राष्ट्रसंघ मानवअधिकार परिषद्मा सर्वाधिक मत ल्याएर नेपाल विजयी

काठमाण्डौं,असोज,३१- संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा नेपाल सर्वाधिक मत ल्याएर निर्वाचित भएको छ। अमेरिकाको न्युयोर्कमा सोमबार साँझ भएको निर्वाचनमा नेपाल सबैभन्दा बढी १६६ मत ल्याएर विजयी भएको हो। परिषद्को सदस्यमा एशिया प्रशान्त क्षेत्रबाट नेपालसहित कतार, पाकिस्तान र अफगानिस्तान विजयी भएका छन्। नेपाल १६६, कतार १५५, पाकिस्तान १५१ र अफगानिस्तान १३० मत ल्याएर विजयी भएका हुन्। […]

दार्जिलिङबाट अर्धसैनिक बल फिर्ता

काठमाण्डाैं,असाेज,३०- केन्द्र सरकारको गृह मन्त्रालयले दार्जि्लिङवाट अर्ध सैनिक सुरक्षा बललाई फिर्ता बोलाउन निर्देशन दिएको छ । गृहको निर्देशन लगत्तै आज बिहानैदेखि दार्जि्लिङमा तैनाथ १५ कम्पनीमध्ये ७ कम्पनी केन्द्रीय रिजर्भ पुलिस फोर्स र ३ कम्पनी सशस्त्र प्रहरी बल फिर्ता हुन थालेका छन् । गोर्खाल्याण्ड आन्दोलन चर्किएपछि दार्जि्लिङमा १५ कम्पनी केन्द्रीय सुरक्षा बल तथा करिब १ हजारको […]

सी जिनपिङसँग अहिले डोनाल्ड ट्रम्पसँग भन्दा बढी शक्ति छ

काठमाण्डौं,असोज,३०- अमेरिकी राष्ट्रपतिहरूमा चिनियाँ समकक्षीबारे धक मानेर व्याख्या गर्ने बानी छ । चाकरी शैलीमा रिचार्ड निक्सनले भनेका थिए, ‘माओत्से तुङले ‘संसार परिवर्तन गरे ।’ जिम्मी कार्टरका लागि देङ सियाओ पिङ विशेषणयुक्त व्यक्तित्व थिए, ‘स्मार्ट, कडा, बौद्धिक, मिजासिलो, साहसी, रूपवान्, आत्मविश्वासी, मैत्रीपूर्ण ।’ बिल क्लिन्टनले तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनलाई ‘दूरदर्शी’ र ‘असाधारण बौद्धिकता’ भएको व्यक्तिका […]

चिनियाँ राष्ट्रपति सी जिनफिङका : पाँच वर्षका पाँच उपलब्धि

काठमाण्डौं,असोज,२८- बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रपति सी जिनफिङ नेतृत्वले ५ वर्षमा गरेका कामको लेखाजोखा चलिरहेको छ। सुविधाजनक सर्वसाधारणको जीवनस्तर, विश्वमा फैलिँदो चिनियाँ सँस्कृति, सामाजिक सद्भावले बलियो समाज, आर्थिक प्रगति, स्थिर राजनीति, वातावरणीय सुधार, उन्नत प्रविधि, हाइस्पिड रेल, साइकल सेयरिङ, अनलाइन किनमेल, शिक्षा–स्वास्थ्य–रोजगारीका अवसरले पाँच वर्षमा चिनियाँ जीवनलाई थप रंगीन बनाएको छ। यो […]

चीन सीमा नजिक भारतीय सैनिक बिमान दुर्घटना,७ जनाकाे मृत्यु

नयाँ दिल्ली, असोज,२०- भारतीय एयरफाेर्सकाे हेलिकप्टर दुर्घटना हुँदा ७ जना सैनिकको मृत्यु भएकाे छ । यसमा दुई वायु सेनाका अधिकारी सहित छ जनाको मृत्यु भएकाे भारतीय संचार माध्यमले जनाएका छन् । आज बिहान भारत–चीन सीमा नजिकै सेनाका लागि आवश्यक सामान लिएर गइरहेको अवस्थामाएयरफोर्सको हेलिकोप्टर अरुणाचल प्रदेशको तवांग भन्ने स्थानमा दुर्घटना भएको समाचारमा उल्लेख छ। वायुसेनाका […]

