जापानमा अविरल वर्षा : सुरक्षीत ठाँउमा बस्न सुझाव

कित्ताक्यूशु,जापान,असार,२२- जापानमा निरन्तर अविरल वर्षा भईरहेको छ ।केहि दिन देखी जापानका विभिन्न ठाँउमा परेको वर्षा र हावा हुरीबतासका कारण जापानको उत्तरी भेग अर्थात कित्ता क्यूशु क्षेत्र र फुकुओकाको निशी कु, ज्योनान कु, ओनोजो लागायतका केहि त्यस्ता ठाँउहरुमा  बाढी पहिरो जान सक्ने, जमीन भाषिन सक्ने आशंका गरिएको छ। त्यस्ता आशंका गरिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुलाई लक्षीत गरी मोबाईल मार्फत […]

विश्वकप फुटबल आजबाट शुरु हुदै : पहिलो खेल रसिया र साउदी अरबीयाबीच हुने

रसिया,मस्को,जेठ,३१- विश्वकप फुटबल प्रतियोगिता २०१८ आजबाट शुरु हुदैछ। विश्वकप फुटबलमा ३२ वटा वटा राष्ट्रहरूको टोलीले सहभागीता जनाउदैछन् ।रसियाको राजधानी मस्कोमा आज साँझ भव्य रुपमा विश्वकप समारोह उद्घाटन हुदैछ । उद्घाटन लगत्तै आयोजक रसिया र एसियाली मुलुक साउदी अरबीयाबीच पहिलो खेल नेपाली समय अनुसार बेलुका ८:४५ हुनेछ ।रसियाका विभिन्न ११ शहरमा एक महिनासम्म चल्ने विश्वकप फुटबलमा कुल ६४ खेल हुनेछन् […]

ट्रम्प र किमबीच चारबुँदे सहमतिमापत्रमा हस्ताक्षर

काठमाडौं,जेठ,२९- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले प्योङयाङलाई सुरक्षा ग्यारेन्टीको बदलामा पूर्णपरमाणु निःशस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने ऐतिहासिक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरको सेन्तोसा टापुमा अवस्थित कापेला होटलमा दुई नेताबीच भएको वार्तापछि चारबुँदे सहमतिमा हस्ताक्षर भएको हो ।सहमतिपत्रमा ‘संयुक्तराज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका […]

डोनाल्ड ट्रम्प र किम जोंग बिच आज ऐतिहासिक भेटवार्ता हुँदै

सिंगापुर,जेठ,२९- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीच आज सिंगापुरमा एक ऐतिहासिक भेट हुँदैछ । दुबै देशका नेता अर्थात् अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका शासक किम जोंग उन भेटघाटका लागि सिंगापुर पुगिसकेका छन् ।  अमेरिकाले भेटघाट अपध उत्तर कोरियालाई आफ्नो परमाणु कार्यक्रम बन्द गर्नुपर्ने शर्त राखेको थियो । तर […]

स्टाइलिस बनेर रूस पुग्यो ब्राजिलियन टोली

काठमाण्डौं,२८- बिहिबार देखि हुने २१औं संस्करणको फिफा विश्वकपका लागि अभ्यास खेल सकेर विश्वकपका लागि ब्राजिलियन टोली रूस पुगेको छ। अभ्यास खेलमा अष्ट्रियालाई ३–० ले हराएको नेइमारसहितको टोली भियनाबाट आइतबार राति सोची पुग्दा सबै जना सुटेडबुटेड थिए। टोलीका सबै सदस्यले निलो सुट, सर्ट र टाई लगाएका थिए। सोची विमानस्थलमा ब्राजिलियन टोलीको स्वागत गर्न स्थानीय समर्थक जम्मा भएका […]

अमेरिकी राष्ट्रपतिसँग वार्ताका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा

  सिंगापुर, जेठ २७- उत्तर कोरियाका नेता किम जोङ उन सिंगापुर पुगेका छन् ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको ऐतिहासिक वार्ताका लागि किम सिंगापुर पुगेका हुन् । किम र ट्रम्पबीच आउँदो मंगलबार सिंगापुरको एक टापुमा वार्ता हुँदैछ ।दुई नेताबीचको पहिलो पटक प्रत्यक्ष वार्ता हुन लागेको हो । सिंगापुरको विदेश मन्त्रालयले उत्तर कोरियाली नेता किम सिंगापुर आइपुगेको जनाएको […]

ट्रम्प–किम शिखर वार्ता : सुरक्षाको जिम्मा गोर्खालीलाई

काठमाण्डौं,जेठ,२२- यसै महिनाका लागि तय भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा हुने ऐतिहासिक शिखर वार्ताको सुरक्षा नेपाली गर्ने भएका छन् । रोयटर्समा प्रकाशित समाचार अनुसार बहुप्रतिक्षित ट्रम्प–किम वार्तास्थलको सुरक्षा सिंगापुर प्रहरीमा रहेका गोर्खाली अर्थात नेपाली सुरक्षाकर्मीलाई जिम्मा दिइएको हो ।  वार्ताका क्रममा ट्रम्प र किमका आफ्नै व्यक्ति सुरक्षा टोली […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल आउदै

काठमाण्डौं,बैशाख,२८- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज नेपाल भ्रमणमा आउदै हुनुहुन्छ ।भारतीय प्रधानमन्त्रीकारूपमा मोदीले तेस्रोपटक नेपालको भ्रमण गर्न लाग्नु भएको हो । दिल्लीबाट सिधै भारतीय वायुसेनाका तीन हेलिकप्टरबाट प्रधानमन्त्री मोदी सहितको टोली बिहान १० बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछन् ।मोदीलाई नेपाल सरकारको तर्फबाट रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्नेछन् । मोदीको स्वागतका लागि मुख्यमन्त्री राउत पनि विमानस्थल पुग्नेछन् । […]

जापानमा अवसर र चुनौतीको सामाना गर्न सके भविष्य छ

बिहानी सम्वाददाता/ जापान,बैशाख,१३- विगतका वर्ष भन्दा पछिल्लो समय थुप्रै नेपालीहरु विद्यार्थी भिषा र रोजगारीका लागी हरेक दिन हजारौंको संख्यामा विदेश पलायमान भईरहेका छन् । विश्वका विभिन्न देशहरु मध्य नेपाली विद्यार्थीको रोजाईमा पर्न सफल एक देश हो जापान, यहाँ हरेक वर्ष नेपाली विद्यार्थीहरुको आउने क्रम बढ्दो संख्यामा रहेको छ ।  वास्तवमा जापान कस्तो होला ? के होला । अनी […]

चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय : परराष्ट्रमन्त्री

काठमाडौं, वैशाख ७- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (बीआरआइ) बृहत् शान्ति, समृद्धि र एकताका निम्ति भएको उल्लेख गर्दै त्यसमा चीनसँग सहकार्य गर्नु नेपालका लागि गर्वको विषय भएको बताउनु भएको छ ।   चीनको औपचारिक भ्रमणमा रहेका मन्त्री ज्ञवालीले सिचुवान प्रान्तको राजधानी छेन्दुस्थित सिचुवान विश्वविद्यालयले आज विश्वविद्यालयको प्रेक्षालयमा आयोजना गरेको […]