जापानको फुकुओकामा एक नेपाली विद्यार्थीको रहस्यमय मृत्यु

मिलन मगर/ फुकुओका,जापान,माघ,१३- जापानको फुकुओकामा एक नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको छ । फुकुओकाको एक व्यवसायीक स्कूलमा पहिलो वर्षमा अध्ययनरत अर्घाखाँची सन्धीखर्क नगरपालिका ११ दिर्भमका २३ वर्षीय प्रकाश आचार्यको मुत्यु भएको हो । आचार्यलाई माघ १० गते अर्थात २४ जनवरीमा समुद्रको नजिकै रहेको जंगलमा मृत अवस्थामा फेला पारेको “वी फर अल जापानका” अध्यक्ष बाबुराम पौडेलले जानकारी दिनुभयो । […]

लिबियामा बम बिस्फोटमा परी २७ जनाको मृत्यु

एजेन्सी,माघ,१०- लिबियामा गराइएका श्रृंखलाबद्ध बम बिस्फोटमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ । पुर्वी लिबियास्थित बेंघाजी शहरमा एक मस्दिज नजिकै श्रृङ्खलाबद्ध कार बम विष्फोट हँदा २७ भन्दा बढीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । एउटै स्थानमा भएको छुट्टाछ्ट्टै दुई विष्फोटमा कम्तीमा ३० जना घाइते भएको छन् । मृत्यु भएकामा अधिकांश सेना र सर्वसाधारण […]

उत्तर कोरियाली राजदूत र प्रचण्ड विच भेटवार्ता

काठमाण्डौ,माघ,७- नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हाक र प्रचण्ड बिच आज भेटवार्ता भएको छ । किम योङ हाक पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालय पुगेर प्रचण्डलाई उत्तर कोरिया भ्रमणको निम्तो दिनुभएको हो । आगामी सेप्टेम्बर महिनामा कोरियन श्रमिक पार्टीको ७० औं पार्टी स्थापना दिवस आयोजना गरिएको जानकारी दिँदै कार्यक्रममा आतिथ्यताका लागि राजदूत हाकले प्रचण्डलाई निम्तो दिनुभएको […]

आज दुई कोरियाबीच उच्चस्तरीय वार्ता, सम्बन्ध सुधारको अपेक्षा

सोल, पुस,२५- दुई कोरियाबीच पछिल्लो दुई वर्षमा मंगलबार पहिलो पटक उच्चस्तरीय वार्ता हुँदैछ । उत्तर कोरिया र दक्षिण कोरियाबीच स्थानीय समयअनुसार बिहान १० बजे उच्चस्तरीय वार्ता हुन लागेको हो । दक्षिण कोरियाको प्रस्तावमा दुई देशबीचको सीमा क्षेत्रमा वार्ता हुने तय भएको हो । पछिल्ला दुई वर्षमा दुई कोरियाबीच पहिलो पटक उच्चस्तरीय वार्ता हुन लागेको हो । […]

अन्तर्राष्ट्रिय नाकाबन्दीको उत्तर कोरियाद्वारा कडा शब्दमा निन्दा

सोल,पुस,९- उत्तर कोरियाले एकपछि अर्को शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको विरोधमा संयुक्त राष्ट्रसंघले उसमाथि थपेको अर्को नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ । अघिल्लो हप्तामात्र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा गरिएको मतदानबाट उसलाई यसअघि लगाइएको नाकाबन्दीमा निरन्तरता दिनुका साथै थप नाकाबन्दीको पनि घोषणा गरिएको थियो । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका सदस्यहरुलाई सो सम्बन्धी मतदानको एजेण्डा […]

नेपालको कुटनीतिक सम्बन्ध अब राष्ट्रसंघका ८० प्रतिसत मुलुकसँग

काठमाण्डौं,पौष,८- संयुक्त राष्ट्रसंघका ८० प्रतिसत सदस्य राष्ट्रसँग नेपालले आफ्नो कुटनीतिक सम्बन्ध बिस्तार गर्न सफल भएको छ। पछिल्लो पटक शनिवबार (८ पुष २०७४ तदनुसार २२ डिसेम्बर २०७४) पश्चिमी युरोपको लिच्टेन्स्टाइनसँग कुटनीतिक सम्बन्ध स्थापना गरेसँगै राष्ट्रसंघका सदस्यमध्ये नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको संख्या ८० प्रतिसत पुगेको हो। र, यो प्रतिसतसँगै नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएका मुलुकको […]

विश्वका ५७ मुस्लिम देशहरुको आक्रोशः ट्रम्पको निर्णय ‘गैरकानुनी’ भएको ठहर

काठमाडौं, मंसिर,२८- विश्वका ५७ मुस्लिम देशले इजरायलको अधिनमा रहेको पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनको राजधानीको रुपमा मान्यता दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआइसी)को आह्वानमा टर्कीको इस्तानबुलमा बसेको ५७ वटा इस्लामिक देशहरुको आपतकालीन भेलाले प्यालेस्टाइनको राजधानीको रुपमा नै जेरुसेलमलाई मान्यता दिन आह्वान गरेको हो । भेलाले अमेरिकाले इजरायलको राजधानीको रुपमा जेरुसेलमलाई मान्यता […]

भारतीय ड्रोनले सीमा नाघेपछि चीनले गर्‍यो कडा विरोध

काठमाण्डौं,मंसिर,२१- अनधिकृत रुपमा आफ्नो क्षेत्रमा ड्रोन प्रवेश गराएको भन्दै चीनले भारतसँग विरोध जनाएको छ। चिनियाँ जनमुक्ति सेनाको वेस्टर्न थिएटर कमान्डका ज्वाइन्ट चिफ अफ स्टाफ झाङ सुइलीले स्थान नखुलाई हालैका दिनमा एक भारतीय ड्रोन आफ्नो क्षेत्रमा प्रवेश गरेर दुर्घटनाग्रस्त भएको बताएका छन्। उनले सो कदमबाट चीनको क्षेत्रीय सम्प्रभूता अतिक्रमित भएको बताउँदै यसका विरुद्ध कडा असन्तुष्टि र […]

रुसी राष्ट्रपति पुटिन आगामी निर्वाचनमा पनि राष्ट्रपतिको उम्मेदवार बन्ने

काठमाडौं, मंसिर,२१- रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवार बन्ने भएका छन् । आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा उनी चौथो कार्यकालका लागि उम्मेदवार बन्न लागेका हुन् । रुसको एक कारखानाका मजदुरलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो उम्मेदवारीका बारेमा प्रष्ट पारेका हुन् । सन् २००० मा पहिलो पटक राष्ट्रपति बनेका पुटिन कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति […]

जापानी प्रधानमन्त्री आबेको सत्तारुढ गठबन्धनलाई दुई तिहाई बहुमत

जापान,कार्तीक,६- जापानमा भएको मध्यावधि चुनावमा प्रधानमन्त्री सिन्जो आबेको सत्तारुढ गठबन्धनले जित हात पारेको छ । प्रधानमन्त्री आबेको लिबरल डेमोक्रेटिक पार्टी नेतृत्वको गठबन्धनले दुई तिहाई बहुमत प्राप्त गरेको छ । गठबन्धनले ३ सय १२ स्थानमा जित हात पारेको बीबीसीले उल्लेख गरेको छ । योसँगै विश्वयुद्धपछि शान्तिलाई प्राथमिकतामा राखेर निर्माण भएको जापानी संविधान संशोधन गर्ने प्रधानमन्त्रीको महत्वाकांक्षा […]