जापानी प्रधानमन्त्री आबेद्वारा संसद विघटन

जापान,असोज,१२- जापनका प्रधानमन्त्री सिन्जो आबेले एक वर्ष अवधि बाँकी छँदै संसदको तल्लो सदन विघटन गर्नु भएको छ । चाँडो चुनाव गराउँदा आफ्नो पार्टीलाई फाइदा हुने देखेर प्रधानमन्त्री आबेले संसद भंग गरेको बताइएको छ । निर्वाचनको मिति आगामी अक्टोबर २२ लाई तोकिएको छ ।उत्तर कोरियासँग भएको पछिल्लो तनावमा राष्ट्रका पक्षमा बलियो अडान राखेको भन्दै आबेप्रति जनलहर केही सुदृढ भएको […]

अतिबादीहरुले रकेट प्रहार गरेपछि अफगानिस्तानमा अमेरिकी हवाई आक्रमण

काठमाडौं, असोज १२- अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणमा आम सर्वसाधारण मारिएका छन् ।अमेरिकी आक्रमणबाट कति मानिस मारिए भन्ने पुष्टी भने भैसकेको छैन । अमेरिकी रक्षा मन्त्री जेम्स मैटिस अफगानिस्तान पुगेको केही बेरमै अतिवादीहरुले काबुल विमानस्थलमा रकेट प्रहार गरेका थिए । अमेरिकी सेनाले हवाई मैदानमा रकेट प्रहार गर्ने विद्रोहीलाई निशाना बनाइरहेको अफगानी सेनाको समर्थनमा हवाई आक्रमण गरेको […]

नेपाल र ओमनबीच संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौं, असोज १२- नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मस्टकस्थित ग्राण्ड ह्यात होटलमा गरिएको कार्यक्रममा नेपालका लागि ओमनका राजदूत शर्मिला पराजुली ढकाल र ओमनको परराष्ट्र मन्त्रालयका पश्चिम एशिया प्रमुख सेख हिलाह मर्हुन अल मम्मरीले हस्ताक्षर गरे । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सूर, […]

ट्रम्पले आफ्नो मुलुक विरुद्ध युद्ध छेडेको उत्तर कोरियाको आरोप

काठमाडौं, असोज १०- उत्तर कोरियाका विदेशमन्त्री रि योङ होले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुक विरुद्ध युद्ध छेडेको आरोप लगाएका छन् ।उनले प्योङयाङसँग अमेरिकी बम बर्षक विमान खसाल्ने अधिकार रहेको पनि जिकिर गरे । उत्तर कोरियाको हवाई क्षेत्रमा नभए पनि अमेरिकी बम वर्षक विमान खसाल्न सकिने उनको भनाई थियो ।तर ह्वाइट हाउसले भने उत्तर कोरियाको […]

उत्तर कोरियासँग खेलाँची नगर्न पुटिनको अमेरिकालाई सल्लाह

काठमाडौँ, भदौ २२- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग खेलाँची नगर्न अमेरिकालाई सल्लाह दिएका छन्। भ्लादिभोस्तोकमा भएको इस्टर्न इकोनोमिक फोरममा बोल्दै पुटिनले उत्तर कोरिया मामिलामा कूटनीतिक समाधान सम्भव रहेको बताएका हुन्। ‘सैन्य दबाब बढाउनु प्रत्युत्पादक हुन्छ। यसले कहीँ पु¥याउँदैन किनभने उत्तर कोरिया जानीबुझी अरुलाई उत्तेजित पार्न खोजिरहेको छ। त्यसैले उत्तर कोरिया उनीहरुको प्रतिक्रिया पर्खिरहेको छ,’ […]