरिएका छन् । आन्तरिक र बाह्य उडान रद्द […]
एसियाकै ठूलो खेल महोत्सव १८ औं एसियाड इन्डोनेसियामा सुरु हुँदै
काठमाण्डौं,भदौ,२- एसिया महादेशकै सबैभन्दा ठूलो खेल महोत्सव एसियाडको १८ औं संस्करण इन्डोनेसियामा आज सुरु हुँदैछ। नेपाली समय अनुसार साँझ ६: बजे सेन्ट्रल जाकर्ताको गेलोरा बुङ कार्नो रंगाशालमा उद्घाटन समारोह सुरु हुनेछ।इन्डनेसियाका राष्ट्रपति जोको विडोडोले एसियाडको उद्घाटन गर्नेछन्। उद्घाटन समारोहलाई ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन्। उद्घाटन समारोहको टिकट शुक्रबार नै बिक्री भइसकेको आयोजकले जनाएको छ।समारोहमा इन्डोनेसियाका […]
भारतको केरलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुग्यो
काठमाडौं,भाद्र,२- भारतको केरला राज्यमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ ।केरला राज्यका १३ जिल्लामा केही दिनदेखि भइरहेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोका कारण ठूलो क्षति भएको हो । केरलाको पछिल्लो एक सय वर्षको इतिहासमै सबैभन्दा ठूलो बाढी आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।केरला सरकारले कासरगोडबाहेक सबै […]
दलालको फन्दामा परेका ३९ नेपाली महिलाको नयाँ दिल्लीबाट उद्धार
काठमाडौं,साउन,१६- भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । आज बिहान दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको अग्रसरतामा उनीहरुलाई दलालको फन्दाबाट उद्धार गरिएको हो । तेस्रो मुलुक पठाउनका लागि उनीहरुलाई पहाडगञ्जको एक होटलमा राखिएको अवस्थामा उद्धार गरिएको मालिवालले जनाएकी छन् । राति १ बजेदेखि बिहान पौने ६ बजेसम्म प्रहरीसमेतको सहयोगमा उक्त होटलमा छापा […]
विश्व हेलिकोप्टर प्रतियोगिता सुरु
मिन्स्क (बेलारुस),साउन,९- बेलारुसको राजधानी मिन्स्कमा मंगलबारदेखि हेलिकोप्टर प्रतियोगिता सुरु भएको छ ।उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ । मिन्स्कस्थित लिप्की एअरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधासम्पन्न एरो क्लबमा सुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६औं हो । यहाँ हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदन्डकाबारेमा प्रदर्शन हुने बताइएको छ । […]
विश्वकपको उपाधी फ्रान्सलाई : क्रोएसिया ४-२ पराजीत
काठमाडौं,असार,३१- रसियामा जारी विश्वकपको फाईनल खेलमा आज क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो । खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो […]
विश्वकप फाइनल अर्जेन्टिनाका रेफ्रीले खेलाउने
काठमाडौँ,असार,२९- क्रोएसिया र फ्रान्सबीचको विश्वकप फाइनल खेल अर्जेन्टिनाका रेफ्रीले खेलाउने भएका छन् । रसिया र साउदी अरबबीचको उद्घाटन खेल खेलाएका अर्जेन्टिनाका रेफ्री नेस्टोर पिटानाले नै फाइनल खेले खेलाउने भएका छन् । फिफाले नेस्टोर पिटानालाई फाइनल खेल खेलाउने जिम्मा सुम्पिएको हो । आइतवार राति मस्कोमा हुने फाइनल खेलाउने ४३ वर्षीय उनले विश्वकप उपाधि भिडन्तको खेल खेलाउने […]
फुकुओकामा भोली हुने भनीएको फुटसल प्रतीयोगीता स्थगीत
फुकुओका,जापान,असार,२२- जापानको फुकुओकामा भोली शनीबार हुने भनीएको फुटसल प्रतीयोगीता स्थगीत भएको छ ।श्री गणेश खुकुरी एफ.सी.को आयोजनामा तेस्रो समर कप फुटसल प्रतीयोगीता २०१८ भोली हुने भनीएको थियो । तर जापानभरी नै केहि दिन देखी परेको अविरल वर्षाका कारण खेल मैदान खेल्नलाई सहज नहुने भएकोले अन्तत खेल स्थगीत गर्न बाध्य भएको आयोजक टिमले बिहानीलाई जानकारी दिएको छ […]